सुनको मूल्यको नयाँ रेकर्ड, प्रतितोला १ लाख १२ हजार पुग्यो



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

बुधबार एकै दिन १५ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य अहिलेसम्मकै उच्च हो ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु