२ दशकपछि भुवन दाहालले माफी माग्दै भने- आईएम सरी अनुपमाजी !
मैले कहिल्यै पनि सोचेको थिएन कि अनिल शाहले स्ट्यान्डर्ड चार्टर्ड बैंक छाडेर नबिल बैंकमा आउनुहुन्छ । तर उहाँ सन् २००४ मा जनरल म्यानेजरका रुपमा नबिल बैंकमा आउनु भयो ।
शाहकाे र उहाँका सुपरभाइजर सुजित मुण्डुलसँग कुरा नमिल्दा स्ट्यान्डर्ड चार्टर्ड छाड्नु भएको हो बजारमा के गाँइगुइ चलेकाे थियाे । भित्रि कुरा थाहा पाउनेहरुले भन्थे, ‘अनिलले मुण्डुललाई छाड्नु भएको हो स्ट्यान्नर्ड चार्टर्ड बैंक होइन ।’
शाहको करिअरको ग्रोथ स्ट्यान्डर्ड चार्टर्डमा छँदै लोभलाग्दो थियो ।
शाहले नबिल बैंकमा प्रवेश गर्दा अध्यक्ष सत्यन्द्रप्यारा श्रेष्ठ हुनुहुन्थ्यो । सुरज मेहेता प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुनुहुन्थ्यो भने सीबी राममुर्ती, श्रावनलाल मास्के, अमृतचरण श्रेष्ठ, स्वर्गीय कपिल शर्मा र विनय रेग्मीहरु सिनियर म्यानेजर वा सोभन्दा माथिल्लो पदमा हुनुहुन्थ्यो ।
अनिल शाह त्यो बेलैमा राम्रो वक्ता हुनुहुन्थ्यो । हामीहरु उहाँलाई राम्रो वक्ताका रुपमा ‘शाह बच्चन शिरोमणी’ भन्थ्यौ ।
शाह नबिल बैंक आइसकेपछि नबिल बैंकको संरचनामा पुनरुत्थानका काम भयो । जसलाई केही समयसम्म मेहेताले नै कार्यान्वयन गरे । डीसी खन्ना सीइओ हुँदा योजना र संगठनात्मक संरचनामा पनि रुचि राख्नुहुन्थ्याे ।
उहाँ भन्नुहुन्थ्यो, ‘यो नबिल बैंक सानो पानको पसल जस्तै हो, किन चाहियो प्लानिङ विभाग ?’
खन्नाले बैंकिङ करिअर ग्रिन्डलेज बैंकबाट शुरु गर्नु भएको थियो । नबिल बैंक प्रवेश गर्नुअघि उनीसँग ५ दशकको बैंकिङ अनुभव थियो । हाम्रा लागि उहाँ हजुरबुबा जस्तै थिए ।
उहाँले मेरो नाम कहिल्यै पनि शुद्धसँग उच्चारण गर्नु भएन । मलाई जहिल्यै ‘भवन’ भन्नु हुन्थ्यो । उहाँ आफूलाई अन्तर्राष्ट्रिय नागरिक हुँ भन्थे । उहाँ भेट्रान गल्फरका साथै युनिक पर्सन हुनुहुन्थ्यो ।
उहाँ कार्यालयमा एक्लै भएका धेरै जसो समयमा गल्फ खेले झैं हात घुमाउनुहुन्थ्यो । मिसिटङमै पनि छोटो न्याप नै लिन भ्याउनुहुन्थ्यो । कहिलेकाँही घुर्किएको आवाज पनि आउँथ्यो । न्याप लिएसकेपछि बैठकलाई निष्कर्षसहितको सम्बोधन पनि गर्नुहुन्थ्यो ।
उहाँको अंग्रेजी भाषामाथिको दक्षाता निकै बुलन्द थियो । कुनै कुरा बुझाउनका लागि हामी ४ वटा वाक्य प्रयोग गर्दथ्यौ भने उहाँले आधा जति वाक्यमा पूरा गरिदिनुहुन्थ्यो । शब्द संयोजन गर्ने क्षमता उहाँमा गज्जब थियो ।
उहाँको कार्यकालमा स्ट्यान्डर्ड रिपोर्टिङको फर्म्याट थिएन । अघिल्लो महिनाको तुलनामा रिपोर्ट राम्रो आयो भने उनले सोही अनुसार प्रस्तुत गर्नुहुन्थ्यो । तर अघिल्लो महिनाभन्दा खराब रिपोर्ट र अघिल्लो वर्र्षको सोही महिनाको तुलनामा राम्रो भए सोही अनुसार भन्नु हुन्थ्यो । यतिसम्म कि चौमासिक वा त्रैमासिक रुपमा हेर्दा जुन रिपोर्र्ट राम्रो हुन्छ सोही अनुसार रिपोर्ट गर्नुहुन्थ्यो ।
कहिलेकाँही उनले बैठक सकिने वित्तिकै अर्को बैठक बोलाउहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘बेटा मैले अरु मान्छेका अगाडि किन गाली गरे थाहा छ, मैले तिमीलाई गाली गरेको होइन, मैले त अर्कोलाई भन्न चाहन्थे कि म तिमी जस्तो मेरो प्रिय मान्छेलाई गाली गर्न सक्छु भने उनीलाई त्यत्तिकै छाड्नु र ?’
खन्ना नलिब बैंकमा लामो समयसम्म सीइओ हुने व्यक्तिमध्येमा पर्नुहुन्छ । उहाँसँग जोडिएका कैयन कथाहरु अझै पनि ताजै छन् ।
नबिलपछि खन्ना सिद्धार्थ बैंकमा सीइओ हुनु भयो । हामीहरु उहाँलाई देश खाएर शेष पल्ल्टेका बुढा भनेर अनुभवी व्यक्तिका रुपमा बुझ्थ्यौ ।
जब मेहेता सीइओ बन्नु भयो उहाँको काम गर्ने शैली खन्नाको भन्दा फरक थियो । जबकी दुबैजनाले ग्रिन्डलेज बैंकबाट करिअर शुरु गर्नु भएको थियो ।
नबिल बैंकमा अनिल शाहको प्रवेशपछि बैंकको ब्राण्डिङमा, कर्पोरेट कल्चरमा सकारात्मक परिवर्तन ल्याउनु भयो । शाह र ईश्वर कार्की (एचआर हेड)ले नबिल बैंकमा आउनुभन्दा अघि हामीहरु निकै कमै मात्रामा व्यवहारिक तालिमहरुमा सहभागी हुन्थ्यौ । उहाँहरु आएपछि बैंकले व्यवहारिक तालिमहरुमा जोड दिन थाल्यो । म यसका लागि आज पनि धन्यवाद दिन चाहन्छु । यसले मलाई निकै सहयोग गर्यो । र, मेरो अहंकारहरु सच्चाउन सहयोग पनि भयो ।
मेरो अहंकारबारे एउटा गल्ती यहाँहरुमाझ पस्कन चाहन्छु । जब मेहेता सीइओ र शाह जनरल म्यानेजर हुनुहुन्थ्यो । अनुपमा खुञ्जेली (मेगा बैंककी पूर्र्व सीइओ)लाई ट्रेजरी विभागको हेडका रुपमा ल्याइयो । त्यो समयमा विभाग सुन्दर कँडेल (हालका सिद्धार्थ बैंकका सीइओ)ले हेरिरहनु भएको थियो ।
कँडेलसँग विश्लेषण गर्ने क्षमता साथै कैयन क्षेत्रको राम्रो ज्ञान पनि थियो । जसमा ट्रेड फाइनान्सबारे राम्रो ज्ञान थियो । जुन ट्रेजरीमा काम गर्ने व्यक्तिमा हुनैपर्छ । कँडेल आफ्ना सुपरभाइजर कृष्ण जोशीसँग कुराकानी गर्न राम्रो दल्लख राख्नुहुन्थ्यो । जोपछि अमेरिकन एक्सप्रेस बैंक लिमिटेड न्पालका लागि कन्ट्री हेड पनि हुनु भयो । उहाँ कँडेलबारे निकै तारिफ गर्नुहुन्थ्यो । जोशी र कँडेलले एमेक्स र नबिल बैंकलाई प्रतिनिधित्व गर्ने समयमा पनि उहाँहरुको सम्बन्ध निकै राम्रो थियो ।
तर मैले देखेको कमजोरी भने अंग्रेजीमा पोख्त वक्ता हुनुहुन्नथ्यो । तर त्यो समयमा उहाँका डेपुटी मोहन सुब्बा (हाल अमेरिका) भने राम्रो अंग्रेजी बोल्नुहुन्थ्यो । उहाँहरु निकै नजिक रहेर काम गरिरहेका थिए । जसले गर्दा ट्रेजरी विभाग नबिल बैंकमा बेस्टमध्येमा पर्दथ्यो ।
मैले कँडेल र सुब्बासँग नजिक रहेर काम गरेको थिए । म ट्रेजरी अफिसमा पनि सुपरभाइज गर्दथे । हामी नबेलियनहरु कँडेल खुञ्जेलीभन्दा निकै राम्रा हुनुहुन्छ भन्ने सोच्थ्यौ । र, खुञ्जेलीलाई यति ठूलो जिम्मेवारी दिने गरी ल्याउने निर्णयप्रति हामीहरु खुसी थिएनौं । हामीहरु खुसी नहुनुको कारण उहाँको कुनै कमजोरी वा कारण थिएन । उहाँलाई उक्त जवका लागि अफर गरियो र उहाँले स्वीकार गर्नुभयो ।
नबिल बैंकमा बजेट फाइनल गर्दा फाइनान्स र अन्य विभागबीच निकै छलफल हुन्थ्यो । म फाइनान्स हेड भएको समयमा खुञ्जेलीले प्रस्ताव गरेको ट्रेजरीको बजेट धेरै बढाएको थिए । मैले बजेट बढाउनुको कारण डिपोर्टमन्टको हेडका रुपमा ‘द फर्सन विथ हाइयर पोजिसन’ भनेर लेखेको थिए । उनलाई यो प्रतिक्रिया व्यंग गरेको लाग्यो र धेरै रिसाइन पनि ।
