सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन
काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । निमन्त्रणा प्रधानमन्त्रीका तर्फबाट आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगड थिए । पाहुना थिए, देशका विशिष्ठ व्यवसायीहरु ।
१०० भन्दा बढी वर्षदेखि व्यवसायमा साम्राज्य स्थापना गरेका मारबाडी समूदायलाई खुसी बनाउनका लागि ‘मारबाडी भोज’को आयोजना गरिएको थियो । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।
कार्यक्रम अवधिभर विभिन्न व्यवसायिक संघ-संस्थाका नेतृत्वकर्ताहरुले देशको अर्थतन्त्र, वर्तमान अवस्था र समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्रीले व्यवसायीहरुलाई सम्बोधन गर्दै आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रमको अन्त्यसम्म पार्टी प्रवेशको कार्यक्रम राखिएको थियो ।
लामो समय कांग्रेस भएर व्यापारिक लाभ लिएका र यसअघि २ पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा हारेका व्यवसायी किशोर प्रधानको नेतृत्वमा २३५ जना व्यवसायीहरुलाई ओलीले एमाले पार्टी प्रवेश गराए ।
राजनीतिमा व्यवसायी र नेताहरुको बीचमा सम्बन्ध बन्दै र भत्कँदै जानु कुनै नौलो कुरा होइन । निर्वाचनमा पैसाको बलमा टिकट किनेर सांसद् बन्नेहरुको संख्या नेपालमा नौलो होइन । यो हामीले विगतमा देखे भोगेका हौं भने आगामी दिनमा पनि यो दोहोरिने पक्का छ ।
नेपालमा पनि व्यवसायीहरु सत्ताको चरम दुरुपयोग गरेर अनुचित व्यावसायिक लाभ लिन मरिहत्ते नै गर्न थालेका छन् । राजनीतिक दलका नेताहरुले पनि व्यवसायीसँग अनुचित लाभ लिने र सत्तामा पुगेपछि त्यसको गुन तिर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । जसकारण नेपालमा आसेपासे पुँजीबाद अर्थात् क्रोनि क्यापिटलिज्म झाँगिदै गएको छ । जब जब कम्युनिष्टहरु सत्तामा पुग्छन् तब तब क्रोनि क्यापिटलिज्म मौलाउँछ ।
आसेपासे पुँजीबादका कारण सत्तासँग पहुँच नहुने गरीबहरु झन् झन् गरीब बन्दै गएका छन् भने सत्तासँग पहुँच हुने मुठ्ठीभर व्यवसायी र दलालहरु राज्यको स्रोत र साधनको चरम दुरुपयोग गरी रातारात अर्बपति बनिरहेका छन् । प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग नजिक भएर यति ग्रुप, ओम्नी ग्रुप लगायतका केही व्यवसायीहरुले राज्यको स्रोत र साधनमाथि नियन्त्रण गर्दै आएका छन् । क्रोनि क्यापिटलिज्मले जरा गाडीसकेके हाम्रो अर्थतन्त्रलाई यसबाट उम्किन ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।
व्यवसायीहरु सरकार र शक्तिमा भएकाहरुसँग नजिकिन चाहनु नराम्रो होइन । स्वभाविक नै हो । तर सत्ता, शक्ति र सरकार यदि व्यवसायीले चलाउन थाल्यो भने के अवस्था हुन्छ भन्ने कथा आज हामी तपाईंलाई भन्दैछौं ।
कथा हो, ३ जना भारतीय व्यवसायी र दक्षिण अफ्रिकी सरकारको ।
कथा यसरी शुरु हुन्छ ।
