ललितपुरको सोफा फ्याक्ट्रीमा आगलागी, एकजनाको मृत्यु



काठमाडौं । ललितपुरको हात्तीवनस्थित एक सोफा फ्याक्ट्रीमा शनिबार भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।

मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए।

उनका अनुसार सोफा बनाउने फ्याक्ट्री ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रूपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिए।


क्लिकमान्डु