कैलाश सिरोहियालाई हेलिकप्टरमा काठमाडौं ल्याइयो, मेडिसेटी अस्पतालमा उपचार गरिने



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गरी धनुषा लगिएको थियो ।

प्रहरी हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । सिरोहियालाई जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो ।

नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा परेको जाहेरीपछि सिरोहिया पक्राउ परेका थिए ।
धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।


क्लिकमान्डु