सन् २०१३ को अप्रिल महिनाको एक विहान । हल्का गर्मी थियो । स्थान थियो दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाको भीआइपी एक एयर बेस । जसलाई वाटरलुप भनिन्छ । जब कोही विदेशी राष्ट्राध्यक्ष दक्षिण अफ्रिका आउँछन् । उनीहरुको विमान त्यही अवतरण हुन्छ । जसलाई असाध्यै धेरै सुरक्षा प्रदान गरिन्छ ।
उक्त एयर बेसमा एकदिन एयरबस ए ३३०–२ विमान अवतरण भयो । त्यो भारतीय विमान थियो । उक्त विमानभित्र २१७ जना सवार थिए । सबैजना असाध्यै धनी थिए । एक से एक राम्रा कपडा, गहना लगाएर साजसज्जाले युक्त थिए । यी सबै मानिस एक विवाह कार्यक्रममा सहभागी हुन आएका थिए ।
उनीहरुको ४ दिने कार्यक्रम थियो । सबै पाहुनाको व्यवस्थापन सन सिटी लक्जरी रिसोर्टमा गरिएको थियो । उनीहरुलाई त्यहाँ लैजानका लागि एसयूभी सवारी तम्तयार थिए । यतिसम्म कि पाहुनाको कारको अगाडि स्थानीय प्रहरीको निलो बत्तिवाला सवारीले सुरक्षा दिइरहेको थियो । यी सबै पाहुना एक यस्तो परिवारका थिए, जो देशका राष्ट्रपतिलाई समेत आफनो खल्तीमा राख्ने क्षमता राख्थे । यो भारतीय मूलकि भिंगा गुप्ताको विवाह कार्यक्रम थियो ।
२० वर्षमा के हुनसक्छ ? उक्त सवालको जवाफ तपाईं दर्जनांै तरिकाले दिन सक्नुहुन्छ । तर जुन जवाफ हाम्रो साथमा छ, त्यो कोही अरु कसैले खोज्दा भेट्न सकिन्न ।
दुई दशक पहिलेसम्म भारतको उत्तर प्रदेशको एक सानो जिल्लाको सानो परिवारमा सीमित केही मानिसहरु अहिले दक्षिण अफ्रिकामा मजबूतमात्रै नभई सबैभन्दा शक्तिशाली परिवार बनेको छ ।
वर्ष १९९३ मा भारतमा एउटा चलचित्र आएको थियो । घर आया मेरा दोस्त । फिल्म आयो तर चलेन । यसै वर्ष ३ जना भारतीय पनि परदेशी भएका थिए । हामी कुरा गरिरहेका छौं, गुप्ता परिवारका अजय, अतुल र राजेश दाजुभाईको कथा ।
जसले दक्षिण अफ्रिका पुगेर एक साम्राज्य खडा गरेका छन् । मह बाहेक हरेक कुराको सकिने एक मिति हुन्छ । यतिबेला गुप्ता परिवारको शक्ति सकिने दिन आएको थियो ।
दक्षिण अफ्रिकाको बबण्डर, केन्द्रमा ३ भारतीय
दक्षिण अफ्रिाकाका राष्ट्रपति थिए ज्याकोब जुमा । उनी को हुन सबैलाई थाहा छ । उनले बाध्यतामा परेर राजीनामा दिनु पर्यो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लाग्यो । त्यसमा केन्द्रित थिए गुप्ता परिवार । अजय गुप्ता, अतुल गुप्ता, राजेश उर्फ टोनी गुप्ता ।
यो मामिला के हो । कति ठूलो हो, यो सबै जान्नका लागि तपाईंले गुप्ता परिवारको कथा सुन्नु पर्छ । उनको यात्राको विगत थाहा पाउनु पर्छ । ताकी उनको खास कुरा पत्ता लगाउन सकियोस् । यस कथाको नायक र खलनायक दुवै खास उनीहरु नै हुन् ।
ठेगानाः जिल्ला सहारनपुर
भारतको उत्तर प्रदेशमा एक जिल्ला छ, सहारनपुर । भारतको राजधानी दिल्लीबाट निस्केर हिमालयको नजिक जाँदा देहरादुनभन्दा पहिले आउँछ, सहारनपुर ।
त्यहाँ बस्थे शिवकुमार गुप्ता । त्यहाँ उनको सानोतिनो धन्दा थियो । खनिजको पाउडरबाट बनेको सोपस्टोन बिक्री गर्दथे । शिवकुमार गुप्ताका ३ छोरा थिए । अजय, अतुल र राजेश ।
