निषेधाज्ञाले ह्वात्तै घट्यो घरजग्गा कारोबार
काठमाडौं । निषेधाज्ञाले गर्दा घरजग्गा कारोबार ह्वात्तै घटेको छ । सरकारले दोस्रो लहरको कोरोनाले संक्रमण बढ्दै गएपछि गत १६ गतेबाट निषेधाज्ञा लागू गरेसँगै घरजग्गा कारोबार घटेको हो ।
चालु आर्थिक वर्ष २०७७÷७८ को चैत महिनामा हाल सम्मकै उच्च घरजग्गा कारोबार गरेर नर्याँ कायम गरेको थियो । तर, वैशाखमा भने सो कारोबार ह्वात्तै घटेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँदछ ।
गत वर्षको लकडाउन र निषेधाज्ञाको समयमा अन्य व्यवसायीमा असर परे पनि घरजग्गा कारोबार भने दैनिकरुपमा बढ्दै गएको थियो । साथै, उक्त समयमा घरजग्गा कारोबार सामान्य अवस्थाको तुलनामा भन्दा बढी कारोबार भई नयाँ रेकर्ड कायम गर्दै थियो ।
अहिले कोरोनाको तीव्ररुपमा बढ्दै गएपछि सरकारले लागू गरेको निषेधाज्ञाले विगतको दिनमा कारोबारमा रेकर्ड कायम गर्दै आएको घरजग्गा कारोबारमा बे्रक लागेको छ । विभागले गत चैत महिनामा २ लाख ५६ हजार ७ सय ५० सेवा प्रवाह गरेको थियो । तर, निषेधाज्ञाले बैशाख महिनामा विभागले आफ्नो सेवा प्रवाहलाई निरन्तर दिन नपाउँदा १ लाख १५ हजार ९ सय २४ सेवा प्रवाह भएको छ ।
देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी उक्त कारोबार भएको विभागको जनाएको छ ।
देशभर १ सय २६ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये १ सय ८ कार्यालयमा मात्रै अनलाईन प्रणाली सञ्चालनमा रहेका छन् । त्यस्तै, अनलाईन प्रणाली लागू नभएका बाँकी १८ वटा कार्यालयहरूको कारोवार यसमा समावेश गरिएको छैन । तर, उक्त १८ वटा कार्यालयमा पनि अनलाईन प्रणाली चालु आवको अन्तिमसम्ममा सञ्चालनमा ल्याइसक्ने विभागले जनाएको छ ।
४३ हजार मात्रै घरजग्गा किनबेच
गत चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ८७ हजार १ सय ८७ घरजग्गाको किनबेच भएको थियो । वैशाखमा भने निषेधाज्ञाले ४३ हजार ३ सय ९० घरजग्गाको मात्रै किनबेच भएको छ । जसमा बैशाख महिनामा ४३ हजार घरजग्गाको किनबेचच हुँदा २ हजार ४ सय १८ नामसारी, २ हजार ८ सय ७७ संशोधन, ३८ हजार ३ सय ७७ रोक्का र २० हजार ४ सय ९९ फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।
यस्तै विभागको तथ्याङ्क अनुसार बैशाख महिनामा मात्रै २० वटा अपार्टमेन्टको लिखित पारित, १ सय ३० जग्गा दर्ता, ९ हजार ९९ दाखिला खारेज गरेको छ ।
विगतको दिनमा सबैभन्दा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा–सुनसरीले सबैभन्दा बढी घरजग्गाको किनबेच गर्दै आएकोमा वैशाखमा भने मालपोत कार्यालयल बेलवारी मोरङले बढी किनबेच गरेको छ । जसमा बैशाख महिनामा सो मालपोत कार्यलयबाट १९ सय ९३ घरजग्गाको किनबेच भएको विभागको तथ्याङ्कले देखाउँदछ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले १६ सय ८०, इनरुवा सुनसरीले १७ सय ३९, कलैया बाराले १२ सय १९ घरजग्गाको किनबेच भएको छ ।
उपत्यकामा करिब ६ हजार घरजग्गा किनबेच
