जीवन बीमा कम्पनीले कर्जाबाटै कमाए पौने ४ अर्ब, ६ कम्पनीको घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कर्जा लगानीबाटै पौने ४ अर्ब रुपैयाँबढी आम्दानी गरेका छन् ।
गत आर्थिक वर्षमा कम्पनीहरुले बीमक, कर्मचारी र अभिकर्तामा कर्जा लगानी गरी ३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशत अर्थात् ३० करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीहरुले यस्तो लगानीबाट ३ अर्ब ५२ करोड १२ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसअनुसार सो अवधिमा लगानी, कर्जा तथा अन्यको आम्दानी कम्पनीहरुले ६ करोड रुपैयाँदेखि ७० करोड रुपैयाँसम्म गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये कर्जा लगानीबाट ७ वटा कम्पनीले २० करोड रुपैयाँमाथि, ९ वटा कम्पनीले १० करोड रुपैयाँमाथि २० करोड रुपैयाँसम्म र बाँकी ३ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा कम आम्दानी गरेका छन् ।
गत आवमा कर्जा लगानी गरी सबैभन्दा बढी नेपाल लाइफले र सबैभन्दा कम रिलायवल लाइफले आम्दानी गरेका छन् ।
बीमा क्षेत्रमा के हो कर्जा लगानी ?
बीमा कम्पनीमात्र नभई जुनसुकै कम्पनीले आफ्नो आम्दानी बढाउने उद्देश्य हुन्छ । आम्दानी बढाउन जीवन र निर्जीवन बीमा कम्पनीहरुले पनि धेरै क्षेत्रमा लगानी र कर्जा प्रवाह गरेका हुन्छन् ।
कम्पनीले आफ्ना पोलिसी अथवा बीमालेखलाई धितो राखी बीमितलाई कर्जा प्रवाह गर्ने गर्दछ । यसका साथै कम्पनीले आफ्ना अभिकर्तालाई पनि कर्जा (एजेन्सी लोन) दिने गर्दछन् । कर्जा दिए वापत बीमा कम्पनीले ब्याज आम्दानी गर्छन् । यसरी विभिन्न माध्यमबाट आयस्रोत उत्पादन गरी बीमा कम्पनीले आफ्नो व्यवसाय बढाउने गर्दछन् ।
नेपालमा रहेका बीमा कम्पनीहरुको बीमा समिति एक नियमनकारी निकाय हो । त्यसैले नै जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी बढाउन बीमा समितिले तोकेअनुसार विभिन्न क्षेत्रमा लगानी गर्ने गर्दछ ।
कर्जा लगानीबाट बीमा कम्पनीहरुको आम्दानी
प्रभु लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट २० करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९९.३० प्रतिशत अर्थात् १० करोड १७ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीले कर्जा लगानीबाट १० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सूर्या लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट २३ करोड ८५ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५७.७७ प्रतिशत अर्थात् ८ करोड ७३ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गुराँस लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३४.१४ प्रतिशत अर्थात् ३ करोड ५६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १० करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
एशियन लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट २५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.८२ प्रतिशत अर्थात् ५ करोड ६१ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
युनियन लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २६.७८ प्रतिशत अर्थात् २ करोड ९७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन: गत आवमा कम्पनीको कर्जा लगानी वापतको आम्दानी अघिल्लो आवको तुुलनामा २२.४५ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा यस्तो लगानीबाट २३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन गत आवमा ५ करोड ३० लाख रुपैयाँले बढाएर २८ करोड ९२ लाख रुपैयाँ पुर्याएको हो ।
महालक्ष्मी लाइफ: गत आवमा कम्पनीको कर्जा लगानी वापतको आम्दानी अघिल्लो आवको तुुलनामा १६.०५ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा कर्जा लगानीबाट १० करोड ८३ लाख रुपैयाँ आम्दनी गरेको थियो । जुन गत आवमा १ करोड ७३ लाख रुपैयाँले बढाएर १२ करोड ५६ लाख रुपैयाँ पुर्याएको हो ।
सिटिजन लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १८ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४० प्रतिशत अर्थात् २ करोड २७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
रिलायन्स लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३२ प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
प्राइम लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट २६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.११ प्रतिशत अर्थात् १ करोड ९६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
राष्ट्रिय बीमा संस्थान: गत आवमा कम्पनीले कर्जा लगानीबाट ७ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.०५ प्रतिशत अर्थात् ३८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
ज्योति लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६६ प्रतिशत अर्थात् ६६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नेशनल लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट ३३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.९६ प्रतिशत अर्थात् १ करोड २९ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीले ३२ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
६ वटा कम्पनीको आम्दानी घट्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ६ वटा जीवन बीमा कम्पनीले कर्जा लगानी आम्दानी घटाएका छन् । सो अवधिमा यी कम्पनीहरुको १.६९ प्रतिशतदेखि ५८.८२ प्रतिशतसम्म कार्जा लगानी वापतको आम्दानी घटेको छ ।
अघिल्लो आवको तुलनामा यस्तो आम्दानी कम्पनीहरुको २१ लाख रुपैयाँदेखि ९ करोड ४२ लाख रुपैयाँसम्मले घटेको छ । जसमा सबैभन्दा बढी रिलायवल लाइफको र सबैभन्दा थोरै आइएमई लाईफ इन्स्योरेन्सको कर्जा लगानी आम्दानी घटेको हो ।
आईएमई लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १२ करोड ५७ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.६९ प्रतिशत अर्थात् २१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नेपाल लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट ७० करोड ९२ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.३८ प्रतिशत अर्थात् २ करोड ४७ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले ७३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
मेटलाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट १९ करोड ८७ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशत अर्थात् १ करोड १५ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले २१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन नेपाल लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट ११ करोड ४६ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.९० प्रतिशत अर्थात् ९८ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सानिमा लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट ८ करोड ४८ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.२९ प्रतिशत अर्थात् १ करोड ४१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
रिलायवल नेपाल लाइफ: गत आवमा कम्पनीले कर्जा लगानीबाट ६ करोड ५९ लाख रुपैयाँ आम्दनी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५८.८२ प्रतिशत अर्थात् ९ करोड ४१ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीले १६ करोड एक लाख रुपैयाँ आम्दानी गरेको थियो ।