कहाँ हराए भारतका करोडपति ? सम्पत्ति र तथ्यांकमा देखिदैन समानता



एजेन्सी । के करोडपतिहरु हराउन सक्छन् ? उनीहरु बेपत्ता भएको वा संसारबाट कही कतै गएका हुन् ?

संसार छाडेर जीवन नै सकिएर गएकाहरुको यहाँ कुरा गर्न खोजिएको होइन । तर, आफूलाई करोडपति दाबी गर्ने धनीहरुको तथ्यांक र सम्पत्तिको मेल नखाँदा उनीहरु कता हराए भन्ने प्रश्न उठेको छ ।

केही सञ्चारमाध्यमहरुमा कहाँ हराए भारतका करोडपति ? भन्ने जिज्ञासाका साथ खोजी भएको छ ।

उनीहरुले धनीहरूको ठूलो संख्या उनीहरूको कमाइको तथ्याङ्कसँग मेल नखाएको भन्दै प्रश्न उठाएका छन् ।

एक अध्ययन संस्था क्रेडिट सुइसका अनुसार सन् २०१९ मा भारतमा ७.६४ लाख बराबरको सम्पत्ति (डलर–करोडपति) थिए ।
तर उक्त वर्षमा ३.१६ लाखले मात्रै ७० हजार डलर नजिक मात्रै आम्दानी घोषणा गरेका थिए । यही विवरणबाट केही गडबडी भएको छ भन्ने शंका गरिएको हो ।

अहिले अर्बपतिको सम्पत्ति निरन्तर बढ्दै गएको र करोडपतिको संख्या पनि नयाँ उचाइमा पुगिसकेको अवस्थामा क्रेडिट सुइस, हुरुन रिच लिस्ट र फोब्र्सआदिले हरेक वर्ष सार्वजनिक गर्ने तथ्यांक कतिको भरपर्दो छ भन्ने प्रश्न उठ्ने गरेको छ ।

जसमा धनीहरूको संख्या र तिनीहरूको सम्पत्ति दिइएको हुन्छ । आफ्नो लोकप्रिय पुस्तक ‘पुटिंग पिपुल’मा क्याथरिन बेल्टन भन्छिन् कि कुनै समय सात वा आठ धनी व्यक्तिले रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग आधा नियन्त्रण गर्थे ।

देशको शासक वरिपरि यस्तो सीमित घेराको प्रभुत्व एकदमै दुर्लभ हुन्छ । भारतमा दुई जनालाई ‘ए’ नामले सम्बोधन गर्ने चर्चा बढेको छ । तिनीहरूको सम्पत्ति ९० बिलियन डलरको नजिक रहेको अनुमान गरिएको छ ।

त्यो हिस्सा कुनै पनि रूसी धनीहरूको भन्दा धेरै गुणा बढी छ । जेलमा पर्नुअघि मिखाइल खोडोरकोभस्कीको सम्पत्ति १५ अर्ब डलर मात्र थियो । आज सबैभन्दा धनी रुसीको सम्पत्ति ३० अर्ब डलर रहेको बताइन्छ ।

तैपनि, कुनै एकले पनि दुई ‘ए’ को प्रकारको नियन्त्रण र सर्वोच्चताको दाबी गर्दैन । जुन एक पटक रूसी कुलीनहरूले गरेका थिए । खासमा तिनीहरूको देशमा कसले शासन गर्ने भन्ने निर्णय गर्थे ।

भारतमा कुल १ सय ४० जनाभन्दा बढी अर्बपति छन् । त्यो संख्या रूसको भन्दा अलिक बढी हो । क्रेडिट सुइसका अनुसार, २०१९ मा भारतका करोडपतिका साथमा ७ (लाख) लाख डलर बराबरको सम्पत्ति थियो । अर्थात् ७ करोड ५० लाख डलर वा सोभन्दा बढी सम्पत्ति थियो ।

यो रुसको तुलनामा करिब साढे दुई गुणा बढी थियो । भारत निजी उद्यमको लामो इतिहास भएको तथा धेरै ठूलो अर्थतन्त्र भएको देशका रुपमा परिचित छ ।

भारत संसारका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा १४औं स्थानमा छ । जुन विश्वको छैटौं ठूलो अर्थतन्त्रलाई हेर्दा अव्यावहारिक पनि छैन । तर देशमा पैतृक सम्पत्तिमाथि कुनै कर नलाग्ने भएकाले पुष्टिको लागि आधिकारिक तथ्यांक भने उपलब्ध हुन सक्दैन ।

देशको तथ्यांक आयसँग सम्बन्धित हुन्छ । सन् २०१९ मा करिब ३ लाख १६ हजार व्यक्तिले ७० हजार डलर (अर्थात करिब ५० लाख भारु ) भन्दा बढीको आम्दानी घोषणा गरी ट्याक्स रिटर्न फाइल गरेका थिए ।

