भुटान आर्थिक संकटमा फस्न लागेको हो ? अर्थमन्त्रीले दिए ‘अज्ञात गन्तव्य’ को भाषण
एजेन्सी । नेपाली समाजमा एउटा लोकोत्ति प्रख्यात छ । त्यो हो बुढी मरी भन्दा पनि काल पल्क्यो ।
श्रीलंकाको आर्थिक संकट र टाट पल्टाईलाई कुनै वास्ता नगरेका दक्षिण एशियाका अन्य देशहरु पनि क्रमशः समस्यामा फस्न थालेका छन् ।
तथ्य र तथ्यांकहरुले यस्तै विवरण देखाइरहेको छ । डोकाले छापेको बिरालोले मौका पर्ने बित्तिकै म्याऊ गर्छ भने जस्तै समस्या अब रावण भूमि लंकामा मात्रै होइन, दक्षिण एशियाका अन्य देशमा विस्तारित भएको छ ।
त्यसको पछिल्लो उदाहरण हो- भुटान । खासमा अर्थतन्त्र, परराष्ट्र मामिलालगायतका विषयमा भारतको एउटा प्रान्त जत्तिकैको हैसियतमा रहेको भुटानको अर्थतन्त्रमा संकट देखा परेको छ ।
व्यापार घाटा र बढ्दो आयात लागतले भुटानको आर्थिक क्षेत्रमा असर गरेको छ । हिमालयको यो सानो देशले अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्ने संयन्त्र बनाएको छ । भुटानले आफ्नो जलविद्युत् र पर्यटन क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ जसले देश बाहिरबाट राजस्व उत्पन्न गर्दछ ।
भुटान, कुनै समय कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा ग्रस नेशनल ह्याप्पिनेसको समेत हिस्सा रहेको बताउने गरेको थियो ।
त्यसैलाई आफ्नो राजनीतिक दर्शन भनेर चिनाउने सोही देश अहिले आर्थिक संकटको सामना गर्ने अवस्थामा पुगेको छ ।
कूल ८ लाखभन्दा कम जनसंख्या रहेको यो देशले विश्वव्यापी आर्थिक मन्दी र राष्ट्रव्यापी कोभिड प्रतिबन्धका कारण आपूर्ति प्रणालीमा समस्या परेको छ । चीन र भारतबीचको आपूर्ति प्रणाली प्रभावित भएपछि अर्थतन्त्रमा चाप परेको छ । भुटानमा साना र मझौला व्यवसाय बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।
मूल्यवृद्धि र खाद्य सुरक्षाको चिन्ता जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक संगीता थपलियालले डीडब्ल्यूलाई भनिन् ‘यस देशको अवस्थालाई अहिले श्रीलंकासँग तुलना गर्न सकिँदैन ।’
खाना, इन्धन र औषधि तिर्ने पैसा सकिएपछि श्रीलंकाको अर्थतन्त्र ध्वस्त भयो, महिनौंदेखि चलेको विरोध प्रदर्शनले सत्ता पलट गरिदियो ।
थपलियालले भनिन् ‘भुटानले हाल अधिकांश राष्ट्रिय अर्थतन्त्रलाई असर गर्ने जस्ता आर्थिक समस्याहरूको सामना गरिरहेको छ ।’
रुस र युक्रेन बीचको युद्धले विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले स्थिति बिग्रिएको छ । अन्य देशहरू जस्तै भुटानको अर्थतन्त्रले मुद्रास्फीति, आर्थिक धक्का र रोजगारी गुमाएको छ ।
विज्ञहरूका अनुसार बलियो डलर र अवमूल्यन भइरहेको भारतीय रुपैयाँ, जसले भुटानको स्थानीय मुद्रालाई निर्धारण गर्छ, यसले पनि आयात लागत बढाएको छ ।
भुटान चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीका एक वरिष्ठ अधिकारीले डीडब्लयूलाई भने ‘भारतले गहुँको निर्यातमा लगाएको प्रतिबन्धले स्थानीय मूल्यमा थप वृद्धि हुने चिन्ता बढाएको छ ।’
भुटानले आफ्नो जलविद्युत र पर्यटन क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ जसले देश बाहिरबाट राजस्व उत्पन्न गर्दछ ।
यसैबीच, भुटानको उत्पादन क्षेत्रको कुल गार्हस्थ उत्पादनको हिस्सा एक दशकभन्दा बढी समयदेखि औद्योगिक क्षेत्र मुख्यतया निर्माण, खानी र बिजुलीबाट अन्तरनिर्भर रहेको छ ।
अर्थमन्त्री नाम्गे छिरिङले भुटान ‘अज्ञात गन्तव्य’तर्फ अघिबढेको बताएका छन् । उनको यो धारणाले अर्थतन्त्रमा समस्या छ भन्ने देखाउँछ ।
कुल गार्हस्थ्य उत्पादन, निर्यात र सरकारी राजस्व प्रायः दुईवटा क्षेत्रबाट मात्रै आउने भएकाले यस्तो ढाँचाले आर्थिक संरचनालाई क्षेत्रीय र बाह्य झट्काको जोखिममा पारेको छ ।
