कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ खच्चड फसे, उद्धारमा समस्या



दैलेख । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका १४ खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका छन् । पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा खच्चड पुलमा फसेका हुन् ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि आउँदै गरेका खच्चड पुलको एकतर्फको दुईवटा लट्ठा चुडिँदा फसेको प्रहरीले जनाएको छ ।

लठ्ठा चुँडिदा १४ वटा खच्चरहरु एकातर्फ ढल्किएर जालीमा खुट्टा फसेका छन् । अहिलेसम्म खच्चडको उद्दार हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए ।

पुलबाट खच्चडको उद्धार सहज नभएको स्थानीयको भनाइ छ ।


क्लिकमान्डु