मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने



सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आजदेखि केही समयका लागि रोकिने भएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचनामा क्षति पुर्‍याएको थियो ।


क्लिकमान्डु