विपक्षी दलहरुको संयुक्त बैठक जारी, को को छन् सहभागी ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गरिरहेको छ ।

संसद्‌मा सत्तापक्षले पेलेर जाने रणनीति लिएको र र सभामुसख पूर्वपार्टीको सदस्यकै रूपमा प्रयोग भइरहेको भन्दै कांग्रेसले शुक्रबार विपक्षी दलहरुसँग छलफल गरेको हो ।

विपक्षी दलहरु सामूहिक रूपमा सहकारी ठगीविरुद्ध उभिने गरी बैठकमा छलफल भइरहेको कांग्रेस नेताहरुको भनाइ छ ।

बैठकमा कांग्रेससँगै राप्रपा, जनमत, जसपा, लोसपासहितका नेताहरु सहभागी छन् ।

सत्तापक्षले प्रतिपक्षीलाई पेलेर लैजान खोजेको भन्दै कांग्रेसले सबैलाई साथ लिएर जान लागेको हो ।


क्लिकमान्डु