बाबुको सहयोगका अलावा उनीहरुले दिल्लीमा एक कम्पनी पनि चलाएका थिए । जसको नाम थियो– एसकेजी मार्केटिङ । यस एसकेजी कम्पनीको बिस्तार गरे । त्यहीबाट शिवकुमार गुप्ता बने । उनले विदेशबाट मसला मगाउने गर्दथे । मडागास्कर जस्ता देशबाट मसला ल्याएर बिक्री गर्दथे । व्यापारको सिलसिलामा ३ भाई नै दिल्ली आउजाउ गरिरहन्थे ।
समयकालसँगै ३ भाई विदेशको यात्रा तय गरे । एकजना रुस, एकजना चीन र एकजना दक्षिण अफ्रिका पुगे ।
त्यो बेलामा भारतीयहरु अमेरिका र क्यानडा जान्थे । रुस र चीनमा पनि राम्रै आउजाउ हुन्थ्यो । तर शिवकुमार गुप्ताले भने आफ्ना छोराहरुलाई दक्षिण अफ्रिका जान भनिरहन्थे । उनलाई दक्षिण अफ्रिकामा अब धेरै सम्भावना छ भन्ने लाग्थ्यो ।
सन् १९९४ः जब दक्षिण अफ्रिकामा पात्र बदलियो
त्यो बेलामा दक्षिण अफ्रिाकामा सम्भावना बढ्दै थियो । लामो संघर्ष पछि देशमा रंगभेदी आन्दोलनबाट अश्वेतले उनीहरुको अधिकार पाएका थिए । खासमा उनीहरु समान भएका थिए ।
अर्थात् गुप्ता परिवार त्यहाँ जानु र दक्षिण अफ्रिाका परिवर्तन आउनुको उमेर करिब करिब बराबर नै थियो । दुबैको हामी उमेर सम्झौ । अर्थात् १९९४ मा दक्षिण अफ्रिकामा पहिलो लोकतान्त्रिक निर्वाचन भयो । तारिख थियो, २७ अप्रिल ।
उक्त चुनावले दक्षिण अफ्रिकाको इतिहास नै बदलिदियो । पहिलो पटक हरेक नश्ल, हरेक रंगका नागरिक एक साथ मिलेर आफनो सरकार छान्दै थिए । १९ राजनीतिक पार्टीले चुनावमा सहभागिता जनाएका थिए । करिब २ करोड २० लाखले मतदान गरे ।
अफ्रिकन नेशनल कङ्ग्रेसः नाम नोट गर्नुस्
सबैभन्दा बढी भोट पाएर जुन पार्टीले जीत निकाल्यो अफ्रिकन नेशनल कङ्ग्रेसले । कंग्रेसले ६२.६५ प्रतिशत मत पाएको थियो । सो पार्टीका नेता थिए, नेल्सन मण्डेला । अश्वेत आन्दोलनका नायक मण्डेला । महात्मा गान्धीका खास चेला ।
मण्डेला दक्षिण अफ्रिकामा पहिलो राष्ट्रपति बने । जुन देशमा गान्धीलाई गान्धी बनाउने शुरुवात गरिएको थियो ।
दक्षिण अफ्रिकामा जब लोकतन्त्र आयो र विकासको काम शुरु हुन थाल्यो । तब माइलो भाई अतुल गुप्ताले पनि त्यहाँ पुगेर व्यापार गर्न थाले र व्यापारका सिलसिलामा राजनीतिक नेता तथा सरकारसँग पनि नजिक हुन थाले । माइलो भाइको बढ्दो प्रगति देखेर उनलाई साथ दिनका लागि दाई र भाई रुस र चीनबाट दक्षिण अफ्रिका पुगे ।
माइलो भाई अतुल शुरुवाती समयमा एक जुत्ताको पसल शुरु गरेका थिए । त्यसपछि उनले एक कम्पनी शुरु गरे । त्यसपछि सारहा कम्प्युटरको काम शुरु गरे । जुन कम्पनीले विदेशबाट सस्तो मूल्यमा कम्प्युटरका पार्टपुर्जा ल्याउँथे र कम्प्युटर तयार पारेर बिक्री गर्थे । अतुलको काम चल्यो ।
त्यतिबेला रुस र चीनमा रहेका अयज र राजेशको खास काम भएको थिएन । यस्तैमा एक दिन उनीहरु पनि दक्षिण अफ्रिका आए । सो समयसम्म अतुल पहिचान निकै बढेको थियो ।