मैले त्यो कमेन्ट नलेख्न सक्थे वा लेखिसकेपछि फोन गरेर सरी भन्न सक्थे । तर मैले त्यसो गरिन । जुन मेरो गल्ती हो भन्ने लाग्छ । हामीहरु उहाँसँग क्यास र ट्रेजरीबारे सामान्य ज्ञान मात्रै छ भन्ने लाग्थ्यो ।
ट्रेजरीमा कम ज्ञान किन भने स्ट्यान्डर्ड चार्टर्ड बैंकममा ट्रेजरीको काम तथा अधिकारी सीमित थियो । सबै नियमनहरु बोर्डबाटै हुन्थ्यो । र, ट्रेजरी विभागमा काम गर्नेहरुसँग खासै ज्ञान हुँदैन भन्ने सोच थियो ।
खुञ्जेली त्यो समयमा बीकम पढ्दै हुनुहुन्थ्यो । जबकी, म त्यो बेला एमबीएका विद्यार्थीलाई पढाउँथे । अनि के लाग्थ्यो भने देशभित्र निकै कम मात्रै मानिसहरु छन् जोसँग मसँग जत्तिकै ज्ञान छ ।
आज म त्यो समयको मेरो अहंकारपूर्ण व्यवहारका लागि माफी माग्न चाहन्छु ।
आईएम सरी अनुपमाजी !
मेरो व्यंगपूर्ण प्रतिक्रियाले हामीहरु दुबैबारे फरक छुट्याउन लागि पर्याप्त थियो । उहाँले नबिल बैंकमा काम गर्दै गर्दा एमबीएसम्मको पढाए पूरा गर्नु भयो । उहाँले राम्रोसँग काम गर्नु भयो । त्यसपछि अनिल शाहले मलाई व्यवहारिक तालिममा सहभागी हुन भन्नु भयो र त्यसले मलाई आफू समुन्द्रमा एक थोपा मात्रै हुँ भन्ने रियलाइज गर्न सहयोग गर्यो ।
अन्य बैंकका कर्मचारी साथीहरुमा पनि नबिल बैंकका कर्मचारीहरु अहंकारीपूर्ण हुन्छन् भन्ने एक प्रकारको छाप थियो । र, हामीहरु सकेसम्म नबिलमा अन्य बैंकरहरुलाई स्वागत गर्दैनथ्यौं ।
तर प्रवीण क्षेत्री, रविना देशराज श्रेष्ठ र नेपाल भुषण गौलीलाई भने हामीहरुले स्ट्यान्डर्ड चार्टर्र्डबाट नबिल आउँदा खुलेर स्वागत गरेका थियौंं । रविना देशराज श्रेष्ठको हकमा उनले सफलतापूर्वक पर्सनल लेन्डिङ युनिट सञ्चालन गरिसक्नु भएको थियो । उहाँ आउनुभन्दा अघि युक्त युनिट हल्लिरहेको वा सामान्य ढंगले घिस्रिरहेको जस्तै थियो ।
काम गर्ने सिलसिलामा जब रविना देशराज श्रेष्ठ र स्वर्गीय विष्णु आचार्यका बीच व्यवहारिक झगडा भयो तब हामी सबैले श्रेष्ठलाई नै साथ थियौ । पछि आचार्यले नबिल बैंकमा पुराना मान्छेलाई सहयोग गर्र्नुको साटो बाहिरबाट आएका मान्छेलाई सहयोग किन गरेको भन्दै गुनासो पनि गर्नु भएको थियो । हामीहरुले उहाँलाई स्पष्टरुपमा तपाईंको यसमा गल्ती छ र सोही कारण समर्थन गर्न सकेनौं भन्यौ । श्रेष्ठ सही भएकै कारणले नबिल बैंकमा भित्रिया र बाहिरिया भन्ने विषय तर्कपूर्ण लागेन भन्यौ ।
पछि खुञ्जेली र श्रेष्ठ दुबै जनाले मेगा बैंक ज्वाइन गर्नु भयो । अनिल शाह सीइओ बन्नु भयो । श्रेष्ठ र खुञ्जेलीलाई नबिल बैंक नछाड्न सुझाव दिएका थियौं । तर उहाँहरु अनिल शाहसँग काम गर्न चाहनु भएकाले हाम्रो सुझाव लिनु भएन ।
यसले पनि अनिल शाह बोसका रुपमा कर्मचारीका लागि कति आकर्षक हुनुहुन्थ्यो भन्ने यही कुराबाट स्पष्ट हुन्छ ।
(भुवन दाहालको पुस्तक ‘रिटायरमेन्ट एट फिप्टी’ आज सार्वजनिक हुँदैछ । अंग्रेजीमा लेखिएको यो पुस्तकबाट एउटा अंश भावानुवाद गरिएको हो ।)