विकास बैंकको वित्तीय अवस्थाः कुनको कस्तो पर्फमेन्स ?
काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर विकास बैंकको वित्तीय अवस्थामा पनि टड्कारो रुपमा देखिएको छ ।
आर्थिक गतिविधि सुस्त हुनु, अपेक्षितरुपमा निक्षेप संकलन र कर्जा प्रवाह हुन नसक्नुका साथै यसअघि दिएको कर्जा निर्धारित समयमा असुली हुन नसक्नु अहिलेको मूख्य समस्या हो । जसले गर्दा विकास बैंकको नाफा घटेको छ । राष्ट्रियस्तरका ८ विकास बैंकको नाफा २.०६ प्रतिशतले घटेको छ ।
२०७९ चैत मसान्तमा विकास बैंकको नाफा ३ अर्ब ६१ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको थियो । २०८० को चैतमा २.०६ प्रतिशतले घटेर ३ अर्ब ५३ करोड ८८ लाख ४९ हजार रुपैयाँमा झरेको छ ।
गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकको नाफा समग्रमा २.०६ प्रतिशतले घटेको हो । ८ विकास बैंकमा ४ वटाको नाफा बढेको छ भने ४ वटाको घटेको छ ।
नाफा बढाउने बैंकमा मुक्तिनाथ, गरिमा, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यस्तो नाफा घटाउने बैंकमा साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र ज्योति विकास बैंक रहेका छन्।
विकास बैंकको नाफा घटिरहेको समयमा निष्कृय कर्जामा पनि सुधार आउन सकेको छैन । विकास बैंकको निष्कृय कर्जा पनि बढिरहेको छ । नाफा घट्नु, निष्कृय कर्जा बढ्नुले देशको अर्थतन्त्र विस्तारै दबाबमा रहेको पुष्टि गर्छ ।
विकास बैंकको निष्कृय कर्जा औषतमा ०.३१ प्रतिशत बिन्दुले घटेको छ । गत आवको चैत मसान्तमा विकास बैंकको निष्कृय कर्जा ३.२७ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ३.५८ प्रतिशत रहेको थियो । ८ विकास बैंकमा लुम्बिनी र महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा घटेको छ । अन्य ६ वटा बैंकको बढेको छ ।
कामना सेवा विकास बैंक
०७९ चैत मसान्तको तुलनामा ०८० चैत मसान्तमा कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशतले बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको बैंकको कुल पुँजी ५ अर्ब ९ करोड ६९ लाख ४० हजार रुपैयाँ छ।
चैत मसान्तसम्म बैंकको नाफाबाट सेयरधनीलाई लाभांश दिनसक्ने क्षमता ११.६८ प्रतिशत रहेको छ। बैंकको नाफा थोरै बढे पनि लाभांश दिनसक्ने क्षमता त्यो भन्दा बढी प्रतिशतमा देखिएको छ ।
गत वर्षको चैतको तुलनामा यो चैतमा कामना सेवाको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ । यो वर्षको चैत मसान्तसम्म बैंकले ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने २ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत वर्षको चैतमा बैंकले ३ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो भने २ अर्ब ५६ करोड ११ रुपैयाँ ब्याज खर्च गरेको थियो ।
बैंकले प्रकाशिन गरेको वित्तीय अवस्थाअनुसार ०७९ चैतको भन्दा ०८० चैतमा बैंकको निक्षेप ३ अर्ब ७९ करोड ८६ लाख ४२ हजार रुपैयाँले बढेर ५७ अर्ब २७ करोड १० लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको कर्जा प्रवाह १ अर्ब ५० करोड ३३ लाख १७ हजार रुपैयाँले बढेर ४५ अर्ब ३५ करोड ४६ लाख ५५ हजार रुपैयाँ पुगेको छ।
बैंकमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर कम रहेको छ । यो अवधिमा बैंकले बैंकले स्प्रेड दर (निक्षेप र कर्जामा लिने ब्याजदरबीचको अन्तर) घटाएको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी घटेको हो । ०७९ चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८५.४७ प्रतिशत रहेको थियो । ०८० चैत मसान्तमा ८३.७९ प्रतिशतमा खुम्चिएको छ ।
२०७९ चैतमा ४.७८ प्रतिशत रहेको स्प्रेड दर २०८० चैतमा घटाएर ४.५९ प्रतिशतमा झारेको छ । बैंकले यो अवधिमा स्प्रेडदर घटाएर ऋणीलाई राहत दिएको देखिन्छ ।
