गगनको बचाउमा झाँक्री, भनिन्- युवाहरूको राजनीतिक आइकन



काठमाडौं । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गगन थापाको वचाउ गरेकी छन् । सोमबार समाजिक सञ्जालमार्फत झाँक्रीले थापा यो आन्दोलनको नेता भएको र युवाहरुको राजनीतिक आइकन भएको उल्लेख गरेकी छन् ।

आफ्नो सामर्थ्यले गगन नेता बनेको झाँक्रीको भनाइ छ ।

गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा संवोधन गर्दै कांग्रेस महामन्त्री थापामाथि आरोप लगाएको तर्फ इंगित गर्दै झाँक्रीले थापा आन्दोलनको नेता भएको उल्लेख गरेकी हुन् ।

उनले थापामाथि आरोप लगाउने लामिछानेले प्रमाणको भार व्यहोर्नुपर्ने उल्लेख गरिन् ।

‘गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,’ झाँक्रीले भनेकी छन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस् !’


क्लिकमान्डु