ट्रम्प गोलीकाण्डको तस्बिरअंकित टिसर्ट धमाधम बिक्री गर्दै चिनियाँ कम्पनी



एजेन्सी । जब सिंगो अमेरिका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहारको घटनाबाट गुज्रिरहेको थियो । चीनको एउटा कम्पनीलाई भने ट्रम्पमाथि गोली प्रहारको तस्बिर अंकित टिसर्ट बिक्री गर्न हतार भएको थियो ।

पेन्सिल्भेनियाको चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको घटनालाई लिएर चिनियाँ इकमर्स प्लाटफर्म ताओबाओले भने अनलाइनबाट टिसर्ट बिक्री गरिरहेको छ।

गोली आक्रमण भएको केही घण्टामै समाचार एजेन्सी एपीले खिचेको ट्रम्पको तस्बिरलाई लिएर चिनियाँ कम्पनीले व्यापार बढाएको हो । ट्रम्पको अनुहारमा रगतका छिटा देखिएको र उनले मुठी कसेर हात उठाउँदै गरेको एपीको तस्बिर अंकित टिसर्ट ताओबाओले अनलाइन मार्फत् धमाधम डिमाग लिइहेको छ ।

टिसर्टमा तस्बिरसहित त्यसको ठीक तल एउटा नारा पनि लेखिएको ‘फाइट ! फाइट ! फाइट ! सुटिङ मेक्स मी स्ट्रंगर !’ नारा लेखिएको छ । कम्पनीले प्रति गोटा टिसर्टको मूल्य भने ४ अमेरिकी डलर मात्रै तोकेको छ । खुद्रा बिक्रेताहरुले भने यति छोटो समयमै कम्पनीले टिसर्ट डिजाइन गरेकोमा अचम्म लागेको प्रतिक्रिया दिएका छन् ।

‘जसरी हामिले गोली प्रहारको बारेमा खबर देख्यौं, त्यतिबेलै ताओबाओमा टिसर्ट तयार पारेर राखेको पनि देखियो । जवकि हामीले कम्पनीलाई पैसा पनि दिएका थिएनौं । र ३ घण्टाको अवधिमै चीन र अमेरिकाबाट २ हजारभन्दा धेरै टिसर्ट अरडर गरेको पनि अनलाइनमा देखियो,’ ताओबाओ विक्रेता ली जिनवेइले साउथ चाइना पोस्टका लागि भनेको छ । ली भने ताओबाओको मूल कम्पनी अलीबाबाको स्वामित्वमा छ ।

सोमबारसम्म भने बेइजिङको सेन्सरसिप निकायले चिनमा इन्टरनेट खोज प्रणालीबाट टिसर्ट हटाइदिएको थियो । यससँगै यो टिसर्टको आइटम चीनमा प्रतिबन्धित हुनसक्ने पनि बताइएको छ ।

यद्यपि चिनियाँ निर्माताहरु अहिले पनि विदेशी संस्कृतिलाई व्यापारको माध्यम बनाउन माहिर देखिन्छन् । जस्तो कि सेन र तेमु जस्ता साइट जस्तै गरी अन्य कम्पनीहरुले पनि विदेशका संस्कृतिलाई व्यापारको बलियो स्रोत बनाइरहने क्रम बढिरहेको छ ।

तेमु र सेन भने हजारौं सप्लायर र निर्माताहरुसँग मिलेर नयाँ नयाँ फेसन प्रचार गर्दै छोटो समयमा सस्तो कपडाहरु उत्पादन गर्दै आएका छन् । जुन विश्वभर आम युवाहरुले रुचाइरहेका छन् । पछिल्लो समय यी कम्पनीले चीनबाहिरबाट पनि ठूलो संख्यामा माग लिइरहेका छन् ।

तेमुबाट अहिले पनि अति सस्तो मूल्यमा चीनबाहिर ट्रम्प टिसर्टका दर्जनौं भेरिएसनहरु ८.४९ अमेरिकी डलरमा धमाधम बिक्री भइरहेका छन् । हरेक विषयलाई व्यापारमा रुपान्तरण गर्न सिपालु चिनियाँ कम्पनीहरु पछिल्लो समय अनलाइनको माध्यमबाट व्यापार तीब्र बनाइरहेका छन् ।

विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र २०२४ को दोस्रो त्रैमासिकमा मात्रै ४.७ प्रतिशतले वृद्धि भएको छ । जुन कोरोना महामारीको अवधिभन्दा राम्रो छ तर विगतका दशकहरुमा भन्दा सुस्त मानिन्छ ।


क्लिकमान्डु