रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, अन्तरिम आदेश जारी होला ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतका न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले आदेश जारी हुने सम्भावना रहेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेस यसअघि अदालतले आदेश गरेको थियो ।

जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्की प्रहरीमा परेको उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको थियो भने इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि महान्याधिवक्ताको कार्यालयलाई छलफलमा बोलाउन आदेश दिएको थियो ।

सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध कुनै अभियोजन नभएको भन्दै लेखेको पत्रको पनि सर्वोच्चले आजको इजलासमा प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको उक्त पत्र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका थिए ।


क्लिकमान्डु