बैंकको आयमध्येको प्रमुख मानिने खुद ब्याज आम्दानी ४.६८ प्रतिशतले घट्दा पनि बैंकले नाफामा भने केही बढाएको छ । व्यवस्थापनले कर्जा असुलीमा बढी ध्यान केन्द्रीत गर्दा थोरै भएपनि नाफा बढाउन सफल भएको छ ।
०७९ चैत मसान्तमा ३५ करोड ३७ लाख ८७ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० चैतमा ३४ करोड ६५ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकले प्रवाह गरेको कर्जा असुल हुँदा प्रोभिजन घटेको हो । प्रोभिजन घट्दा पनि निष्कृय कर्जा भने घटेको छैन । २०७९ चैत मसान्तमा ३.२७ प्रतिशत रहेको निष्कृय कर्जा बढेर ०८० चैतमा ३.५५ प्रतिशत रहेको छ ।
बैंकको आधार दर १२.५६ प्रतिशतबाट घटेर १०.०९ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । ०७९ चैत मसान्तमा ९.९७ प्रतिशत रहेको कष्ट अफ फन्ड अहिले ७.८२ प्रतिशत रहेको छ । बैंकको नाफा बढाउन सहयोग गर्ने अर्को महत्वपूर्ण आम्दानी हो नेट फि एण्ड कमिसन । ०७९ चैतको तुलनामा यस्तो आम्दानी २०.५८ प्रतिशतले बढेर १९ करोड ८४ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
गत वर्षको चैतको तुलनामा यो चैतमा अधिकांश बैंकको उठाउन बाँकी ब्याज बढे पनि कामना सेवाको भने उल्लेख्य मात्रामा घटेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको उठ्न बाँकी ब्याज १३ करोड ७२ लाख ६६ हजार रुपैयाँ थियो । तर, यो वर्षको चैतमा उठ्न बाँकी ब्याज जम्मा ८ करोड ६३ लाख ५४ हजार रुपैयाँमात्रै छ ।
गरिमा विकास बैंक
चालु आवको चैत मसान्तसम्म गरिमा विकास बैंकको नाफामा सुधार आएको छ । यो पनि नाफा आर्जन गर्ने बैंकमा परेको छ ।
०८० चैत मसान्तमा बैंकको नाफा ४.८५ प्रतिशतले बढेर ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको छ । ०७९ चैतमा ६५ करोड १८ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
गरिमाले चैत मसान्तसम्म २ अर्ब ५१ करोड ७६ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन ०७९ चैतको तुलनामा ५.५७ प्रतिशतले बढी हो । ०७९ चैतमा २ अर्ब ३८ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र नाफाको वृद्धि उस्तै उस्तै रहेको छ । खुद ब्याज आम्दानी ५.५७ प्रतिशतले बढ्दा नाफा ४.८५ प्रतिशतले बढेको हो ।
बैंकको स्प्रेड दर ०७९ चैतमा ४.७९ प्रतिशत रहेको थियो । ०८० चैतमा ४.५९ प्रतिशत रहेको छ । स्प्रेडदर घटाएको बैंकले खुद ब्याज आम्दानी बढाएको छ ।
०७९ चैत मसान्तमा बैंकको निक्षेप ७६ अर्ब ९६ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ८२ अर्ब ८२ करोड ७० लाख १४ हजार रुपैयाँ पु¥याएको छ । ०८० चैत मसान्तसम्म बैंकले ६४ अर्ब ८८ करोड ५७ लाख ७९ हजार रुपैयाँको कर्जा प्रवाह गरेको छ । जुन ०७९ चैतमा ६१ अर्ब ९५ करोड ६९ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
स्प्रेडदर ४.७९ प्रतिशतबाट घटेर ४.५९ प्रतिशत रहेको छ । स्प्रेडदर घटाएको बैंकले खुद ब्याज आम्दानी बढाएको छ ।
निक्षेपसँगै कर्जा पनि बढाएको बैंकको सिडी रेसियो २.२ प्रतिशतले खुम्चिएको छ । ०७९ को चैतमा ८५.०९ प्रतिशत रहेको सिडी रेसियो ०८० चैतमा ८८.८९ प्रतिशतमा झरेको छ ।
०७९ को चैत मसान्तको तुलनामा ०८० चैत मसान्तमा बैंकको नेट फि एण्ड कमिसन आय १६.९० प्रतिशतले बढेर २९ करोड ८७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा २५ करोड ५६ लाख रुपैयाँ रहेको थियो । यसले बैंंकलाई नाफा बढाउन सहयोग गरेको छ ।
