गोरखा मिडियाको नाम उल्लेख भएको छ रवि कारबाहीको दायराबाट उम्कन सक्दैनन्: कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको ठगीबारे छानबिनका लागि गोरखा मिडिया नेटवर्कसमेतको नाम उल्लेख गरेको भन्दै कुनै व्यक्ति कारबाहीको दायराबाट उम्कन नसक्ने दाबी गरेको छ ।

मंगलबार संसदीय समितिको कार्यादेशबारे निर्णय गरेको कार्यदलको बैठकपछि कार्यदल सदस्य कांग्रेस सांसद जीवन परियारले यस्तो बताएका हुन्।

‘गोरखा मिडिया नेटवर्क लगायत अन्य कम्पनीमा पनि हुनसक्छ । गैरकानुनी रुपमा अनुचित काममा पैसा गएको छ भने त्यस्ता व्यक्तिलाई छानबिन हुन्छ,’ परियारले भने, ‘सहकारीको रकम अपचलन भएको छ भने त्यसका बारेमा छानबिन गरेर कारबाहीको दायरामा ल्याउनेगरी सहमति गरेका छौँ। त्यसमा कुनै पनि व्यक्ति छुट्न सक्दैन ।’

कांग्रेसले सुरुमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने माग गरेको भए पनि पछि गोरखा मिडिया नेटवर्क लगायत अन्य कम्पनीमा गैरकानुनी रुपमा पैसा गएको छ भने त्यस्ता व्यक्तिमाथि छानबिन गर्ने विपयमा सहमति गरेको हो ।


क्लिकमान्डु