काखोव्का बाँध भत्किँदा रुस कि युक्रेनलाई फाइदा ?



काठमाडौं । दक्षिण युक्रेनमा रुसले कब्जा गरेको खरेसान राज्यमा रहेको एउटा विशाल बाँध टुटेको छ । काखोव्का नामको उक्त बाँध टुटेसँगै उक्त राज्यको तल्लो क्षेत्रमा बाढी समेत आएको छ ।

तर, यो क्षतिका कारण कसलाई फाइदा भयो त ? युक्रेन र रुस दुवै देशले यो बाँध टुट्नुको आरोप एकअर्कामाथि लगाइरहेका छन् । उनीहरुले एकअर्कालाई नै यो बाँध भत्काएको आरोप लगाइरहेका छन् । तर, वास्तवमा कसले यो बाँध भत्काएको हो भन्ने खुलेको छैन ।

गत वर्ष नार्ड स्ट्रिम पाइपलाइनमा भएको धमाकाजस्तै यसपटक पनि यो बाँध भत्किनुको कारण कुन देश हो भन्ने सुल्झीएको छैन ।

यी दुवै घटनामा पश्चिमा देशहरुले रुसलाई शंकाको नजरले हेरेका छन् । तर, दुवै घटनामा रुसले भने आफूमाथि लागिरहेको आरोपलाई अस्वीकार गरिरहेको छ ।

मस्कोको तर्फबाट यी घटनालाई लिएर आफ्नो कुनै पनि भूमिका नरहेको अभिव्यक्ति आएको छ । रुसले भनेको छ, ‘आखिर हामीले यस्तो किन गर्नु? यो हमलाले हामीलाई नै घाटा हुन्छ ।’

काखोव्का बाँध टुटेको विषयमा रुसले बढिमा दुई कारणहरुलाई आधार बनाएर आफूलाई नै यसले क्षति पुग्ने भन्न सक्छ । पहिलो कारण यो बाँध टुट्दा नीप्रो नदी वरपरको क्षेत्रमा बाढीको कारण डुब्नु हो । यी क्षेत्रमा बाढी आएकै कारण रुस बाध्य भएर आफ्ना सैनिक र नागरिकलाई खेरसान राज्यबाट टाढा पूर्वतर्फ निकाल्नु परेको छ ।

यसले केही मात्रामा खेरसान राज्यका नागरिकहरुलाई राहत पनि दिएको छ, जो आफ्नो जीन्दगी रुसको तोप र मिसाइलको हमलाबाट बचेर बाँचिरहेका छन् ।

रुसले उक्त बाँध भत्कदा आफूलाई नै क्षति हुन्छ भन्नुको अर्को कारण भनेको रुसको कब्जामा रहेको क्राइमिया क्षेत्रमा पानी पुग्ने प्रणाली प्रभावित हुनु हो । क्राइमिया ताजा पानीका लागि भत्किएको बाँध नजिकै रहेको नहरमाथि निर्भर रहेका कारण यो बाँध भत्किदा त्यहाँ पनि प्रभाव परेको छ ।

सन् २०१४ मा क्राइमियामाथि रुसले अवैध रुपमा कब्जा गरेको थियो । त्यसपछि पनि रुस र युक्रेन दुवै देशले क्राइमिया क्षेत्रमािथ आफ्नो दावेदारी पेश गर्दै आएका छन् ।

अर्कातिर काखोक्वा बाँध भत्किएको विषयलाई लिएर रुस र युक्रेनबीच भइरहेको द्वन्द्व र यसमा युक्रेनले गरिरहेको जवाफी हमलालाई पनि जोडेर हेरिएको छ । आफ्ना जवाफी हमलाहरुलाई सफल बनाउनका लागि युक्रेनले गत वर्ष रुसले कब्जा गरेका क्षेत्रहरुलाई उसको दबदबाबाट छुटाउनुपर्नेछ ।

युक्रेनको मताहतमा रहेको यो ईलाका क्राइमियालाई उसको पूर्वी क्षेत्र डोनबाससँग जोड्ने ठाउँ हो । यहि युक्रेनले जेपोरिजिया शहरको दक्षिणी क्षेत्रमा रुसको रक्षा कवचलाई भत्काएर दुई हिस्सा बनाउन सक्यो भने क्राइमियालाई नै अलग बनाउन सक्छ । यो कदमले युक्रेनलाई एउटा ठूलो रणनीतिक जीत दिलाउँछ ।

तर, रुसले गत वर्ष फेब्रुअरीमा गरेको आक्रमणपछि धेरै कुरा फेरिएको छ । रुसले यी क्षेत्रहरुको नक्सालाई नियाल्ने, ठाउँलाई निगरानीमा राख्ने र अध्ययन गर्ने गरेका छन् । जसले गर्दा रुससँग युक्रेनले हमला गर्नसक्ने आशंका धेरै भएका ठाउँहरुको जानकारी छ ।

यसबाहेक रुसले पछिल्ला केही महिनामा अजोव सागरतर्फ युक्रेनले गर्नसक्ने हमलालाई रोक्न किलाबन्दी पनि गरेको छ । तर, हालसम्म पनि युक्रेनले यो किलाबन्दीको पश्चिमी शिस्सातर्फ आफ्नो सेना पठाउने तयारी गरिरहेको हो वा होइन भन्ने विषयको पनि पुष्टि भएको छैन। किभमा रहेको उच्च निकायले रुसले अनुमान गर्नसक्ने किसिमले आफ्ना जानकारीहरु बाहिर ल्याएको छैन ।

तर, यो कारबाहीले अन्य समस्याहरु पनि उत्पन्न गराउनेछ ।

नीप्रो नदी पहिल्यैबाट धेरै फैलिएको छ र युक्रेनको दक्षिणी क्षेत्रहरुमा पुग्ने गरेको छ । यस्तोमा रुसी तोपखाना, मिसाइन र ड्रोन हमलाका बीच यहाँ बख्तरबन्द गाडीहरु लैजान जोखिमपूर्ण हुन्छ ।

अहिले काखोव्का भत्किसकेको छ । खेरसानको सामुन्नको पूर्वी तटको तल्लो क्षेत्रमा ठूलो बाढी आएको छ । बाढीबाट प्रभावित क्षेत्र युक्रेनी सेनाका लागि निकै चुनौतीपूर्ण बनेको छ ।

जसले पनि काखोव्का बाँध भत्काएका छन्, उसले दक्षिण युक्रेनको रणनीतिक अवस्थालाई उलटपुलट बनाएको छ । यो घटनालाई लिएर दुवै पक्षलाई ठूला सुधार गर्नतर्फ बाध्य बनाएको छ । र सम्भवतः यहि कारणले लामो समयका लागि गरिएका जवाफी हमलापछि युक्रेनले आफ्नो आगामी कदम चाल्नका लागि ढिलाई गरिरहेको छ ।


क्लिकमान्डु