बैंकको प्रोभिजन बढेका कारण बैंकको नाफा बढेपछि उल्लेख्य हुन सकेन । खुद ब्याज आम्दानीको तुलनामा नाफाको वृद्धिदर केही कम हो । ०७९ चैत मसान्तमा ७१ करोड ७ लाख ६५ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) रहेको बैंकको ०८० चैतमा २.५५ प्रतिशतले बढेर ७२ करोड ८९ लाख २ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकले १ करोड ८१ लाख ३७ हजार रुपैयाँ प्रोभिजन गरेको छ । बैंकले प्रोभिजन २.५५ प्रतितले बढाउँदा निष्कृय कर्जा २.९५ प्रतिशतबाट बढेर २.९७ प्रतिशत पुगेको छ । बैंकको खुद ब्याज आम्दानी केही बढेको भएपनि उठाउँन बाँकी ब्याज पनि निकै छ ।
०८० चैत मसान्तमा बैंकको उठाउँन बाँकी ब्याज २९ करोड २ लाख १० हजार रुपैयाँ रहेको छ । ०७९ चैत मसान्तमा ३० करोड ८३ लाख २ हजार रुपैयाँ रहेको थियो ।
अहिले बैंकहरुले कर तिरिसकेर उठाउँन बाँकी रहेको ब्याजलाई आम्दानीमा देखाउन सक्छन् । त्यो रकम देखाएर आम्दानी भएपनि त्यो रकमलाई आधार मानेर सेयरधनीलाई लाभांश दिन पाइँदैन । बैंकको नाफा ४.८५ प्रतिशतले बढेको छ । तर लाभांश दिनसक्ने क्षमता जम्मा २.४० प्रतिशत मात्रै छ । ०७९ चैतमा बैंकको लाभांश दिन सक्ने क्षमता ४.८२ प्रतिशत रहेको थियो ।
चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार र कुल पुँजी ८ अर्ब ५१ करोड ७९ लाख ५३ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा भने १० करोड २१ लाख रुपैयाँ छ ।
बैंकको आधार दर १२.४४ प्रतिशतबाट घटेर ९.४९ प्रतिशत रहेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । लागत १०.२१ प्रतिशतबाट घटेर ७.५३ प्रतिशतमा झरेको छ । यसको अर्थ बैंकमा ब्याजदर घट्दै गएको छ । समग्र अर्थतन्त्रमा देखिएको सिथिलताको असर बैकका केही सुचकमा क्रमैसँग पर्दै गएको छ । बैंकले आफ्नो शाखा अझै शसक्त बनाउ उठाउन बाँकी ब्याज असुलीमा बढी ध्यान दिनुपर्ने देखिन्छ ।
ज्योति विकास बैंक
चालु आवको चैत मसान्तमा ज्योति विकास बैंकको नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा खुम्चिएको छ । ०७९ को चैत मसान्तमा बैंकको नाफा २० करोड १६ लाख १८ हजार रुपैयाँ थियो ।
बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी भने बढेको छ । बैकको खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढेर १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ पुगेको छ । ०७९ को चैतमा १ अर्ब ६७ करोड ७५ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
यता बैंकको सञ्चालन नाफा २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आय ५.१५ प्रतिशतले घटेर १४ करोड ७५ लाख १५ हजार रुपैयाँ रहेको छ । नाफा २४.४० प्रतिशतले घटेको बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।
०७९ चैतमा बैंकको वितरणयोग्य नाफा २७ करोड ६ लाख ७५ हजार रुपैयाँ ऋणात्मक रहेको थियो भने ०८० चैतमा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । ०७९ चैतमा बैंकको वितरणयोग्य नाफा ८.२१ प्रतिशतले ऋणात्मक थियो । अहिले ८.६९ प्रतिशत ऋणाात्मक रहेको छ । चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ र ५ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ कुल पुँजी रहेको छ ।
बैंकको प्रोभिजन बढ्ना नाफामा असर परेको छ । ०७९ चैतमा ७१ करोड ४५ लाख ७० हजार रुपैयाँ इम्पेरिमेन्टल चार्ज (प्रोभिजन) गरेको बैंकले ०८० चैतमा ८३ करोड २ लाख ७९ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।
यो अवधिमा बैंकले आफुसँग भएको गैरबैंकिङ सम्पत्ति बिक्री गर्न सकेको देखिँदैन । जसले गर्दा प्रोभिजन बढेको छ । प्रोभिजन बढ्दा त्यसको असर नाफामा देखिएको छ ।
चैत मसान्तसम्म बैंकको निक्षेप ५३ अर्ब ४२ करोड ५४ लाख ३२ हजार रुपैयाँ रहेको छ भने बैंकको कर्जा लगानी ५० अर्ब ७३ करोड १३ लाख ८९ हजार रुपैयाँ रहेको छ । ०७९ चैतको तुलनामा यो रकम कम हो । ०७९ चैतमा कर्जा प्रवाह ५० अर्ब ९६ करोड ४२ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