ठूल्ठूला सरकारी अधिकारी, नेतासँग उनको राम्रै उठबस थियो । सबैभन्दा नजिकको सम्बन्ध एएनसीको साथमा नै थियो । हो, त्यही हो नेल्सन मण्डेलावाला पार्टीबाट दक्षिण अफ्रिाकाको उपराष्ट्रपति थिए थे थावो मबेकी । थाबो र अतुलको असाध्यै नजिकको स्म्बन्ध बनेको थियो । राम्रो दोस्ती भएको थियो ।
वीरबलको होइन राजनीति र व्यापारको खिचडी
आम मानिस भन्छन् कि तपाईं हिन्दुस्तान छाडिदिनुस् । तर, तपाईंलाई हिन्दुस्तानले छाड्दैन । तपाईं गुप्ता परिवारको यो कथा पढ्ने समयमा यो कुरा लगातार महसुस गर्नुहुन्छ । हाम्रो फिल्ममा पनि यस्तै देखाउन खोजिन्छ । कुनै नेता तथा व्यापारी पर्दा पछाडि साल्सा गरिरहेका हुन्छन् । गुप्ता दाजुभाईले पनि यही सूत्र प्रयोग गरे ।
उनीहरुले सोही सूत्र प्रयोग गरेर एएनसीमा राम्रो पहिचान बनाए । बाँकी अन्य पार्टीसँग पनि उनीहरुको सम्बन्ध राम्रो थियो । व्यापारीहरु यस्तै गर्छन् । आज एउटा छ, भोलि अर्को हुन्छ । यही कुरालाई ध्यानमा राखेर सबैसँग राम्रो सम्बन्ध बनाएर उनीहरु अगाडि बढ्छन् ।
तर, गुप्ता दाजुभाईले भने नजिकको सम्बन्ध ज्याकोव जुमासँग बनाए । जुमा लगातार ९ वर्ष राष्ट्रपति भए । यही कुरा नै गुप्ता दाजुभाईका लागि सबैभन्दा राम्रो सावित भयो ।
जब ज्याकोव राष्ट्रपति बने
१९९९ को जुनमा नेल्सन मण्डेला सत्ताबाट बाहिर गए । उनको स्थानमा राष्ट्रपति बने थाबो मबेकी । तारिख थियो १६ जुन, १९९९ । उपराष्ट्रपति बने ज्याकोव जुमा । उनी सन् १९९९ देखि २००५ सम्म उपराष्ट्रपति भए ।
२००५ मा थाबोले ज्याकोबलाई वर्खास्त गरिदिए । उनीमाथि भ्रष्टाचारको आरोप लाग्यो । ज्याकोबका सहयोगीलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको थियो । तर, ज्याकोवको भाग्य राम्रो थियो । गम्भीर आरोपका बावजूद २००७ मा उनी एएनसीको अध्यक्ष बन्न पुगे ।
दक्षिण अफ्रिकाको उच्चअदालतका न्यायाधीशले थाबोको विरुद्धमा फैसला सुनाए । भनियो कि उनले जाँच एजेन्सीको काममा दख्खल दिइयो । ज्याकोवको विषयमा पनि परीक्षण प्रभावित गर्ने कोसिस गरियो । यस्तैमा हल्लाकोबीतमा थाबोले राजीनामा दिनु पर्यो ।
सन् २००९ को मे मा आम चुनाव भयो । ज्याकोवको नेतृत्वमा रहेको एएनसीले निर्वाचन लड्यो । पार्टीले जीत निकाल्यो । ज्याकोव राष्ट्रपति बने ।
यी त्यही ज्याकोब थिए, जसले एकपटक एचआइभीमाथि चुट्किला भनेका थिए । तपाईं यदि एचआइभीबाट बच्न चाहनुहुन्छ भने यौन सम्पर्कपछि नुहाउनु होस् । त्यसपछि केही हुन्न । जसले आफनो घर सजाउनका लागि सरकारी स्रोतको खर्च गरेका थिए । पछि उनले पैसा नै फिर्ता गर्नु नै पर्यो । उनीमाथि बलात्कारको आरोपसमेत लाग्यो ।
यता गुप्ता परिवारको कारोबार, उनको सम्पत्ति तीव्र गतिमा बढिरहेको थियो । कम्प्युटरबाट शुरु भएको यात्रा माइनिङसम्म पुग्यो । फेरि मिडिया कम्पनी । २४सै घण्टा सञ्चालन हुने समाचार च्यानल । अखबार पनि । जसरी जसरी गुप्ता परिवारले प्रगति गरे, उसैगरी ज्याकोव जुमा पनि धनी हुँदै गए ।
