भारतीय संसद्‍‍ भवनको नक्सामा लुम्बिनी र कपिलवस्तु समावेश गरेको भन्दै रास्वपाको आपत्ति



काठमाडौं । भारतले केही दिन उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै यस विषयमा पार्टीको ध्यानकर्षण भएको र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नहुने बताएको हो।

रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ।

नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ। नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि चारदिने भारत भ्रमणमा जाँदै छन् ।


क्लिकमान्डु