उत्पादन क्षमता विस्तार गर्न रिलायन्स स्पिनिङ मिल्सले साढे ४ अर्ब लगानी थप्ने



काठमाडौं । देशको सबैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि ६ वटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी विस्तार गर्ने भएको हो । रिलायन्स स्पिनिङ धागो उद्योगले ६ वटा इकाईबाट वार्षिक करिव ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन बढाउनको लागि दुई वटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताए । प्रबन्धक पोखरेलले रिलायन्स स्पिनिङ धागो उद्योगमा अहिलेसम्म १० अर्ब लगानी भइसकेको र दुई वटा नयाँ युनिट विस्तार गर्दा कूल लगानी १५ अर्ब ५० करोड पुग्ने जानकारी दिए ।

उनले नयाँ उत्पादन प्लान्टका लागि मेसिन तथा उपकरण उद्योगमा आउन थालेको बताए । अबको ६ महिनाभित्र दुई वटा नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादन गर्ने तयारीमा उद्योग रहेको पोखरेलले बताए । प्लान्टको जग निर्माणको काम करिव अन्तिम चरणमा पुगिसकेको छ ।

प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताए । उनले कामदार, विद्युत, दिनप्रति दिन ढुवानी खर्च बढेकाले विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा धागो उत्पादन गरेर विदेश निर्यात गर्न समस्या रहेको गुनासो गरे ।

प्रबन्धक पोखरेलले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्न जमिन, भवन, मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज सात देशको तुलनामा कम नभएको कारण उत्पादनमा लागतमा अत्याधिक वृद्धि भएको बताए । उनले नेपाल–भारत खुला सिमानाका कारण अवैध धागो चोरी निकासी तथा पैठारीको कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय विक्री वितरणमा समस्या रहेको बताए ।

धागो उद्योगको खपत हुने भनेको कपडा उद्योगहरु भएको भन्दै पोखरेलले रिलायन्स उद्योगको उद्देश्य उद्योगबाट उत्पादित धागो नेपालमा नै खपत गर्ने भएको बताए । प्रादेशिक र स्थानीय निकायको ऐन नियमका कारण तत्कालिन गाविस भएका अवस्थामा उद्योगका भवनहरु पुनःनक्सा पास गर्नु पर्ने चुनौती थपिएको गुनासो पोखरेलले गरे ।

पोखरेलको भनाइ जस्ताको त्यस्तै

उद्योगमा अहिलेसम्म १० अर्ब बराबरको लगानी रहेको छ । अहिले दुईवटा उत्पादन प्लान्ट विस्तार गर्न लागिएको छ । जसमा ४ अर्ब ५० करोड लगानी थप हुने भएको छ । त्यसमा विभिन्न बैंकको ऋण जोडिएको छ । कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्ने र नेपालमा उत्पादन गरी तयार बस्तु विदेशमा निर्यात गर्नु पर्ने अवस्था छ । दिनप्रति दिन ढुवानी खर्च बढ्दै गएकाले अन्य मुलुकसँग प्रतिष्पर्धा हुन नसकि रहेको अवस्था छ । भारत र नेपालको बोर्डरमा रहेको मिरगञ्ज पुल बन्न नसक्दा ढुवानी बढेको छ । साढे तीन महिना देखि इटहरी र मोरङका व्यवसायीले समस्या भोग्नु परेको छ । विगतमा कामदार र विद्युत शुल्क भारतको भन्दा सस्तो थियो। तर अहिले दुबै महँगो भएको छ । नेपालमा उत्पादनमुलक उद्योग सञ्चालन गर्न यहाँको जमिन,भवन,मिल, मिसिनरी, श्रमिक र बैंकको ब्याज कुनै पनि सात देशको तुलनामा कम नभएको कारण अत्याधिक उत्पादनमा लागत वृद्धि भएको अवस्था रहेको छ ।

