बिना धितो सस्तो ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले दिए साढे १ खर्ब कर्जा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वित्तीय संस्थाले बिना धितो सस्तो ब्याजदरमा साढे १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा ५१ वटा बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तसम्म १ लाख ४ हजार बढी ऋणीमा प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार सरकारी अनुदानमा गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले करिब ५ वर्षअघिदेखि न्यूनतम १ प्रतिशतदेखि ७ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपुर्ण कर्जा प्रवाह गरिरहेका छन् ।

सहुलियतपूर्ण कर्जा अन्तर्गतका विभिन्न १० वटा शीर्षकमा गत असार मसान्तसम्म २७ वाणिज्य बैंक, १४ वटा विकास बैंक, १० वटा वित्त कम्पनी र २ वटा लघुवित्त कम्पनीले सस्तो ब्याजदरमा बिना धितो कर्जा प्रवाह गरका हुन् ।

यस्तो कर्जा प्रकारको कर्जा गत असार मसान्तसम्म २७ वाणिज्य बैंकले ८९ हजार ५७९ जनालाई १ खर्ब ४१ अर्ब ११ करोड ९४ लाख रुपैयाँ प्रवाह गरेका छन् । सो अवधिमा १४ विकास बैंकले १३ हाजार ३६१ जनालाई १८ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ, १० वटा वित्त कम्पनीहरुले १ हजार ६१ ऋणीलाई १ अर्ब ७० करोड रुपैयाँ बढी र २ वटा लघुवित्त संस्थाहरुले १०८ जना ऋणीलाई ९ करोड ७४ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।

अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा कार्यविधि निर्माण गरी करिब ४ वर्षयता राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेका छन् । सरकारी ब्याज अनुदानमा विभिन्न १० वटा शीर्षकमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका हुन् ।

संस्थाले सहुलियत कर्जा ऋणीको व्यवसायीक परियोजना मूल्यांकन गरी धितो तथा धितोरहित प्रवाह गर्नुपर्ने प्रवधान छ । बैंक तथा वित्तीय संस्थाले यस्तो सहुलियतका कर्जा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ ।

ब्याज अनुदानमा व्यवसायीक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यामशीलता, दलित समूदाय व्यवसाय विकास, उच्च प्रविधिक शिक्षा, भुकम्प पीडितको निजी आवास निर्माण, कपडा उद्योग र सिटिइभिटी तालिमका लागि दिइने कर्जा हुन् ।

यस्ता कर्जा १० लाख रुपैयाँभन्दा माथि धितोमा प्रवाह गर्नुपर्ने छ भने आवश्यकता अनुसार सोभन्दा तल पनि बैंकहरुले धितो लिएर कर्जा प्रवाह गर्न पाउने प्रवधान गरिएको छ ।

वाणिज्य बैंकहरुको सहुलियत कर्जा
सो अवधिमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने २७ वाणिज्य बैंकमा ९७ करोड रुपैयाँदेखि पौने १९ अर्ब रुपैयाँसम्म कर्जा गरेको छन् ।
जसमध्ये ३ वटा बैंकले १० अर्ब रुपैयाँमाथि, ६ वटा बैंकले ५ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म, १७ वटा बैंकले ५ अर्ब रुपैयाँभन्दा कम सस्तो ब्याजदरमा बिना धितो कर्जा प्रवाह गरेका हुन् ।

जसमा सबैभन्दा बढी कृषि विकास बैंक र सबैभन्दा थोरै स्ट्याण्र्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेको छ ।

विकास बैंकहरुद्वारा प्रवाहित सहुलियत कर्जा
हाल सञ्चालनमा १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये गत आवको असार मसान्तसम्म १४ वटाले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरेका छन् । जसमा १ करोड रुपैयाँदेखि साढे ३ अर्ब रुपैयाँसम्म बिना धितो सहुलियत ब्याजदरमा विकास बैकहरुले कर्जा प्रवाह गरेका छन् ।

सहलियत कर्जा प्रवाह गर्ने विकास बैंकहरुमा ५ वाट बैंकले १ अर्बदेखि माथि र ८ वटाले १ अर्ब रुपैयाँभन्दा कम करिब साढे २ करोड रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै साल्पा विकास बैंकले कर्जा प्रवाह गरेका हुन् ।

वित्त कम्पनी र लघुवित्तको सहुलियत कर्जा
गत आवको असार मसान्तसम्म १० वटा वित्त कम्पनी र २ वटा लघुवित्तले सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

जसमा वित्त कम्पनीहरुले ३ लाख रुपैयाँदेखि ५२ करोड ३३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन् । सहुलियत कर्जा प्रवाह गर्ने वित्त कम्पनीहरुमा ५ वटा कम्पनीले १५ करोड रुपैयाँमाथि ५२ करोड ३३ लाख रुपैयाँ बढीसम्म र ५ वटाले ३ लाख रुपैयाँदेखि ६ करोड २६ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सले र सबैभन्दा थोरै सेन्ट्रल फाइनान्सले सहुलियत कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सो अवधिमा इन्फिटी लघुवित्त वित्तीय संस्थाले १०३ जनालाई ९ करोड २५ लाख रुपैयाँ र मेरो माइक्रोफाइनान्सले ५ जानलाई ५० लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु