रुस र युक्रेनबीचको संघर्षले विश्वभर चरम खाद्य संकट उत्पन्न हुँदैछ ?



एजेन्सी । रुस र युक्रेनबीचको संघर्ष थामिएको छैन । बरु के कति समय चल्ने हो भन्ने कुराको कुनै ग्यारेन्टी छैन । रसियाली राष्ट्रपति पुटिन आखिर के गर्न खोजीरहेका छन् भन्ने कुराको भेऊ अमरिका, यूरोप र स्वयं युद्धको कहरका फसेको युक्रेनले समेत थाहा पाएको छैन ।

शुरुवाती दिनमा प्रचार युद्धमा युक्रेन हावी भएपनि पछिल्ला दिनमा रुसका अगाडि रक्षात्मक बनेको छ । तर, यससँगै युद्धको कारणले विश्वले भोकमरीको सामना गर्दैछ ? भन्ने प्रश्न सबैभन्दा गम्भीर र जटिल रुपमा देखा परेको छ ।

युक्रेनविरुद्ध रुसको आक्रमणले दुबै पक्षका मानिसको ज्यान लिनेमात्र होइन, विश्वलाई ठूलो खाद्य संकटमा धकेलिएको छ । यसले विश्वमा गरिबी थपिने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विवरणमा उल्लेख छ ।

तर, यसले सबैभन्दा बढी असर ती गरिब देशहरूमा पर्नेछ जसलाई रुसले आफ्नो मित्र नमानेको अवस्था छ । यो युद्धअघि, रूस र युक्रेन विश्व बजारमा सबैभन्दा ठूलो खाद्य बिक्रेताकारुपमा थिए ।

तिनीहरूले अनाज र तरकारी एवं इन्धनको सबैभन्दा ठूलो निर्यातकर्ता थिए । यसबाहेक रुस आफैं पनि पेट्रोल, पेट्रोल उत्पादन र ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ताका रुपमा रहेको छ ।

तर, रुस र युक्रेन दुवैबाट यी वस्तुको निर्यातको गति सुस्त भएको छ । युक्रेन आफैंले अहिले खाद्यान्न अभावको सामना गरिरहेको समाचार विवरणहरुमा जनाइएको छ ।

युक्रेनमा खाद्यान्न नपुग्नुको पछाडि रुसी नौसेनाले आफ्ना बन्दरगाहहरू अवरुद्ध गरिदिएको छ । त्यसबाट युक्रेनको अवस्था अझै बिग्रने बताइएको छ ।

युक्रेनको खेतबारीमा बारुदी सुरंग बिछ्याइएको र ट्यांक आक्रमण हुने भएकाले यसवर्ष बाली काटन पाउने कि नपाउने भन्ने पनि निश्चित नभएको विवरणमा जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार खेतमा रहेका किसान रुसी आक्रमणपछि ट्याक्टर खेतमै छोडेर भाग्न बाध्य छन् ।

खाद्य संकटका कारण मुद्रास्फीति बढेको छ । त्यसलाई सन्तुलनमा ल्याउन अझै लामो समय लाग्नेछ । विशेष गरी गरिब देशहरुमा खाद्यान्नको संकट देखा पर्ने अवस्था सिर्जना भएको छ । ती देशमा अधिकांश परिवारको अधिकांश पैसा खानामा खर्च हुन्छ ।

संसार भर्खरै गत वर्षको खडेरीबाट मुक्त भएको छ । मानिसले खाद्य मुद्रास्फीतिको सामना गरिरहेका छन् । तर यतिबेला खाद्यान्नको मुद्रास्फीति झनै बढेर गएको छ । यो मुद्रास्फीति पछिल्लो ३२ वर्षमा शीर्ष स्थानमा पुगेको छ ।

युक्रेन र रुसबीच जारी युद्धका कारण कृषिमा प्रयोग हुने इन्धनको मूल्य ह्वात्तै बढेको छ । सामुद्रिक र सडकबाट सामान ढुवानी, ऋण, मल, भण्डारण सेवा पनि महँगो भएको छ । मानिस र गाईवस्तुका लागि खाद्यान्नको उपलब्धता घट्दै गएपछि मासु तथा अन्य खाद्यवस्तु महँगो बन्दै गएको छ । अब प्रश्न उठ्छ कि हाम्रो पृथ्वी अर्को अनिकालतिर जाँदैछ । होइन, अहिले त्यस्तो संकट भने देखिएको छैन । संकटोन्मुख छ ।

ग्लोबल रिसर्च सेन्टरका विज्ञहरूका अनुसार सबैभन्दा खराब अवस्थामा पनि पृथ्वीमा मानिसहरूलाई खुवाउन पर्याप्त खाना हुनेछ । केवल व्यवस्थापनको मात्रै जरुरत पर्छ ।

