आरजु राईस मिलद्वारा बास्नादार चामल सार्वजनिक, कति पर्छ मूल्य ?



काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरु गरेको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङ ग्रेन चामल नाम दिइएको छ । मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री सुरुवात घोषणा गरेका हुन् ।

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्याएका छौं ।’ उनले यस चामलको मूल्य विदेशबाट आयाति चामलको दाँजोमा निकै सस्तो हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

आयातित लंग ग्रेन भन्दा स्वादिस्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ ।

आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको छ ।

धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ । आरजु राईस मिलले किसानको धानलाई मिलमा आईपुगेको २ दिनभित्रै अनलाईन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ । यसको अधिकारिक मूल्य आइतबार तोकिनेछ, अहिलेलाई २०० भन्दा कम, लगभग १७५ प्रतिकिलो हाराहारीमा पर्ने जनाइएको छ ।


क्लिकमान्डु