बागमती प्रदेशमा १० अर्ब लगानी प्रतिबद्धता, साढे ८ खर्ब कर्जा प्रवाह



काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ७९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार गत वर्ष बागमती प्रदेशमा दर्ता भएको १३१ उद्योगबाट १० अर्ब ७९ करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको हो ।

बागमती प्रदेशमा रहेका प्रमुख उद्योगहरुमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुकोआहार, ऊनको तयारी पोशाक, सुतीकोतयारी पोशाक, सजावटका सामान, चाउचाउ, विस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरु दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशमा उत्पादनमुलक क्षेत्रमा २६, कृषि तथा वनमा ९, उर्जामा ९, सूचना तथा प्रविधिमा ११, पूर्वाधारमा २, खनिजजन्यमा १, सेवामा ३८ र पर्यटनमा ३५ गरी कुल १३१ उद्योगहरु दर्ता भएका छन्। जसमा २२ वटा ठूला, ४२ वटा मध्यम र ६७ वटा साना उद्योगहरु दर्ता भएका छन् ।

दार्त भएको उद्योगबाट १० हजार १४६ जनाले रोजगारी पाउने उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका जिल्लाहरुमध्ये रसुवा, रामेछाप र सिन्धुलीमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।अध्धयनअनुसार बागमती प्रदेशको काठमाडौं जिल्लामा मात्रै ७८ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगबाट ५ अर्ब २५ करोड ७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । त्यस्तै, दोलखा जिल्लाबाट १ अर्ब १ करोड २५ लाख रुपैयाँ र धादिङ जिल्लाबाट १ अर्ब ६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिशद्धता जनाएका छन् ।

त्यसैगरी, भक्तुरबाट ५५ करोड ९८ लाख रुपैयाँ, चितवनबाट ४४ करोड ७५ लाख रुपैयाँ, काभ्रेपलाञ्चोकबाट २० करोड २६ लाख रुपैयाँ, ललितपुरबाट ५ करोड ५२ लाख रुपैयाँ, मकवानपुरबाट १ करोड ४३ लाख रुपैयाँ, नुवाकोटबाट १६ करोड ६९ लाख रुपैयाँ र सिन्धुपाल्चोकबाट ७ करोड ३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

औद्योगिक क्षेत्रमा साढे ८ खर्ब कर्जा प्रवाह

गत वर्ष देशभर १० अर्बको लगानी प्रतिबद्धता जनाउँदा बागमती प्रदेशमा औद्योगिक क्षेत्रमा करिब साढे ८ खर्ब कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भउको छ ।

यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ३२.१ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ७ खर्ब ५७ अर्ब ५ करोड (८९.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ । त्यस्तै, रसुवा जिल्लामा सबैभन्दा कम रु.२६ करोड (०.०३ प्रतिशत) कर्जा लगानी रहेको छ ।

त्यसैगरी, काठमाडौंपछि चितवन जिल्लामा औद्योगिक क्षेत्रमा ३० अर्ब ८ करोड ७५ लाख रुपैयाँ, ललितपुरमा २४ अर्ब ७० करोड ८ लाख रुपैयाँ, मकवानपुरमा ९ अर्ब ७५ करोड ७ लाख रुपैयाँ, सिन्धुलीमा १ अर्ब २९ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।

रामेछापमा ५८ करोड ९६ लाख रुपैयाँ, काभ्रेपलाञ्चोकमा ५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ, भक्तपुरमा ७ अर्ब ३७ करोड १३ लाख रुपैयाँ, नुवाकोटमा १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ, धादिङमा २ अर्ब ७ करोड ६७ लाख रुपैयाँ र सिन्धुपाल्चोकमा ५५ करोड १७ लाख रुपैयाँ कर्जा बैंक तथा वित्तिय संस्थाबाट औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु