बुधबारदेखि २३औं फ्लोरा एक्सो हुँदै



काठमाडौं । आगामी बुधबारदेखि ललितपुरको जावलाखेल मैदानमा २३औं फ्लोरा एक्स्पो हुने भएको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना उक्त एक्स्पो सुरू हुन लागेको हो।

एक्स्पोमा पुष्प बिकास केन्द्र, बाग्मती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागको आर्थिक सहयोग रहेको छ।

मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ मेला चारदिनसम्म चल्ने एसोसिएसनका बरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिव बहादुर खड्काले जानकारी दिए।

मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउ पुर्याउने एसोसिएसनले विश्वास लिएको छ।

एक्स्पोमा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायीक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने छन्।

एक्स्पोमा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ।

मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने एसोसिएसनले बताएको छ।

एसोसिएसनकाअनुसार १० उत्कृष्ट मौसमी फूल, २० उत्कृष्ट आलंकारिक बिरुवा, ३० उत्कृष्ट फूल्ने बिरुवा, ४० उत्कृष्ट पुष्प सजावट, ५० उत्कृष्ट स्टल, ६० उत्कृष्ट कट फ्लावर (गुलाब), ७० उत्कृष्ट कट फ्लावर (कार्नेशन), ८० उत्कृष्ट कट फ्लावर (जरबेरा) गरी आठ विधामा प्रतिष्पर्धा हुनेछ।

साथै यसवर्ष लामो समयदेखि निरन्तररुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुयाएको पुष्प नर्सरीको छनौट गरी उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने भएको छ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको लागि एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास छ।

पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ।

अर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुनेछ।

यी प्रबिधिहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पूर्ण व्यवसायीक कृषिका लागि समेत अतिनै उपयोगी हुने भएकोले कृषिसँग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुलाई समेत मेलारप्रदर्शनी अत्यन्त उपयोगी हुने विश्वास लिइएको छ ।

गत बर्षमा भएको फ्लोरा एक्स्पोहरुको आधारमा तथा कोभिड महामारीका कारण पुष्पको बजार खस्केको अवस्थालाई मध्यनजर गर्दा यस वर्ष एक्स्पोको अवधिभित्र ४५ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यावसायीक कारोबार हुने अपेक्षा गरिएको छ।

कोरोना शुरु हुनुभन्दा अघिको सामान्य अवस्थामा आव ०७५/७६ मा २ अर्व ४२ करोड भन्दा बढीको वार्षिक कारोबार भएको थियो ।

साथै, आव २०७६/७७ मा ३ अर्ब रुपैयाँभन्दाबढीको कारोबार हुने प्रक्षेपण रहेकोमा कोभिड-१९ को महामारीका कारण २ अर्ब १५ करोड रुपैयाँमा कारोबार सीमित भएको थियो।

आव २०७७/७८ मा वर्षे भरी कोभिड-१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यावसायिक कारोबारमा भने कमी आई १ अर्व ६३ करोडको मात्र कारोबार भएको व्याहोरा एसोसिएसनले बताएको छ।

फ्लोरिकल्चर एशोसिएसनले विसं २०५१ सालबाट पुष्प प्रदर्शनी तथा व्यापार मेला संचालन गर्दै आएको छ ।


क्लिकमान्डु