सन्दीपविरुद्धको मुद्दामा आज पनि सकिएन बहस, शुक्रबारलाई हेर्दाहेर्दैमा



काठमाडौं । नेपाली राष्ट्रिय टोलिका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएपछि मुद्दा हेर्दाहेदैमा राखिएको हो ।

जिल्ला अदालत काठमाडौंमा गत आइतबारदेखि सुरु भएको बहस लम्बिएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।

बुधबार वादी पक्षको बहस सकिएकोमा बिहीबार प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा लगायतले बहस गरेका छन् । बहस सकिएपछि वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । बहसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

न्यायाधीश ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालतमा बन्द भएको थियो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


क्लिकमान्डु