संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न: रवि लामिछाने किन डराएको, मुटु छ कि छैन ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री डराएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको प्रतिनिधित्व गर्दै बोल्ने क्रममा राप्रपा प्रमुख सचेतक समेत रहेका सांसद शाहीले गृहमन्त्रीले सत्ताको पक्षमा र प्रतिपक्षमा हुँदा फरक बोली फेरेको बताए ।
छानबिनबाट डराएको र खुट्टा कमाएको भन्दै उनले लामिछाननेलाई मुटु छ कि छैन भनेर प्रश्न गरे ।

‘तीन महिनाअघि हरेकको नाम आएको छ । छानबिन गरौं भन्नुभएको थियो । गृह मन्त्रीज्यूको त्यही शब्द फिर्ता पठाउँदै भन्छु । मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ? सोधपुछ गर्न पनि किन डराएको ?’ उनले भने।

शाहीले छानबिन समिति बन्दैमा गृहमन्त्रीले डराउनुपर्ने अवस्था नरहेको बताउँदै दोषी भए कारबाही र निर्दोष भए फेरि यही संसदमा आउने बताए ।

सहरकारी प्रकरणमै राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको विषयलाई जोड्दै शाहीले देशमा एउटै कानुन हुनुपर्ने बताए ।
‘छिपछिपे सहकारी प्रकरणमा गीता बस्नेत विरूद्ध पक्राउ पुर्जी जारी रहँदा उस्तै केसमा गोरखा मिडियामा जान्छ तर गृहमन्त्री पदमै बस्नुहुन्छ छानबिन पनि गर्न नहुने,’ शाहीले भने, ‘गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ। त्यस्तै प्रवृत्ति गर्ने अरूलाई पनि चाहे ती सांसद हुन् या प्रधानमन्त्री हुन्। कानुन सबका लागि बराबर हो ।’


क्लिकमान्डु