तीन महिनामा बैंकहरुको सेवा शुल्क आम्दानी ४.२१% ले घट्यो, कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले विभिन्न सामान्य शीर्षकमा सेवाग्राहीसँग लिने शुल्क घटेको छ ।

असोज मसान्तसम्म बैंकहरुले लिने नेट फि इनकम (सेवा शुल्क आम्दानी) ४.२१ प्रतिशतले घटेको छ । गत असोज मसान्तमा बैंकहरुले लिने गरेको नेट फि इनकम ७ अर्ब ७५ करोड ८१ लाख ४६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ४.२१ प्रतिशतले घटेर ७ अर्ब ४३ करोड ९ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार २६ वटा बैंकमध्ये ८ वटा बैंकको नेट फि इनकम बढेको छ भने बाँकी बैंकको घटेको छ ।

नेट फि इनकम बढ्ने बैंकमा नबिल, एनआईसी एशिया, प्रभु, नेपाल एसबीआई, कुमारी, एभरेष्ट र हिमालयन बैंकले लिने नेट फि इनकम बढेको छ भने बाँकी बैंकको घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार नबिल बैंकको नेट फि इनकम ४०.१५ प्रतिशतले बढेर ६२ करोड ८४ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा नेट फि इनकम ४४ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै एनआईसी एशिया बैंकको नेट फि इनकम २४.४४ प्रतिशतले बढेर ५७ करोड २९ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा उक्त शीर्षकको रकम ४६ करोड ४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकको नेट फि इनकम १८.८३ प्रतिशतले बढेर ४५ करोड ३ लाख रुपैयाँ रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ४.५० प्रतिशतले बढेर ३३ करोड ३४ लाख, नेपाल एसबीआई बैंकको १.१९ प्रतिशतले बढेर २९ करोड ९९ लाख, कुमारी बैंकको ९.४३ प्रतिशलते बढेर २६ करोड ५७ लाख ४६ रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकको २६.५३ प्रतिशतले बढेर २६ करोड १८ लाख १५ हजार रुपैयाँ रहेको छ भने हिमालयन बैंकको १०.२९ प्रतिशतले बढेर २२ करोड ३० लाख पुगेको छ । गत आवको सोही अवधिमा २० करोड २२ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार नेट फि इनकम सबैभन्दा बढी सेञ्चुरी बैंकको घटेको छ । बैंकको नेट फि इनकम ३६.५६ प्रतिशतले घटेर ११ करोड ५६ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४ करोड १९ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको ३१.७९ प्रतिशतले घटेर १४ करोड ७३ लाख ८५ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूको ३०.८५ प्रतिशतले घटेर १२ करोड ५४ लाख ९७ हजार, कृषि विकास बैंकको ३०.०७ प्रतिशतले घटेर २७ करोड २१ लाख ९४ हजार, सिटिजन्स बैंकको २२.७० प्रतिशतले घटेर २२ करोड ९७ लाख १ हजार, सिभिल बैंकको २१.२४ प्रतिशतले घटेर ११ करोड १७ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

के हो नेट फि इनकम ?

बैंकहरुले नेट फि इनकममा विभिन्न शीर्षकबाट आम्दानी गर्ने गर्दछन् । जसमा विदेशी विनिमय सञ्चालन खर्च, गैर सञ्चालन खर्च तथा घर जग्गा काराबोर तथा सेयर कारोबार गर्दा लाग्ने शुल्क हो । बैंकबाट कसैले कर्जा लिन लाग्यो भने त्यसको प्रकृयामा लाग्ने शुल्क, सेयर कारोबारबाट आउने विभिन्न शुल्क, विदेशी विनिमय कारोबारबाट आउने शुल्क आदी पर्दछन् ।


क्लिकमान्डु