बैंकले कर्जाको आकार घटाउँदै जाँदा सिडी रेसियो ८७.३९ प्रतिशतबाट घटेर ८३.२९ प्रतिशतमा झरेको छ ।
बैंकले स्प्रेड दर पनि घटाएको छ । ०७९ चैत मसान्तमा ४.८० प्रतिशत रहेको स्प्रेड दर गत चैतमा घटेर ४.५८ प्रतिशत रहेको छ। बैंकको सिडी रेसियो घट्दा र स्प्रेड रेट पनि घटेको छ । जसले बैंकको ब्याज आम्दानी पनि खुम्चदै गएको छ ।
०७९ चैत मसान्तसम्म ६ अर्ब ११ करोड ९ लाख ९० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी ०८० चैतमा घटेर ५ अर्ब ८८ करोड २० लाख ७० हजार रुपैयाँमा खुम्चिएको छ ।
बैंकको आधार दर २.६८ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि २.५ प्रतिशत बिन्दुले घटेको छ । ०७९ चैत मसान्तमा १२.६६ प्रतिशत रहेको आधारदर अहिले ९.९८ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड भने १०.०३ प्रतिशतबाट घटेर ७.५३ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा बढ्दा प्रोभिजन बढेको छ । २०७९ चैत मसान्तमा ३.८९ प्रतिशत रहेको निष्कृय कर्जा अहिले बढेर ४.९७ प्रतिशत पुगेको छ । बैंकको नाफा बढेको भएपनि लाभांश दिन सक्ने क्षमता छैन । गत आवको चैत मसान्तमा ८.२१ प्रतिशत ऋणात्मक रहेको लाभांश दिन सक्ने क्षमता अहिले ८.६९ प्रतिशत ऋणात्मक रहेको छ ।
बैंकको उठाउन बाँकी बढेको बढ्यै छ । ०७९ चैत मसान्तमा बैंकले उठाउन बाँकी ब्याज ३५ करोड २ लाख ८१ हजार रुपैयाँ रहेको थियो । ०८० चैत मसान्तमा बैंकको उठाउन बाँकी ब्याज बढेर ३८ करोड ८३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
बढ्दो प्रोभिजनका कारण पुँजी कोषमा दबाब परेको छ । बैंकले कर्जाको आकार नै घटाएको छ। अहिले बैंकको पुँजी कोषको टाइट नै देखिन्छ । बैंकले आगामी दिनमा कर्जा असुलीमा ध्यान दिनुपर्ने देखिन्छ ।
मुक्तिनाथ विकास बैंक
०७९ चैतमा ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको मुक्तिनाथ विकास बैंकको नाफा ०८० चैतमा ८.१३ प्रतिशतले घटेर ८७ करोड १८ लाख २४ रुपैयाँ पुगेको छ । यो बैंक धेरै नाफा कमाउने बैंकको रुपमा धेरै समय देखि परिचित छ । यो पनि पनि कायमै राखेको छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।
बैंकले नाफा कमाउने प्रमुख सुचक खुद ब्याज आम्दानी बढेको छ । ०७९ चैत मसान्तमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २ करोड ९२ लाख रुपैयाँ रहेको थियो । अहिले बढेर ३ अर्ब १३ करोड ३ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन नाफा बढेर १ अर्ब २६ करोड २४ लाख ५ हजार रुपैयाँ पुगेको छ । ०७९ चैत मसान्तमा १ अर्ब १५ करोड ३१ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आनेट फि एण्ड कमिसन आय ३४ करोड ७५ लाख ७४ हजार रुपैयाँ पुगेको छ । ०७९ चैतमा ३५ करोड २५ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म बैंकको निक्षेप र कर्जा प्रवाह दुवै घटेको छ । ०७९ चैतको तुलनामा ०८० चैतमा बैंकले ६ अर्ब ४ करोड ४३ लाख ६१ हजार रुपैयाँले घटाएर १ खर्ब १० अर्ब ४० करोड ५५ लाख ९ हजार रुपैयाँमा सिमित राखेको छ भने कर्जा १ अर्ब ६० करोड ५ लाख ८१ हजार रुपैयाँले घटेर ०८० चैत मसान्तसम्म कुल ९२ अर्ब ८५ करोड ६३ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
बैंकले निक्षेप र कर्जा दुबै घटाउँदा बैंकको सिडी रेसियो ८२.५० प्रतिशतबाट बढेर ८५.८९ प्रतिशत पुगेको छ । ०७९ चैतमा ४.७९ प्रतिशत रहेको स्पेड दर ०८० चैतमा ४.५९ प्रतिशत कायम भएको छ ।
मुक्तिनाथ लघुवित्त मोडेलमा चलेको बैंक हो । पछिल्लो समय लघुवित्तमा आएको समस्याका कारण बैंकको उठ्न बाँकी ब्याज पनि बढ्दै गएको देखिन्छ । ०७९ चैतमा ४० करोड ५९ लाख ६३ हजार रुपैयाँ रहेको उठ्न बाँकी ब्याज ०८० चैतमा ४४ करोड ५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
बैंकको आधार दर २.३५ प्रतिशत बिन्दुले घटेर १०.०४ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फन्ड (लागत) पनि २.७५ प्रतिशत बिन्दुले घटेर ७.४६ प्रतिशत रहेको छ ।
०७९ चैतमा ७७ करोड ९० लाख ३० हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० चैतमा घटेर ७२ करोड ९१ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब निकै बढेको छ । ०७९ चैत मसान्तमा १.९९ प्रतिशत रहेको निष्कृय कर्जा ०८० चैतमा बढेर २.०२ प्रतिशत पुगेको छ।
चुक्त पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार र कुल पुँजी १० अर्ब ११ करोड ८ लाख रहेको बैंक वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ रहेको छ । ०७९ चैतमा भने ३ करोड ५२ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको थियो छ । चैत मसान्तमा बैंकको लाभांश दिन सक्ने क्षमता ०.१९ प्रतिशत रहेको छ ।
अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकले कर्जा विस्तारलाई कटौती गरेको छ । दिएको कर्जाको गुणस्तर पनि खस्किँदो छ। बैंकले उठाउँन बाँकी ब्याज पनि थपिँदै गएको छ । आगामी दिनमा उठ्न बाँकी ब्याजको आकार बढ्न नदिनु र कर्जा असुलीमा केन्द्रीत भएको खण्डमा वित्तीय अवस्था थप कमजोर हुनबाट जोगिने देखिन्छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
२०७९ चैतको तुलनामा ०८० चैतमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९.४४ प्रतिशतले बढेर २६ करोड ९३ लाख ८९ रुपैयाँ रहेको छ । बैंकको नाफा ०७९ चैत मसान्तमा २४ करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ८१ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा पनि सुधार देखिएको छ ।
बैंकले स्प्रेड दर घटाएका कारण कर्जा बढाएपनि त्यो अनुसार ब्याज आम्दानी हुन सकेको छैन ।
०७९ चैतमा बैंकको ब्याज आम्दानी ५ अर्ब ३७ करोड ५२ लाख १६ हजार रुपैयाँ रहेको छ । ०८० चैतमा यो रकम घटेर ४ अर्ब ९० करोड ३७ लाख १० हजार रुपैयाँमा खुम्चिएको छ । यो अवधिमा बैकले ब्याज आम्दानी मात्रै होइन, ब्याज खर्च पनि घटाएको छ । ०७९ चैत मसान्तमा ३ अर्ब ९७ करोड ५९ लाख २७ हजार रुपैयाँ रहेको ब्याज खर्च गत चैतमा ३ अर्ब ४५ करोड ५५ लाख ६७ हजार रुपैयाँमा सिमिति भएको छ ।
बैंकले यो अवधिमा निक्षेपको तुलनामा कर्जा थोरै बढाएको छ । ०७९ चैत मसान्तको तुलनामा ०८० चैतमा बैंकले निक्षेप २ अर्ब ९ करोड १२ लाख ९८ हजार रुपैयाँले बढाएर ५२ अर्ब ६५ करोड ९० लाख १६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै कर्जा २ अर्ब ३२ करोड २३ लाख ५६ हजार रुपैयाँले बढेर ४२ अर्ब १८ करोड ३६ लाख ६८ हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेपको तुलनामा कर्जा धेरै बढाउँदा सिडी रेसियो ८२.२९ प्रतिशतबाट बढेर ८२.७८ प्रतिशत पुगेको छ । निक्षेपभन्दा कर्जा धेरैले बढाए पनि बैंकको स्प्रेडदर ०.२० प्रतिशत विन्दुले मात्रै घटाएर ४.५८ प्रतिशतमा झारेको छ । जसले गर्दा बैंकको ब्याज आम्दानी बढन सकेन ।
चैत मसान्तसम्म बैंकको नेट फि एण्ड कमिसन आय १० करोड ९९ लाख ४९ हजार रुपैयाँबाट बढेर १४ करोड ९५ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
बैंकको आधार दर २.३५ प्रतिशत बिन्दूले घटेर १०.०७ प्रतिशत रहेको छ । यस्तै बैंकको कष्ट अफ फन्ड (लागत) पनि घटेको छ। २०७९ चैत मसान्तमा १०.२३ प्रतिशत रहेको कष्ट अफ फन्ड ०८० को चैत मसान्तमा ७.६१ प्रतिशत रहेको छ ।