नयाँ श्रमिक ऐन २०७४ अनुसार सामाजिक सुरक्षा ऐन आएसँगै श्रमिकको सामाजिक सुरक्षा अत्याधिक वृद्धि भएको तर उत्पादन बढ्न सकेको छैन । सुरुवात देखि नयाँ पुराना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । धागो उद्योगमा खुल्ला सिमनाका कारण अवैध निकासी पैठारीको कारणले स्वदेशी कपडा उद्योग ध्वस्त भएसँगै स्थानीय विक्रि वितरणमा समस्या परेको छ । हाम्रा ग्राहकहरु भनेको कपडा उद्योगहरु हो । हाम्रो उद्देश्व भनेको उत्पादित धागो नेपालमा नै खपत गर्ने हो । कपडाका धागोहरु चोरी निकासीबाट आउँछ । प्रादेशिक र स्थानीय निकायको ऐन नियमका कारण तत्कालिन गा.वि.स भएका अवस्थामा उद्योगका भवनहरु पुनःनक्सा पास गर्नु पर्ने चुनौती थपिएको छ । उद्योगले गर्न सक्छ तर उहाँहरुको नियम अहिले भएको भन्दा डबल शुल्क रहेको छ । रिलायन्स स्पिनिङ उद्योगलाई ठूलो लागत आउने हुन्छ । स्थानीय निकायका आ–आफ्ना ऐन नियमको कारण उद्योग दबाबमा परेको छ । बैंकको ब्याज कुनै पनि कुराको लागतको प्रत्येक एकाईमा ब्याजको ठूलो योगदान हुन्छ । विना बैंकको पुँजी विना कुनै उद्योग चलाउन सक्दैन । कोहीसँग पनि त्यति धेरै पैसा हुँदैन । नेपालमा उद्योग खोल्नको लागि चालु पुँजी नै जति फिक्स छ त्यति नै पुँजी चाहिन्छ । ३ महिना स्टक राख्न प¥यो ।

नेपालमा केही पनि पाउँदैन । उत्पादन भएको सामान दुई तीन महिना बिक्रि हुनै नभएर स्टक बस्छन् । सामान बेचे पनि दुई तीन महिना उधारोमा बेच्नुपर्छ । ६ महिनाको लागि साइकल कोल गर्न पैसा चाहिन्छ । अहिले पैसाको अभाव छ । प्राप्त मात्रामा बैंकहरुले पैसा दिन सकेको छैन । बैंकको ब्याज पनि ६ महिनाको अवधिमा डेरी भन्दा पनि बढी भइसक्यो । ६ प्रतिशत रहेको बैंकको ब्याज १२ प्रतिशतसम्म पुगिसक्यो । यसले सम्पूर्ण लागत बढाउँछ । लागत बढ्दा उपभोक्तालाई भारपर्छ । नेपाली उद्योगमा लजिष्ट्रिक खर्च बढी रहेको छ । कच्च पदार्थ नेपालमा छैन । बैंकको ब्याज कम भएको कारणले सहुलियतमा थियौं । पछिल्लो दुई तीन वर्षमा उद्योगहरु वृद्धि वा फस्टाएको छ त्यसलाई यस्तो समस्याले वृद्धिको गतिलाई रोक्छ । उद्योग चलाउनको लागि हामीसँग केही छैन । पहिला कामदार सस्तो थियो । अहिले कामदार पाउन नै छाड्यो । कामदार पाउन नै समस्या रहेको छ । अहिले बैंकको ब्याज,विद्युत, कामदार नपाउने, लजिष्ट्रिक खर्च बढ्ने भएको छ । अहिले अलिअलि निर्यात गदैछौं । अब सरकारले दीर्घकालिन यस्तो नीति ल्याउनु प¥यो की उद्योगले उत्पादन गरेको धागो नेपालमा नै खपत होस् । सबै धागो नेपालमा खपत हुनको लागि कपडा गार्मेटमा चोरी पैठारी नियन्त्रण गर्नुप¥यो । नेपालमा नै खपत भयो भने केही समस्या छैन। विदेशीमा निर्यात गर्ने हो भने नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्नै पर्छ नत्र आउने दिनमा झन गाह्रो हुँदै जान्छ । नेपालबाट बंलादेश धागो निर्यात गर्नु प¥यो भने नेपालबाट सिधा गर्न प्रतिबन्ध छ । कलकता हुँदै श्रींलकाबाट बंलादेश लानुपर्छ । त्यो लागत धेरै भएकाले सम्भव रहेको छैन । बंलादेशका सामान उत्पादन पनि गछौं । सरकारले नेपालको धागो बंलादेशमा निर्यात गर्नको लागि राजनीतिक पहल गरेर खुलाउने हो भने नेपालमा राम्रो निर्यात हुनसक्छ । लागत खर्च निकै कम लाग्न सक्छ ।


क्लिकमान्डु