१९९० को दशकदेखि हालसम्म ज्याकोवको परिवारका सदस्यलाई गुप्ता परिवारले आफनो कम्पनीको उच्चतहमा राख्दै गए । उनको छोरा, जुम्ल्याहा बहिनी, उनका चार श्रीमतीमध्ये एकले उच्चतहमै रहिरहे ।
भन्छन् नी कुनै पनि जित अति नै भयो भने, त्यो असाध्यै खराब हुन्छ । गुप्ता तथा जुमा परिवारको सम्बन्ध आफनो गतिमा चलिरहेको थियो ।
तर, गतिले माथ गर्यो । गति त सधै नै रहने नै भयो ।
स्पिड थ्रील्स बट किल्स भने जस्तै यस मामिलमा पनि त्यस्तै भयो । डिसेम्बर, २०१५ को कुरा हो । दक्षिण अफ्रिकाका अर्थमन्त्री नाहनला नेने थिए ।
राष्ट्रपति ज्याकोव जुमाले नेनेलाई वर्खास्त गरिदिए । मिति थियो, ९ डिसेम्बर, २०१५ । उक्त दिन दक्षिण अफ्रिकाका मिडियाले नेनेगेटको नाम दिए । अमेरिकाको वारगेट स्क्याण्डल जस्तै ।
यो मामिला ठूलो सावित भयो । यसमा ज्याकोव जुमा तथा गुप्ता परिवार सबैभन्दा बढी चुके । सो काण्डको दाग असाध्यै गहिरो हुनगयो ।
नागरिकले सवाल गर्न थाल कि देश को सबैभन्दा ठूलो पदमा भएपनि भरोसायोग्य हुन सकेनन् । आफू र आफना मित्रको फाइदाका लागि हद दर्जामा पुगे । देश चलाउनका लागि पैसा जरुरी पर्दछ । सोही कारण अर्थमन्त्रालय नै सबैभन्दा महत्वपूर्ण हुन जान्छ ।
सोही कारण अर्थमन्त्रालय सबैभन्दा महत्वपूर्ण विभाग हुन जान्छ । तर यो विभाग एक व्यापारिक कम्पनीको मुठ्ठीमा चल्न थाल्छ । सोही कारण यस्तो देश कसरी अगाडि बढ्ला त ? दक्षिण अफ्रिकामा यस्तो ठूलो धन्दाको सवाल वर्षेनी उठ्दै आएको छ । ज्याकोव जुमाको विरुद्धमा प्रदर्शन शुरु हुन गयो ।
गुप्ता परिवारको विरुद्ध विवरण आउन थाले
नेनेका सहयोगी थिए, मेकबिसी जोनास । उनले सोधीखोजी गर्दा हरेक पटक गुप्ता परिवारकोे नाम लिएका थिए । नेनेलाई बर्खास्त गर्नुभन्दा पहिले गुप्ता भाईले जोनासलाई बोलाएका थिए । जोनासका अनुसार गुप्ता परिवारले उनलाई एक अफर गरेका थिए । उनीहरुले ३ अर्ब १८ करोड बराबरको घुस दिन्छौं, हाम्रो काम हुनुपर्यो । त्यसका लागि मात्रै २ शर्त थियो । जुन उनीहरुले मान्नुपर्नेछ र आज्ञाकारी हुनु जरुरी छ ।
गुप्ता परिवारले जोनासको बयान खारेज गरिदिए । उनले भने की जोनाससँग कहिल्यै कोही कसैले पनि भेटघाट गरेको छैन । तर, जब परीक्षण भयो, तब फोन रेकर्डमा जोनासको कुरा सही सावित भयो ।
नेनेका पछाडि दक्षिण अफ्रिकाको अर्थमन्त्री बने डेविड वैन रुयन । बढी भन्दा बढी मानिसले यसअघि कहिल्यै उनको नामसमेत सुनेका थिएनन् ।
त्यतिमात्रै होइन, उनको साथमा वित्तीय मामिलाको कुनै अनुभव थिएन । उनी केवल ३ दिनमात्रै सो पदमा काम गरे । डेविट आफैंले भने अनुसार अर्थमन्त्री बन्नुभन्दा अघिल्लो रात उनी गुप्ताको घर गएका थिए ।
खबर अनुसार नेने चाहँदैन थिए कि दक्षिण अफ्रिाका र रुसबीच परमाणु सम्झौता होओस् । उनकै कारण उनी हटाइए । प्रवीणसमेत यस न्यूक्लियर डिलबाट पछाडि हटिरहेका थिए ।