बैंकको सञ्चालन नाफामा पनि केही सुधार देखिएको छ । २०७९ चैतमा बैंकको सञ्चालन नाफा ३५ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको थियो । २०८० मा यो बढेर ३८ करोड ६८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकलाई फसेको ब्याज उठाउन निकै कसरत गरेको छ । २०७९ चैतमा २३ करोड ८२ लाख ८६ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको थियो । २०८० चैतमा यो रकम घटेर ९ करोड ५९ लाख ९६ हजार रुपैयाँ ब्याज उठाउन बाँकी छ । बैंकले बाँकी ब्याज उठाउन निकै आक्रामक देखिएको देखाउँछ ।
यो अवधिमा बैंकको निष्कृय कर्जा थोरै बढेको छ । २०७९ चैतमा ३.५५ प्रतिशत रहेको निष्कृय कर्जा बढेर यो वर्षको चैतमा ३.८४ प्रतिशत पुगेको छ । निष्कृय कर्जा थोरै मात्रै बढ्ेदा प्रोभिजन घटेको छ । २०७९ चैत मसान्तमा ४० करोड १४ लाख ७९ हजार रुपैयाँ रहेको थियो । अहिले यो रकम ४० करोड ३ लाख २३ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३ अर्ब ४३ करोड र कुल पुँजी ४ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ रहेको बैंकसँग सेयरधनीलाई बाँड्न मिल्ने नाफा ६ करोड १ लाख ९४ हजार रुपैयाँले ऋणात्मक रहेको छ । चैतमा लाभांश दिन सक्ने क्षमता २.३४ प्रतिशतले ऋणात्मक छ । बैंकका धेरैजसो सूचकहरु सन्तोषजनक रहेका छन् । बैंकको निष्कृय कर्जा केही बढ्दै गएको छ । बैंकले निष्कृय कर्जा घटाउन र उठाउँन बाँकी रहेको ब्याज उठाउने तर्फ ध्यान दिन आवश्यक रहेको देखिन्छ ।
साइन रेसुङ्गा डेलपमेन्ट बैंक
साइन रेसुङ्गा डेलपमेन्ट बैंकको नाफा २०७९ चैत मसान्तको तुलनामा गत चैत मसान्तमा ७.१९ प्रतिशतले घटेको छ । अहिले बैंकको नाफा ७.१९ प्रतिशतले घटेर ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि नाफामा भने गिरावट आएको छ । बैंकको आयमध्येको प्रमुख मानिने खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड ३६ लाख ५५ हजार रुपैयाँबाट बढेर १ अर्ब ६३ करोड १० लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको सञ्चालन नाफा ७९ करोड ६२ लाख २७ हजार रुपैयाँबाट बढेर ८१ करोड २७ लाख २५ हजार रुपैयाँ पुगेको छ । बैंकको नेट फि एण्ड कमिसन आय बढेको छ । २०७९ को तेस्रो त्रैमासमा बैंकको नेट फि एण्ड कमिसन आय १९ करोड ४६ लाख ११ हजार रुपैयाँ रहेको थियो । गत चैत मसान्तमा यो रकम बढेर २३ करोड ४२ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैकका कर्मचारीले उठाउन बाँकी ब्याजमा खासै ध्यान दिएका छैनन् । २०७९ चैत मसान्तमा २२ करोड ३० लाख ४६ हजार रुपैयाँ रहेको उठाउँन बाँकी ब्याज गत चैत मसान्तसम्म आइपुग्दा बढेर २६ करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । उठाउँन बाँकी ब्याजमा बैंकका कर्मचारीले ध्यान नदिएको यो तथ्यले देखाएको छ ।
गत आवको चैत मसान्तको तुलनमा चालु आवको सोही अवधिमा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ । बैंकको निक्षेप ५५ अर्ब ६८ करोड २८ लाख रुपैयाँबाट बढेर ६२ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४३ अर्ब ७४ करोड ४४ लाख ५७ हजार रुपैयाँबाट बढेर ५१ अर्ब ६७ करोड ७० लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
बैंकले निक्षेपको तुलनामा कर्जा अलि बढी नै बढाएको छ । कर्जा बढाएको बैंकको सिडी रेसियो ८४.८५ प्रतिशतबाट बढेर ८५.१२ प्रतिशत पुगेको छ ।
२०७९ चैतमा ४.७९ प्रतिशत रहेको स्पेड दर ०८० चैतमा ४.६० प्रतिशतमा झरेको छ । बैंकको आधार दर ३.१८ प्रतिशत बिन्दूले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ । गत आवको चैत मसान्तमा आधारदर १२.२२ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ९.०४ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फन्ड १० प्रतिशतबाट घटेर ७.१५ प्रतिशत रहेको छ।