गत चैत महिनामा उपत्यकामा १२ हजार २ सय ८७ घरजग्गाको किनबेच भएकोमा बैशाख महिनामा करिब ६ हजार मात्रै किनबेच भएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार निषेधाज्ञाले बैशाख महिनामा ५ हजार ९ सय ८८ वटा घरजग्गाको कारोबार भएको छ । जसमा मालपोत कार्यालय भक्तपुरबाट १४ सय २१ घरजग्गाको लिखित पारित भएको छ । त्यसैगरी लगनखेलबाट १३ सय ७१, कलंकीबाट १ हजार ३५, चावहिलबाट ६ सय ८३, साँखुबाट ७ सय ३३, मनमैजुबाट ४ सय ८०, डिल्लिबजारबाट २ सय ६५ र टोखाबाट २ सय ४९ घरजग्गाको किनबेच भएको छ ।
घरजग्गा कारोबार गर्नेमा भद्रपुर झापा अगाडि
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घरजग्गा कारोबारमा तथा सेवा प्रवाहमा सँधै अगाडि इनरुवा मालपोत कार्यालयलाई उछिन्नेर बैशाख महिनामा सबैभन्दा बढी भद्रपुर झापाले कारोबार गरेको छ । चालु आवको बैशाख महिनामा भूमि सुधार तथा मालपोत कार्यालयले भद्रपुरले ४ हजार ८ सय ७८ घरजग्गाको सेवा प्रवाह गरेको गरेको छ । कार्यालयले बैशाखमा १६ सय ८० लिखित पारित, १ सय २९ घरजग्गाको नामसारी, १४ सय ९१ को रोक्का र ११ सय ४२ घरजग्गाको फुकुवा गरेको छ । त्यसैगरी, बेलबारी मोरङले ४ हजार ४ सय ८३ को सेवा प्रवाह गरेकोमा १९ सय ९३ लिखित पारित, ६३ संशोधन, १३ सय २६ रोक्का र ९ सय ४३ फुकुवा गरेको छ ।
साथै, अन्य मालपोत कार्यालयमा इनरुवाले ३ हजार ८ सय ९४ सेवा प्रवाह गर्दा १७ सय ३९ घरजग्गाको लिखित पारित भएको छ भने ६३ जनाले नामसारी गरेको छ । साथै, उक्त मालपोत कार्यालयबाट ११ सय १८ को रोक्का र ७ सय ९ को फुकुवा गरेको छ । त्यस्तै, लगनखेल, भक्तपुर, कलैया बारा, काभ्रपलाञ्चोकलगायतका जिल्लाहरू रहेको छ ।
यस्तै, उपत्यकामा अधिकतम कारोबार गरेकोमा लगनखेल, भक्तपुर, कलंकीलगायत अन्य मालपोत कार्यालय रहेको छ ।
४ अर्बबढी राजश्व संकलन
विभागको तथ्याङ्क अनुसार देशभरका मालपोत कार्यालयबाट ४ अर्ब २९ करोड ६५ लाख २३ हजार राजश्व संकलन गरेको छ ।
विभागले देशभरका भूमि सुधार तथा मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरेवापत सो राजश्व गरेको हो ।
जसमा सेवाकर वापत २३ करोड ४८ लाख ४२ हजार, बागमतिबाट १३ करोड ९३ लाख ३७ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ४२ करोड ६३ लाख, छुटबाट ३४ करोड ८४ लाख ३३ हजार, पूजीँगत लाभ करबाट १ अर्ब १० करोड १९ लाख ८४ हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट २ करोड ७७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।
राजश्व संकलनमा डिल्लीबजार अगाडि
देशभरका मालपोत कार्यालयबाट ४ अर्ब बढी राजश्व संकलन गर्दा सबैभन्दा बढी राजश्व संकलन मालपोत कार्यालय डिल्लीबजारले मात्रै ३८ करोड ६२ लाख रुपैयाँ राजश्व सकंलन गरेको छ । त्यसैगरी मालपोत कार्यलय लगनखेलबाट ३८ करोड ३० लाख, कलंकीबाट २६ करोड ७६ लाख, भक्तपुरबाट २४ करोड ४३ लाख र चावहिल मालपोत कार्यलयबाट १० करोड ३४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै उपत्यकाबाहिरमा सबैभन्दा बढी राजश्व संकलन गर्नेमा काभ्रेपलाञ्चोक, चितवन, कास्की, रुपन्देही, बुटवललगायतका अन्य जिल्ल्ला रहेको छ ।