स्थिति अझै कठिन हुन सक्छ । मानिसहरूले कम खानामा काम गर्नुपर्नेछ । गरिब देशहरू र जहाँ संघर्ष चलिरहेको छ, ती देशहरूका अगाडि भोकमरीको वास्तविक खतरा देखिएको छ ।
सोमालिया, अफगानिस्तान र यमन यस्ता देश हुन् । जहाँ खाद्यान्न अभावको सबैभन्दा असर देखिएको छ ।

सबैभन्दा खराब अवस्था विकासशील देशहरूमा हुनेछ । जुन सुक्खा क्षेत्रमा पर्छन् । यसमा मध्य पूर्वदेखि उत्तर अफ्रिकासम्मका देशहरू समावेश छन् ।

यी देशहरूले आफ्नो ९० प्रतिशत खाद्यान्न आयात गर्छन् । यसको निकटतम निर्यातकर्ता रूस र युक्रेनका व्यापारी नै हुन् ।

अन्वेषकहरू भन्छन् कि खाद्यान्नको मूल्य बढ्दा मानवीय संकट र राजनीतिक जोखिम बढ्नेछ । यसअघि अरबमा पनि खाद्यान्नको यस्तो मुद्रास्फीति देखिएको थियो।

एक दशक पहिले, अरब स्प्रिंग भनेर चिनिने विरोध र क्रान्तिले लिबिया, ट्युनिसिया, इजिप्ट र यमनमा सरकार परिवर्तन गर्यो । सिरियामा गृहयुद्ध सुरु भयो । जहाँ रुस पनि एक पक्ष हो ।
विश्व बैंक र पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैंकका विज्ञका अनुसार युक्रेनमा रुसको आक्रमणबाट अप्रत्यक्ष रूपमा टर्की, इजिप्ट, भारत, थाइल्यान्ड, जर्जिया, आर्मेनिया, दक्षिण अफ्रिका, लेबनान र श्रीलंकासमेत प्रभावित हुन सक्छन्। ।

अहिलेको युगमा यी देशहरूको अवस्था नाजुक छ । किनभने उनीहरु रूसमा धेरै निर्भर छन ्। उनीहरुको रुससँग ठूलो व्यापार छ ।

ती देशले पर्यटनबाट कमाउँछन् । रुसमाथि लगाइएको प्रतिबन्धको उल्लंघनमा पश्चिमी देशसँग खुला रूपमा झगडा गर्न चाहँदैनन् ।

ती देश आर्थिक संकटबाट गुज्रिरहेका छन् । जसले आन्तरिक राजनीतिक स्थिरतालाई खतरामा पार्न सक्छ । उदाहरणका लागि इजिप्ट विश्वको सबैभन्दा ठूलो खाद्य आयातकर्ता मध्यकोे एक हो।

युद्धअघि ती देशमा २० प्रतिशत पर्यटकहरू रूसबाट आएका थिए । टर्की टर्की पनि ९३ प्रतिशत तेल आयातमा र ९९ प्रतिशतसम्म ग्यास आयातमा रुपमा नै निर्भर छ ।

युक्रेन बाहेक रुसबाट खाद्यान्न र तेल आयात गर्ने यसका सबै छिमेकी मुलुकले समस्या भोग्न सक्छन् । ती देशले पनि समस्यामा पर्नेछन् । जहाँका जनसंख्याको एक हिस्सा कामको खोजीमा रसिया जान्छ ।

युद्धअघि, रूसबाट आउने पैसाले ताजिकिस्तान, किर्गिस्तानको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको थियो । रुसबाट आएको पैसा उज्वेकिस्तान र आर्मेनियाको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत पुगेको थियो । यो पैसा रूसमा काम गर्ने आफ्ना मानिसको तर्फबाट पठाइएको हो ।

यी देशहरूमा समस्या हुन सक्छन्, तर अफगानिस्तान र यमन जस्ता आन्तरिक द्वन्द्व भएका देशहरूले वास्तवमा अनिकाल जस्तो परिस्थितिको सामना गर्न सक्छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनमा रुसले आक्रमण गर्नुअघि ३८ देशका ४ करोड मानिस भोकमरीको समस्यामा थिए । विश्वको प्रत्येक दशौं जनसंख्या भोकमरीको सामना गरिरहेको थियो । युद्धका कारण एशिया, अफ्रिका र मध्यपूर्वका देशहरूमा यो संख्या ८० लाख र सबैभन्दा खराब अवस्थामा १ करोड ३० लाख पुग्न सक्ने राष्ट्रसंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा गहुँ र तेलको मूल्य वृद्धिले गरिब मुलुकलाई झनै मारमा पारेको छ । जसका कारण उत्पादनको मूल्य बढेको छ ।

संयुक्त राष्ट्रसंघको प्रारम्भिक अनुमान अनुसार युक्रेनले युद्धका कारण २० देखि ३० प्रतिशत खेतीयोग्य जमिन गुमाउनेछ । तर, अन्य मूल्यांकनकर्ताको अनुमान बढी छ ।