यस्तो अवस्थामा सम्पत्ति र आम्दानीको तथ्यांकमा स्पष्ट मेल नखाने देखिएको छ । यसबाट स्पष्ट हुन्छ कि ठूलो मात्रामा आयकर छली भइरहेको छ । अझै पनि ठूलो मात्रामा कर छली हुनु आफैमा कानूनी राज्यको उपहास भन्दा अरु केही हुनै सक्दैन । वा आयको विवरण पनि विश्वसनीय नदेखिएको बताइन्छ ।

त्यसबाहेक, पुँजीगत लाभकर नियमहरूले पनि मुद्रास्फीतिविरुद्ध सेट–अफको अनुमति दिन्छ । त्यो कर उद्देश्यका लागि खुलासा गरिएको आय वास्तविक कमाईको अंश मात्र हुन सक्छ ।

क्रेडिट सुइस र हुरुनले जस्तै तिनीहरूलाई एकीकृत गर्नुको सट्टा भौतिक र वित्तीय सम्पत्ति अलग–अलग मूल्यांकन गरेमा तथ्यांक अझ स्पष्ट हुन सक्छन् ।

सामान्यतया, रियल इस्टेट क्षेत्रले कुल सम्पत्तिको आधा हिस्सा ओगट्छ । धनी वर्गको पनि तल्लो वर्गमा पर्नेको हकमा यो ७५ प्रतिशतसम्म जान सक्छ ।

सम्पत्तिको सही गणना गर्नका लागि प्राथमिक निवासहरूको मूल्य (जसले आय उत्पन्न गर्दैन र तत्काल व्यावसायिक मूल्य हुँदैन) पनि समावेश गर्नुपर्छ ।

प्राथमिक रुपमा बसोबास बाहेक घरजग्गा कुल सम्पत्तिको एक ठूलो हिस्सा हो भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । यसले करोडपतिहरूको संख्यामा उल्लेखनीय रूपमा कमी ल्याउनेछ र यो संख्या ठूलो जस्तो देखिँदैन ।

घरजग्गाको हिस्सा कति ठूलो छ ? यो अर्को वास्तविक जिज्ञासा हो । यसका बारेमा कुनै स्पष्ट केन्द्रीय तथ्यांक छैन । तर यस व्यवसायमा संलग्न कम्पनीहरु विवरणको वस्तुगत मूल्यांकन हुन सकेको छैन ।

प्रत्येक वर्ष ३ हजार भन्दा बढी आवासीय सम्पत्ति खरिद बिक्री हुने गरेको देखाउँछ । जुन निजी स्वामित्वमा रहेको पाँच करोड वा माथिको मूल्य हो । यदि कसैले एकाइ मूल्यको लागि सीमा घटाउँछ भने, लेनदेन तथ्यांक वस्तुगत हुन सक्दैन ।

करोडपतिहरूको विवरण उल्लेख गरिएको गरिएको संख्याको सन्दर्भमा निश्चित रूपमा कम हुनेछ । यसले देखाउँछ कि डलर–करोडपतिहरूको सूची तयार गर्दा, धेरै सावधानीपूर्वक मूल्यांकन गर्नुपर्छ ।

खर्चको सन्दर्भमा अर्को कारक उच्च मूल्यको अटोमोबाइलको बिक्रीसँग सम्बन्धित छ । शीर्ष तीन जर्मन लक्जरी कार निर्माताहरूको बिक्री २०१७ मा ३२ हजार ५०० बराबर पुगेको थियो । त्यसपछि त्यो संख्यामा लगातार गिरावट आएको छ । त्यसयता क्रमशः घट्दै गएको छ । सन् २०२१ म त्यो संख्या मात्रै २२ हजार ५०० मा सिमित भयो ।

आंशिक रूपमा कोरोना कहर तथा चिप्सको अभावका कारण पनि हुन सक्छ । त्यसमा ज्यागुअर र लेक्ससजस्ता जापानी मोडलको बिक्री थप्दा कुल संख्या ४० हजार माथि जाने सम्भावना देखिदैन । यो तथ्यांकबाट पनि डलर–करोडपतिहरूको संख्या र उनीहरुको अवस्थाका बारेमा मेल खाँदैन ।

निःसन्देह, सबै धनीहरू यी सबै सर्कलहरूबाहिर हुनेछन् ? आमरुपमा त्यस्तो हुँदैन । धेरै सरल जीवनशैलीका करोडपति हुन्छन् ? त्यस्तो हुने सम्भावना पनि छैन ।

उदाहरणका लागि भारतको विधानसभा र लोकसभामा निर्वाचित प्रतिनिधिको ठूलो अनुपात हालको सम्पत्ति मूल्यहरूका आधारमा डलर– करोडपति जस्ता लाग्छन् । तर प्रश्न अझै उठ्छ, सबै करोडपतिहरू कहाँ हराए ? वा कहाँ गए ? यसबाट कही न कतै ठूलो कर छली वा सम्पत्ति लुकाइएको छ भन्ने स्पष्ट देखिन जान्छ ।


क्लिकमान्डु