घट्यो खानेपानी मन्त्रालयको बजेट, २८ अर्ब १६ करोड बिनियोजिन



काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि चालु आवको तुलनामा कम बजेट बिनियोजन गरेको छ ।

आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई आगामी आवका लागि बिनियोजित बजेट २८ अर्ब १६ करोड रहेको बताएका हुन् ।

चालु आवमा खानेपानी मन्त्रालयका लागि ३७ अर्ब ३५ करोड बजेट बिनियोजन भएको थियो ।

सरकारले आगामी आवका लागि खानेपानी मन्त्रालयतर्फ करिब १० अर्ब कम बजेट बिनियोजन गरेको छ ।


क्लिकमान्डु