अष्ट्रेलियामा नेपालीको ‘फाइभस्टार रिभ्यूकार्ड’, कसरी हुन्छ रिभ्यूले फाइदा ?



काठमाडौं । अष्ट्रेलियामा डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेका नेपालीहरूले अनलाइन रिभ्यूलाई सजिलो बनाउने साधनका रूपमा ‘फाइभस्टार रिभ्यूकार्ड’ ल्याएका छन् ।

आधुनिक एनएफसी प्रविधि रहेको कार्डले व्यवसाय गर्नेहरूलाई उपभोक्ताबाट रिभ्यू लिन सजिलो बनाउने छ।

सिड्नीमा रहेको नेपालीको डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल अल्गोरिदम’ले बजारमा ल्याएको ‘फाइभस्टार रिभ्यू’कार्ड सुरूमा गुगलका लागि ल्याइएको प्रबर्धक मदनमणि अधिकारीले बताए।

‘यो कार्डले गुगलमा रिभ्यू दिनका लागि एकदम सजिलो बनाउँछ भने व्यवसायीले आफ्नै अगाडि ग्राहकले आफ्नो सेवाका बारेमा के भन्छन् भन्ने पनि पत्तो पाउँछन्’, उनले भने।

यसखालको कार्ड प्रयोग गरेर ग्राहक तथा सेवाग्राहीसँग आफ्नो वस्तु तथा सेवाको बारेमा ‘रिभ्यू’ माग्न सकिन्छ । त्यति मात्र नभएर ग्राहकसँग सिधै वस्तु तथा सेवा बारे कुरा गर्ने अवसर मिल्दा धेरै भन्दा धेरै ‘फाइभ स्टार’ पाउने सम्भावना पनि हुन्छ ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, वेलायत साथै युरोपका सबै मुलुकमा उपभोक्ताहरूले उत्पादन तथा सेवाको बारेमा अनलाइनमा आएका रिभ्यू पढेर किन्ने वा नकिन्ने निर्णय लिने गर्दछन् ।

भारत साथै नेपालमा पनि बढ्दो अनलाइन सपिङ र घरघर सामान डेलिभरि गर्ने सुविधासँगै अनलाइनमा दिइने रिभ्यूले सामानको बिक्रीमा फरक पार्न थालेको छ।

अष्ट्रेलियामा नेपालीहरूले संचालन गरेका व्यवसायीहरूको पनि यस्तै रिभ्यू नकारात्मक हुँदा व्यवसाय नै घाटामा परेको प्रशस्तै उदाहरण रहेको ‘डिजिटल अल्गोरिदम’का मदनमणि अधिकारीले बताए।

गुगलमा उपभोक्ताले दिने रिभ्यूको प्रभाव गुगल, विङ जस्ता सर्च इन्जिन मार्फत कम्पनीको वेबसाईट तथा प्रदान गर्ने सेवा वा वस्तु धेरै मानिससम्म पुग्ने वा नपुग्ने भन्नेमा पनि हुने गर्दछ । सर्च इन्जिनमा कसैले सम्बन्धित सेवा वा वस्तुको बारेमा खोजी गर्दा गुगलमा धेरै सकारात्मक रिभ्यू र ‘फाइभ स्टार रेटिङ’ पाएका व्यवसायहरू अरू भन्दा माथि देखिन्छन् जसले धेरै ग्राहकले समेत लाभ पाउँछन् ।

विभिन्न तथ्यांकहरूले उपभोक्ताहरूले सामान तथा सेवा खरिद गर्नुअघी यस्ता रिभ्यू पढ्ने र त्यसको आधारमा कुन सेवा वा वस्तु खरिद गर्ने भन्ने निर्णय गर्ने गरेको देखाउँछ।

अमेरिकी टेक्नोलोजी कम्पनी पोडियमका अनुसार ९३ प्रतिशत खरिदकर्ताहरूले अनलाइनमा भएका रिभ्यूले किन्ने कि नकिन्ने भन्ने निर्णयमा प्रभाव पारेको एक अध्ययनमा बताएको उल्लेख गरेको छ। ट्रस्टपाईलटको अर्को अध्ययनमा ८९ प्रतिशत सहभगीहरूले सामान तथा सेवा खरिद गर्नु अघि अनलाइनमा त्यसको बारेमा रिभ्यू पढेको बताएका छन्।

अष्ट्रेलियाका नेपाली व्यवसायीलाई फाइदा

आफूहरूले ल्याएको ‘फाइभस्टार रिभ्यूकार्ड’ले अष्ट्रेलियामा व्यापार, व्यवसाय साथै विभिन्न सेवा दिने नेपालीहरूलाई निक्कै फाइदा हुने मदनमणि अधिकारी बताउँछन्।

‘डिजिटल मार्केटिङको ठूलो खर्च गर्न बजेट नहुनेहरूलाई यसले सजिलै नयाँ नयाँ उपभोक्ता सम्म पुग्न सहयोग गर्दछ,’ उनले भने, ‘गुगल रिभ्यूको प्रभाव गुगल सर्चको रिजल्टमा पनि हुने भएकाले अष्ट्रेलियामा व्यवसाय गर्ने सबैसँगै नेपालीहरूलाई पनि यसले फाईदा दिनेछ।‘ यसको माध्यमबाट धेरै भन्दा धेरै सकारात्मक रिभ्यू लिन सकिने भएकाले त्यसले एसईओ र अरू डिजिटल मार्केटिंगका गतिविधीमा मासिक हजारौं डलर खर्च गर्न नसक्ने अवस्था हुनेका लागी ‘फाइभस्टाररिभ्यूकार्ड’ किफायती साधन भएको उनको भनाई छ।

कसरी हुन्छ रिभ्यू ?

‘फाइभस्टाररिभ्यूकार्ड’को मूल्य ५५ अष्ट्रेलियन डलर रहेको छ। यो कार्ड टुटफुट नगर्ने र सही ढंगले प्रयोग गर्ने हो भने वर्षौं टिक्ने प्रबर्धकको भनाई छ। एक पटक किनेपछी वर्षौंसम्म ढुक्क भएर रिभ्यू संकलन गर्न सकिने कार्डले हजारौं फाइभस्टार सकारात्मक रिभ्यू संकलन गर्न सक्छ। यो कार्ड अष्ट्रेलिया भर सित्तैमा घरमै डेलिभरी दिने बताईएको छ। कार्ड खरिद गर्नका लागि फाइभस्टाररिभ्यु डट कम डट एयुमा गएर आफ्नो व्यवसायको नाम र ठेगाना सहितको विवरण भर्नु पछ।


क्लिकमान्डु