माटो जोगाउनका लागि यूएनसीसीडी कप १५ को सम्मलेनमा सद्‌गुरुद्वारा १९५ राष्ट्रहरूलाई सम्बोधन



काठमाडौं । माटो जोगाउनको लागि ३० हजार किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रामा रहेका सद्‌गुरु यूएनसीसीडी कप १५ को सम्मेलनमा १९७ राष्ट्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्नुको लागि आइभोरी कोस्ट पुगेका थिए। सम्बोधनमा सद्‌गुरुले सो अभियानको सबैभन्दा महत्त्वपूर्ण उद्देश्य उल्लेख गरे । कृषियोग्य माटोमा कम्तीमा पनि ३ देखि ६ प्रतिशत जैविक पदार्थ सुनिश्चित गर्ने अनि यसको लागि त्रिस्तरीय रणनीतिहरू अपनाउने उनले बताए ।

कप १५ को सम्मलेनमा विश्वभरिका राष्ट्रहरूको सहभागिताले, कृषियोग्य भूमि खराब भइरहेको स्थितिलाई उल्टाउनको लागि सरकारहरूद्वारा राष्ट्रिय नीति निर्माणमा गरिने प्रयासलाई थप सशक्त बनाएको छ । फलस्वरूपस् माटोको विनाशको सङ्कटपूर्ण स्थितिबाट मानवजातिलाई फर्काउन सकिनेछ ।

विशाल स्तरमा माटो जोगाउनको लागि हामीले निकै गहिरो रूपमा स्थापित जन-अभियानलाई सही आकार दिनुपर्ने हुन्छ । हामीले निकै जटिल पर्यावरणीय समस्याहरू सामना गरिरहेको भएपनि, हामीले तबमात्र एउटा सफल जन−अभियान निर्माण गर्न सक्छौँ, जब हामी समाधानको लागि गरिनुपर्ने कार्यहरूलाई निकै स्पष्ट र सरल तरिकाले प्रस्तुत गरी त्यसमा एकचित्त भएर केन्द्रित रहन्छौँ । इतिहास नियाल्ने हो भने पर्यावरणतर्फ गरिएका कार्यहरू निकै कम सफल भएका छन् । धैरै हदसम्म यसो हुनुको कारण के हो भने हामीले जटिल वैज्ञानिक तर्कहरूलाई सहजै बुझ्न सकिने सरल कार्यहरूमा प्रस्तुत गर्न सकेनौँ ।

त्यसैगरी, फरक-फरक अवस्थामा रहेको माटोमा, विभिन्न कृषि-जलवायु क्षेत्रहरूमा, विभिन्न प्रकारका साँस्कृतिक र आर्थिक प्रचलनहरूको सन्दर्भमा भूमिको क्षय वा विनाशलाई कसरी सम्हाल्ने भन्नेबारे थुप्रै वैज्ञानिक मतभेदहरू छन् । यद्यपि, सबैभन्दा महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गर्न सकिन्छ- कृषियोग्य माटोमा कम्तीमा पनि ३-६ प्रतिशत जैविक पदार्थ सुनिश्चित गर्ने । यसले गर्दा विश्वभरिका कृषियोग्य भूमिहरूमा हाम्रो माटो निकै लामो समयसम्म जीवन्त, उर्वर र समृद्ध रहिरहन्छ ।

निम्नलिखित त्रिस्तरीय रणनीतिहरूको माध्यमले कृषियोग्य माटोमा कम्तीमा पनि ३-६ प्रतिशत जैविक पदार्थ सुनिश्चित गर्न सकिन्छ ।

कम्तीमा पनि ३(६प्रतिशत जैविक पदार्थको मात्रा पुऱ्याउनको लागि प्रोत्साहन गर्न हामीले किसानहरूलाई आर्कषक सुविधा वा छुटहरू प्रदान गर्न सक्छौँ । साथै, हामीले यसमा ध्यान दिनुपर्छ कि यसलाई लागू गर्न केही वर्षको अन्तरालमा चरणबद्ध कार्यक्रमहरू गर्नुपर्छ, जस्तै कि पहिलो चरणमा प्रोत्साहन गर्ने, दोस्रो चरणमा सुविधा वा छुटहरू दिने अनि अन्ततस् तेस्रो चरणमा उपयुक्त ढङ्गले केही सुविधाहरू कटौती गर्ने ।

त्यस्तै, हामीले किसानहरूलाई हरितगृह उत्सर्जन कम गर्नको लागि केही निश्चित सौहुलियतहरू दिनुपर्छ । त्यस्तो सौहुलियत पाउन हालका प्रकियाहरू निकै बढी जटिल छन्, जसकारण त्यसलाई सहज र सरल बनाइनु जरूरी छ ।

३ देखि ६ प्रतिशत जैविक पदार्थ रहेको माटोमा उब्जाइएका खानेकुरालाई उच्च गुणस्तरको चिन्ह प्रदान गरिनुपर्छ । साथै, यस्ता खानेकुराबाट स्वास्थ्य, पोषण र प्रतिरोधात्मक क्षमतामा पाइने लाभहरूलाई स्पष्ट उल्लेख गरिनुपर्छ । यो प्रक्रिया शुरु गर्नाले मानिसहरू बढी स्वस्थ, बढी क्रियाशील र बढी जीवन्त बन्दछन्, जसले गर्दा परिणामस्वरूप हाम्रा स्वास्थ्य सेवा केन्द्रहरूमा कम भार पर्दछ । त्यसैले, यो स्पष्ट छ कि हामीले अहिले जुन तरिकाले ‘अर्ग्यानिक’ र ‘ननअर्ग्यानिक’ भनेर छुट्याइरहेका छौँ, त्यसको तुलनामा उच्च गुणस्तरको खानेकुरा भनेर चिन्ह प्रदान गर्नु बढी प्रभावकारी हुन्छ ।


क्लिकमान्डु