गत आवको चैत मसान्तमा ३० करोड ६६ लाख ३८ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा बढेर ३७ करोड १८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बैंकको निष्कृय कर्जाका कारण प्रोभिजन बढेको छ । गत आवको चैत मसान्तमा २.११ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवको सोही अवधिमा ३.४१ प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ र कुल पुँजी ६ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा १४ करोड ८८ लाख ८५ हजार रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म बैंकको सेयरधनीलाई ४.१९ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३७ करोड ८९ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ भने सञ्चालन नाफामा सामान्य सुधार देखिएको छ । जसमा असर बैंकको नाफामा परेको देखिएको छ ।
गत आवको चैत मसान्तमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड ७७ लाख ९ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा १ अर्ब ४८ करोड ४ लाख ७ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन नाफा गत आवको चैत मसान्तमामा ५४ करोड ८ लाख ९० हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ५४ करोड २१ लाख २ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आय बढेको छ । गत आवको तेस्रो त्रैमासमा ११ करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १५ करोड ८४ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
नाफा १.४२ प्रतिशतले घटेको बैंकले ब्याज उठाउन निकै कसरत गरेको छ । उठाउन बाँकी ब्याज बिस्तारै घटाँदै लगेको छ । ०७९ चैतमा २३ करोड ९१ लाख ८८ हजार रुपैयाँ रहेकोमा ०८० चैतमा १७ करोड ८१ लाख ६१ हजार रुपैयाँ छ ।
चैत मसान्तसम्म बैंकले ४ अर्ब ९८ करोड २४ लाख ६४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ५० करोड २० लाख ५७ हजार रुपैयाँब्याज खर्च गरेको छ । गत आवको चैतमा बैंकले ४ अर्ब ९६ करोड ६३ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेर ३ अर्ब ४७ करोड ८५ लाख ९९ हजार रुपैयाँ ब्याज खर्च गरेको छ ।
एक वर्षको अवधिमा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ । गत आवको चैत मसान्तमा बैंकको निक्षेप ५१ अर्ब ४९ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको निक्षेप अहिले बढेर ५३ अर्ब ६ करोड ४७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
यस्तै कर्जा प्रवाह गत आवको चैत मसान्तमा ३७ अर्ब १४ करोड २९ लाख ६१ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ४१ अर्ब ३ करोड ६१ लाख २ हजार रुपैयाँ पुगेको थियो ।
अहिले बैंकको स्प्रेड दर घटेको छ । गत आवको चैत मसान्तसम्म ४.७९ प्रतिशत रहेको स्पेड दर चालु आवको सोही अवधिमा ४.५९ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर घट्दा त्यसको असर बैंकको नाफामा देखिएको छ ।
बैंकको आधार दर २.४६ प्रतिशत बिन्दूले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ। गत आवको चैत मसान्तमा १२.३० प्रतिशत रहेको आधारदर अहिले ९.८७ प्रतिशत रहेको छ भने बैंकको कष्ट अफ फन्ड ९.८६ प्रतिशतबाट ७.६२ प्रतिशतमा झरेको छ ।
गत आवको चैत मसान्तमा ३४ करोड ७४ लाख ४७ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा बढेर ३६ करोड ४ लाख १ हजार रुपैयाँ छ । बैंकको निष्कृय कर्जा भने घटेको छ । २०७९ चैत मसान्तमा ४.६२ प्रतिशत रहेको निष्कृय कर्जा अहिले घटेर ४.१६ प्रतिशत रहेको छ । बैंकको नाफा घटेपनि लाभांश दिन सक्ने क्षमता सामान्य रहेको छ । गत आवको चैत मसान्तमा लाभांश दिन सक्ने क्षमता ऋणात्मक रहेको थियो । अहिले ३.१६ प्रतिशत रहेको छ ।
