हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु, के छन् आगामी योजना ?



काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेका छन् ।

एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आज (आइतबार)बाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो ।

कम्पनीले आगामी दिनमा बीमालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अब बीमाको पहुँच पहुँचवाला वर्गमा मात्रै सिमित नहुने बताए । बीमाको पहुँच कसरी सबै क्षेत्रमा पुर्याउने भन्ने अध्यन गरिने उनले बताए ।

‘बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैन । देशका कुना काप्चामा पुग्नु पर्छ’ सीइओ शाहले भने,‘बीमालाई व्यापक बनाउनका लागि डिजिटाईजेसनमा जानू पर्छ । जसका लागि प्रक्रिया थालानी भएको छ ।’

यी दुवै कम्पनीले करिब तीन दशकदेखि सञ्चालनमा थिए । हिमालयन जनरलले १६ जना कर्मचारीमार्फत सेवा शुरु गरेको थियो भने एभरेष्टले १८ जना कर्मचारीमार्फत सेवा सुरु गरेको थियो । अहिले हिमायनको शाखा संख्या २२६ र एभरेष्टको २१८ पुगेको छ । संयुक्त कारोबार पश्चात शाखा संख्या ७५ पुगेको छ ।

बजारको माग अनुसार शाखा कार्यालय थप गर्ने योजना कम्पनीले बनाएको छ । बजारको माग अनुसार शाखा कार्यालय बिस्तार गरिने इन्सोरेन्सका सीइओ शाहले बताए । उनले आगामी दिनमा कम्पनीको क्षमता बढाइने बताए । जोखिम क्षमता बढाउने, बीमाको उचाई बढाउने आगामी योजना कम्पनीले लिएको बताए ।

शाहले नियामाकले तोकेको समयसिमा भन्दा पहिले नै न्यूनतम चुक्ता पुँजी पुरा गर्ने प्रतिवद्ता व्यक्त गरे ।

कुल बीमा शुल्क ३२५ करोड पुग्ने छ । चालू आवमा शाखा कार्यालयको संख्या १०० पुर्याउने योजना कम्पनीको छ ।
शाखा कार्यालय अनुसार नै व्यवसाय बिस्तार गर्ने, बीमाको पहुँच सबै क्षेत्रमा पुर्याउने योजना रहेको बताए ।

उनले दावी भुक्तानीमा हुने गरेको झन्झन्ट पुर्ण समस्यालाई कम गर्न डिजिटाईजेसनमा जाने प्रतिबद्धता जनाए । यसका लागि प्रक्रिया थालानी गरिएको उनको भनाइ छ ।

इन्स्योरेन्सका अध्यक्ष राजिब सापकोटाले संयुक कारोबारपछि कम्पनीको पुँजीको आकार ठुलो हुने बताए । व्यवसायामा वृद्धि, लगानिकर्ताको प्रतिफल समेत बढ्ने उनले बताए । संयुक्त मर्जर कमिटिका संयोजक अजय रत्न स्थापीतले एकीकृत कारोबार पश्चात् उत्कृष्ट कम्पनी बन्ने बताए ।


क्लिकमान्डु