भर्खरैको एक बैठकमा भुटानका अर्थमन्त्री लियोन्पो नाम्गे छिरिङले सरकार आयातमा प्रतिबन्ध लगाउने पक्षमा नभएको तर विदेशी सञ्चितिलाई जोगाउन सक्दो सहयोग गर्ने बताएका थिए ।
छिरिङले भने, ‘म भन्न सक्दिन कि आर्थिक संकटको खतरा छैन । म भन्न सक्दिन कि हामी समस्यामा छैनौं । साथै, म भन्न सक्दिन कि हामी सहज छौं ।’
उनले यो हिमालय राष्ट्र ‘अज्ञात गन्तव्य’ तर्फ अघि बढिरहेको बताए ।
छिरिङद्वारा भर्खरै प्रस्तुत गरिएको वार्षिक बजेटले भुटानको अहिलेसम्मकै उच्च वित्तीय घाटा २८३ मिलियन युरो बराबबर छ । यो देशको जीडीपीको ११.२५ प्रतिशत बराबर हो ।
भुटानको शाही मौद्रिक प्राधिकरणले सन् २०२२ को जुलाईमा जारी गरेको तथ्यांकले डिसेम्बरको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ९७० मिलियन डलरमा झरेको देखाएको थियो । यो अप्रिल २०२१ मा १.४६ बिलियन डलर थियो । जबकि कुल वैदेशिक ऋण कोरोना महामारी अघिको २.७ बिलियन डलरबाट बढेर ३.२ बिलियन डलर पुगेको छ ।
मुलुकसँग १४ महिनाको अत्यावश्यक वस्तुको आयात धान्न पर्याप्त विदेशी सञ्चिति छ । भुटानको संविधानले देशलाई १२ महिनाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम गर्ने अधिकार दिएको छ ।
राजधानी थिम्पुबाट प्रकाशित हुने भुटानको राष्ट्रिय पत्रिका कुएनसेलका सीईओ उग्येन पेन्जरले डिडब्ल्यूलाई भने ‘हामी आयातमा निर्भर देश हौं । हामीले अर्थतन्त्रलाई पुनरुत्थान गर्न राजस्व ल्याउने अन्य क्षेत्र र सुधार नीतिहरू हेर्न थाल्नुपर्छ । नयाँ प्रविधिमा लगानी गर्दै कृषिको लागि सुरुवात गरिनुपर्छ । हामी डराएका छैनौं । तर, व्यापार घाटा बढ्दै गएको छ ।’
भुटानलाई विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्नको लागि अहिलेको लागि व्यापार घाटाको मुद्दामा ध्यान केन्द्रित गरिएको छ । भुटानको जलविद्युत क्षेत्रका लागि हिमालयको पानी वरदान साबित भएको छ ।
भुटानी उद्योग संघका अध्यक्ष पेमा तेन्जिन आर्थिक संकटप्रति चिन्तित छन् ।
‘पर्यटन क्षेत्र प्रभावित भएको छ र शून्यताले पूर्वाधार परियोजनाहरू ठप्प पारेको छ किनभने महामारीले जीविकोपार्जनमा असर गरेको छ । तर हामी फर्कनेछौं,’ उनले भने ।
कूल ५० हजारभन्दा बढी मानिसलाई रोजगारी दिने र भुटानको राजस्वमा सबैभन्दा ठूलो योगदान दिने पर्यटन क्षेत्र सबैभन्दा बढी पीडित भएको छ । पर्यटनबाट प्राप्त हुने राजस्व ४१ प्रतिशतले घटेको छ ।
सन् २०२० मा मात्र २८ हजार पर्यटकले भुटान भ्रमण गरे । जसले १९ मिलियन डलर बराबरको राजस्व उत्पन्न गरेको थियो । हिमाली राष्ट्रले महामारी शुरु भएको दुई वर्षभन्दा बढीमा पहिलो पटक गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि पुनः खोल्नेछ ।
जलविद्युत शक्ति
भुटानको आर्थिक विकास यसको जलविद्युत् क्षेत्रको विकाससँग जोडिएको छ । देशले उत्पादन हुने ऊर्जाको ७० प्रतिशत भारतमा निर्यात गर्छ ।
भारत भुटानको सबैभन्दा ठूलो निर्यात बजार र सबैभन्दा महत्त्वपूर्ण व्यापार साझेदार हो । भुटानको व्यापारको ५० प्रतिशत र देशको शीर्ष विदेशी लगानीकर्ताहरू मध्ये एक हो ।
जबकी, भुटानले भारतको छिमेकी पहिलो नीतिको लागि महत्वपूर्ण भूमिका खेलेको छ । जसले यस क्षेत्रमा व्यापार र ऊर्जा सम्बन्धलाई बढावा दिने लक्ष्य राखेको छ ।
लामो समयसम्म चल्ने आर्थिक संकटले भारत र भुटानबीचको सम्बन्धमा चिसोपन आउन सक्ने आशंका छ । यो चीनले फाइदा उठाउन सक्ने स्थिति भएको भारतीय मिडियाले समाचार बनाइरहेका छन् ।
भुटानले अहिलेसम्म चीनसँग तटस्थ व्यवहार गर्दै भारतसँग अनौठो सम्बन्ध राखेको छ । थपलियालले भनिन ‘यस्तो अवस्थामा भारतले भुटानसँग विशेष सम्बन्ध रहेकोले सहयोग गर्नु आवश्यक छ ।
‘आर्थिकरूपमा बलियो भारत जसले भुटानलाई आर्थिक चुनौतिको सामना गर्न मद्दत गर्न सक्छ, यसले द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन रूपमा बलियो र स्थिर राख्नेछ,’ उनले भने ।