लुम्बिनी विकास बैंक
गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा लुम्बिनी विकास बैंकको नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको नाफा ४६ करोड ८१ लाख ५१ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा २६.९१ प्रतिशतले घटेर ३४ करोड २१ लाख ६८ रुपैयाँमा सिमित भएको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा सामान्य बढेको छ ।
गत आवको चैत मसान्तमा १ अर्ब ३८ करोड ७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ७.१५ प्रतिशतले घटेर १ अर्ब २८ करोड १९ लाख ९२ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा ६४ करोड ७३ लाख ६३ हजार रुपैयाँबाट बढेर ६५ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ९९ करोड ५३ लाख ३१ हजार रुपैयाँबाट बढेर ५ अर्ब १५ करोड ५२ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै ब्याज खर्च ३ अर्ब ६१ करोड ४६ लाख २४ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८७ करोड ३२ लाख ६० हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढेपनि त्यसको प्रभाव नाफामा भने देखिएको छैन ।
गत आवको चैत मसान्तमा ५७ अर्ब ७६ करोड ४९ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जा प्रवाह ४४ अर्ब ३८ करोड ५३ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप २५.२१ प्रतिशत र कर्जा ७.१४ प्रतिशतले बढेको छ ।
बैंकले बढेको निक्षेपको तुलनामा कर्जा प्रवाह गर्न सकेको छैन । जसले गर्दा ०७९ चैतमा ८९.४० प्रतिशत रहेको सिडी रेसियो ०८० चैतमा घटेर ८०.६३ प्रतिशतमा खुम्चिएको छ ।
निक्षेपको वृद्धिदरको तुलनामा कर्जाको वृद्धि निकै कम भएकाले र स्प्रेड दर पनि ०.१९ प्रतिशतले घटेकाले बैंकको खुद ब्याज आम्दानी घटेको हो । गत वर्षको चैतमा ४.७८ प्रतिशत रहेको स्प्रेड दर यो चैतमा घटेर ४.५९ प्रतिशत रहेको छ ।
यो अवधिमा बैंकको नेट फि एण्ड कमिसन आयमा केही सुधार देखिएको छ । २०७९ चैतमा ११ करोड ६ लाख ३१ हजार रुपैयाँ रहेको नेट फि एण्ड कमिसन आय बढेर ०८० चैतमा १४ करोड ७८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
बैंकको आधार दर १.७८ प्रतिशत बिन्दुले घटेको छ भने कष्ट अफ फन्ड (लागत) पनि घटेको छ। गत आवको चैत मसान्तमा १२.५० प्रतिशत रहेको आधारदर चालु आवको सोही अवधिमा १०.७२ प्रतिशत रहेको छ भने कष्ट अफ फन्ड १०.४० प्रतिशतबाट घटेर ८.५३ प्रतिशत रहेको छ । यसले ब्याज सस्तो हुँदै गएको देखाएको छ ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकले उठाउन बाँकी ब्याजलाई निकै प्राथमिकतामा राखेर उठाउन थालेको देखिएको छ । गत आवको तेस्रो त्रैमासमा २४ करोड ९२ लाख ९३ हजार रुपैयाँ रहेको उठाउन बाँकी ब्याज अहिले घटेर १४ करोड ८ लाख ९१ हजार रुपैयाँ रहेको छ । बैंकले उठाउन बाँकी ब्याज उठाउनका लागि यो अवधिमा निकै मेहनत गरेको देखिएको छ ।
गत आवको चैत मसान्तमा ३१ करोड २६ लाख ७२ हजार रुपैयाँ रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) चालु आवको सोही अवधिमा घटेर १९ करोड ६७ लाख ५० हजार रुपैयाँ छ । गैरबैंकिङ सम्पत्तिबापत बैंकले चालु आवको चैत मसान्तमा ५ करोड २६ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । जुन गत आवको सोही अवधिमा शून्य रहेको थियो ।
बैंकको नाफामा भारी गिरावट आए पनि लाभांश दिनसक्ने क्षमता घटेको छैन । चैत मसान्तसम्म बैंकमा सेयरधनीलाई दिन मिल्ने रकम ९ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार रुपैयाँ र कुल पुँजी ६ अर्ब २८ करोड ३८ लाख ७ हजार रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ३.४७ प्रतिशत रहेको छ ।