१२ पास नभएकाले पनि डीभी भर्न सक्ने, ध्यान दिनुस् यी कुरा



काठमाडौं । अमेरिकी सरकारले वार्षिक रुपमा दिने डाइभर्सिटी आप्रवासी भिसा (डीभी) कार्यक्रम अन्तर्गत २०२५ को आवेदन खुलेको छ । अक्टोबर ४ बुधबार राती ९ बजेर ४५ मिनेटबाट २०२५ को डाइभरर्सिटी भिसाका लागि आवेदन खुला भएको हो ।

हाल खुलाइएको आवेदनमा छनोट भएमा २०२५ को सेप्टेम्बरसम्ममा आप्रवासी भिसाको लागि आवेदन दिन सकिने छ । अहिले दिइएको आवेदनको आधारमा आफू छनोट भए नभएको बारे भने आगामी वर्ष २०२४ को मे महिनामा थाहा हुनेछ।

नेपालस्थित अमेरिकी दूतावास तथा अमेरिकी सरकारले डीभीसम्बन्धित आधिकारिक वेबसाइटमा दिइएको जानकारीकाअनुसार कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्दैन । डीभी निःशुल्क अनलाईन आवेदनमार्फत सञ्चालन भएको कारण आफैंले भर्न सकिन्छ ।

डीभी आफैंले पनि भर्न सकिन्छ, तर यसमा धेरै कुराहरुमा ध्यान दिनुपर्छ । आवेदन बुधबार साँझ ९ बजेर ४५ मिनेटदेखि सेप्टेम्बर ७ सम्म दिन सकिनेछ दूतावासले जनाएको छ ।

डीभी भर्दा के ध्यान दिने ?

१. हल्लाका रुपमा चिट्ठा भनिए पनि डीभीका लागि पनि योग्यता चाहिन्छ । पहिला डीभीको लागि आवश्यक योग्यताको बारेमा जानकारी लिनुहोस् । तपाईं योग्य हुनुहुन्न भने डीभी परे पनि तपाईंलाई अमेरिकाले भिसा दिँदैन । डीभीका लागि कि १२ पास गरेको कि तोकिएको कामका प्रमाणित सिप तथा अनुभव भएको हुनुपर्छ।

डीभीमा छनोट हुनु भयो र नक्कली शैक्षिक तथा अनुभवका प्रमाणपत्र पेस गरेको खण्डमा भने जीवनभरका लागि अमेरिका जानलाई प्रतिबन्ध त हुन्छ नै सँगै कानुनी कारबाही पनि भोग्नुपर्ने हुन्छ ।

२. फाराममा तपाईको नाम, लिंग, जन्म मिति, फोन नम्बर, ईमेल ठेगाना, पेसालगायतका विवरणहरु सोधिने छ त्यसको तयारी गर्नुहोस् । यी विवरणहरु ठीकसँग भर्नुपर्ने हुन्छ ।

विवाहितको हकमा श्रीमान श्रीमती र बच्चाहरु सबैको विवरण भर्नुपर्ने हुन्छ । श्रीमान र श्रीमती दुवैले छुट्टा छुट्टै आवेदन पनि दिन सकिन्छ । यसको गर्ना लागि दुवैको योग्यता पुगेको हुनुपर्छ ।

३. सबै विवरणहरुको मिति अंग्रेजीमा रुपान्तरण गर्नुहोस् । जन्म मिति, शैक्षिक योग्यताको मितिहरु ।

४. डीभीका लागि आवेदन दिँदा फोटो महत्वपूर्ण हुन्छ। । त्यसैले विगतमा प्रयोग नभएको र ६ महिनाभन्दा पुरानो फोटो प्रयोग नगर्न भनिन्छ। सोही अनुसार २२ को फोटो तयारी गर्नुहोस् ।

फोटो कस्तो हुनुपर्छ भन्ने कुराका लागि डीभीको लागि खोलिने वेभपेजमा उदाहरण देखाईएको हुन्छ । तपाईको फोटो उपर्युक्त छ कि छैन भनेर पहिला चेक गर्न सक्नुहुन्छ ।

तर, जसरी पासपोर्टको लागि फोटो खिच्नुहुन्छ त्यस्तै चाहिन्छ अर्थात दुबै कान देखिने, अनुहारको हाउभाउ प्राकृतिक भएको फोटो हुनुपर्छ ।

४. यो https://dvprogram.state.gov/ लिंक खोल्नुहोस् र देखाईएको निर्देशन अनुसार फाराम भर्नुहोस् ।आवेदन भर्दा अमेरिकी सरकारको आधिकारिक वेबसाइटबाटै भर्नुपर्छ । कुनै तेस्रो पक्ष वा व्यक्ति वा वेबसइटमार्फत भर्न हुँदैन ।

५. सोधेको सबै विवरण सही भर्नुहोस् र समिट गर्नु अगाडि एकपटक ध्यान दिएर हेरेर सबै सही भएमात्र फाराम समिट गर्नुहोस् ।  आफ्नो फारम भरिसकेपछि सिस्टममा इन्ट्री भयो कि भएन भनेर चेक गर्नुपर्छ ।

र भएको खण्डमा एक दर्ता नम्बर (कन्फर्मेसन) आउनेछ । यो नम्बरलाई सुरक्षित राख्नुहोस् । पछि आफूलाई डीभी कार्यक्रममा छनोट गरियो कि गरिएन भनेर थाहा पाउन पनि यो नम्बर चाहिन्छ ।

६. डीभी परेको जानकारी नआउन्जेल कागजहरु केही चाहिँदैन र तपाईंलाई डीभी परेको नपरेको बारे कुनै ईमेल तथा हुलाक बाटपत्र आउँदैन । अगामी वर्ष २०२४ मे महिनामा डीभीमा छनोट भएकाहरुको जानकारी सार्वजनिक गरिन्छ । तब सोही वेभसाइटमा गएर तपाईंले आफ्नो दर्ता नम्बर राखेर आफू छनोट भएको वा नभएको जानकारी लिन सक्नुहुन्छ ।

७. खुलेको समयमा धेरै पटक भरे डीभी पर्ने होइन, त्यसैले एकपटक मात्रै भर्नुहोस् । एक पटक भन्दा धेरै चोटी आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु स्वतः अयोग्य हुने छ ।


क्लिकमान्डु