स्थिति अझै बिग्रियो भने, युक्रेनमा सबै निर्यात रोकिनेछ । युद्ध चाँडै समाप्त भए पनि निर्यात ३० प्रतिशतले घट्ने अनुमान सार्वजनिक भएको छ ।

विश्व व्यापारका अन्वेषकहरू भन्छन् ‘समयमै कदम चालिएमा खाद्यान्न अभावको असरलाई कम गर्न सकिन्छ । युरोपेली संघ, अमेरिका, अष्ट्रेलिया र प्रमुख अन्न उत्पादक देशहरूले यो गर्न सक्छन् । उनीहरूसँग पर्याप्त खाली जमिन छ ।’ यो संकटको सामना गर्न सकिन्छ । तर, उत्पादन बढाउन भने आवश्यक छ ।

युक्रेनमा रुसको आक्रमणको प्रत्यक्ष र अप्रत्यक्ष असर पर्नेछ । र त्यो खाद्य संकटको रूपमा आउनेछ । पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गरिरहेका छन् तर अफगानिस्तान र यमनलाई समय दिन सकेको छैन । सहयोग चाहिनेको संख्या अहिले लाखौंले बढेको छ । खाद्यान्न ढुवानीको बढ्दो लागत, खाद्यान्नको मूल्यवृद्धि र अन्य लागतका कारण मानवीय सहायताको बजेट या त घटाइएको छ वा यथावत नै रहेको छ ।

युक्रेनले यसअघि संयुक्त राष्ट्रको खाद्य कार्यक्रमलाई अनाज र तेल उपलब्ध गराएको थियो । तर अहिले त्यो मात्रै रोकिएको छैन । राष्ट्रसंघबाट सहयोग खोज्ने देश बनेको छ । हालसम्म यो देशका १० लाख जनताले खाद्यान्न प्याकेज र खाद्यान्नको रुपमा सहयोग लिएका छन् । संयुक्त राष्ट्र संघल ४.४ मिलियन युक्रेनीलाई थप सहायता प्रदान गर्ने योजना बनाएको छ ।

युद्ध अघि, संयुक्त राष्ट्रले २०२२ को लागि विश्वभर १३ करोड ७० लाख मानिसलाई भोकमरीबाट बचाउनको लागि १९ अर्ब डलर बराबरको सहायता कोष खडा गरेको थियो । तर, यो वर्ष अहिलेसम्म सहयोग गर्नेहरुले भने कम सहयोग गरेका छन् । यसपटक राष्ट्रसंघीय खाद्य कार्यक्रम अन्तर्गत उठेको रकमको आधा पनि आएको छैन ।

त्यसमा अरु धेरै समस्याहरु छन् । खाद्यान्नको मूल्य बढेसँगै समग्र मुद्रास्फीति पनि बढिरहेको छ । जसका कारण केन्द्रीय बैंक ब्याजदर बढाउन बाध्य छन् ।

उच्च ब्याजदरका कारण आम उपभोक्ता, देश र कम्पनीले कम ऋण लिइरहेका छन् । जसका कारण धनी देशहरुमा विकासको गति सुस्त हुँदै गएको छ भने गरिब देशहरु दिवालिया हुने खतरामा छन् ।

यीमध्ये अधिकांश देशले कोरोनाको समयमा ऋण लिनुपरेको थियो । करिब ४० देश ऋण संकटबाट गुज्रनु परेको छ । न्यून ब्याजदरले यी देशमा गम्भीर संकट सिर्जना गरेको छ । उच्च ब्याजदरले आधा समृद्धि खोसिएको छ ।

रुस–युक्रेन युद्धले विकसित देशहरूले प्रयोग गर्ने आपूर्ति घटाएको छ । कोरोना भाइरसका कारण २०२० मा यी चीजहरूको विश्वव्यापी व्यापार ५ प्रतिशतले घटेको छ । गत वर्ष यो मुआब्जा मिल्ने र यो व्यवसाय दश प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो ।

तर, विश्व व्यापार संगठनले यो वर्ष वृद्धिदर पाँच प्रतिशत हुने बताएको छ । अब यो वृद्धि आगामी दुई वर्षमा तीन प्रतिशतमात्रै हुने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो युद्ध लडेका छन् र पश्चिमविरुद्ध मोर्चा खोलेका छन् ।

विश्व व्यापार संगठनका प्रमुख गोजी ओकोन्जो इवेला भन्छन्, ‘विश्व अर्थतन्त्र दुई विपरीत ध्रुवमा विभाजित हुँदा गरिबतिर फर्किदा विश्वमा न शान्ति छ, न विकास छ भन्ने कुराको इतिहास साक्षी छ ।’

तर, के संकटलाई न्यून गर्न सम्वद्ध निकायले के गर्ला त्यो भने प्रमुख विषय बनेर खडा भएको छ ।


क्लिकमान्डु