सिन्धुपाल्चोकमा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा बुधबार बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो ।

६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन् ।

चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए ।


क्लिकमान्डु