खासमा कुरा र खेल यही थियो । किनकी गुप्ता परिवारको एक कम्पनीले दक्षिण अफ्रिकाको एक सरकारी बैंकको करिब १ अर्ब ३६ करोड बराबरको ऋण लिएका थिए ।
देशभित्र यूरेनियमको खानी खरिदका लागि ऋण लिइएको थियो । गुप्ता परिवार माइनिङ अर्थात् खानी उत्खनन् लागि फिल्डमा समेत काम गरिरहेका थिए ।
कयौ खानीको उनीहरुकोे कब्जामा थियो । तब खबर यो आयो कि गुप्ता दाजुभाई रुसको साथमा न्यूक्लियर डिल अगाडि बढाइरहेका छन् । ज्याकोेव जुमाले उनको मद्दत गरिरहेका थिए । आफूले भनेको मान्ने मान्छेलाई अर्थमन्त्री बनाउने उनीहरुको चाहना थियो, किनकी उनीहरु सोही डिलमा काम गरिरहेका थिए ।
हामीले माथि विवाहको एक किस्सा सुनाएका थियौं । कि कस्ता पाहुना भरिएका विमान उक्त एयरबेमा अवतरण गरेको थियो । ती सबै मानिसहरु गुप्ता परिवारका पाहुना थिए ।
विवाहको व्यवस्था असाध्यै आलिशान थियो । चर्चा त्यसमा नै बढी थियो, जुन विषयमा गुप्ता परिवार जोडिएका थिए । चर्चा त्यसमा भन्दा बढी अरु विषयमा पनि थियो ।
मामिला ज्याकोव र गुप्ता परिवारको सम्बन्ध एकाएक पारदर्शी लाग्न थालेकामा थियो । एक व्यापारीका लागि एयरबेसमा जहाज अवतरण गर्ने अनुमति कसरी मिल्यो ? उनीहरु यति ठूला भीआइपी कसरी भए । यति धेरै शक्तिशाली कसरी भए ? यी सबै सवाल आए । तर उत्तर भने कतैबाट आएन ।
१९ अक्टोबर २००९ देखि १४ अक्टोबर २०१६ को समय दक्षिण अफ्रिकाको पब्लिक प्रोटेक्टर थिए थुली मैडोनेसेला । यो पद असाध्यै विशेष थियो ।
यसको खास काम भने सही वा गलत काम माथि नजर राख्नु नै थियो । गुप्ता परिवार ज्याकोव जुमाको साँठगाँठ खुल्दै आएको छ । मैडोनसेलाको कार्यकालको आखिरी दिन थियो । उनले फैसला गरे कि यस बाँकी रहेको समयमा नेनेलाई बर्खास्त गर्ने विषयमा परीक्षण गर्नुपर्छ । कि नेनेलाई किन हटाइयो । जब यो विषय सार्वजनिक भयो । तब मैडोनसेलालाई ज्यान मार्ने धम्की आउन लाग्यो ।
तर पनि मैडोनसेला अडिग रहिन् । जुन दिन उको कार्यकाल सकिदै थियो, त्यसको ठीक एकदिन पहिले उनले ३५५ पाना एक परीक्षण प्रतिवेदन दिए । यो अक्टोबरको कुरा थियो । ज्याकोवले आफनो पूरा तागत लगाएर प्रतिवेदन रोक्न चाहेका थिए । पूरा जोडबल गरेपनि त्यो नाकाम सावित भयो । मैडोसेलाले परीक्षण गरे । गुप्ता भाई तथा उनका सहयोगीको मोबाइल फोन रेकर्ड समेत पत्ता लगाएका थिए ।
गुप्ता दाजुभाईको ज्याकोवका छोरा डुडुजेनसँग राम्रो सम्बन्ध थियो । करिब १३ वर्षसम्म गुप्ताका लागि काम गरे । गुप्ताको ११ वटा कम्पनीमा डुडुजेनको नाम छ । गुप्ता परिवारको साथमा झण्डै १ खर्ब भारु बराबरको सम्पत्ति रहेको छ । बैंक अफ बडौदाले गुप्ता परिवारको बैंक खाता बन्द गरिदियो । विपक्षी पार्टी, सत्तारुढ पार्टीका कयौं नेताले गुप्ता परिवारको विषयमा छानबिन गर्न माग गरिरहेका छन् ।
गुप्ता परिवारको विरुद्धमा अनेकौं उजुरी रेको छ । उनीहरु खराब तरिकाले फस्दै गएका छन् । उनीहरुको विरुद्धमा अदालतमा मुद्दा चलिरहेको छ ।
ज्याकोव जुमाको सहयोगमा खडा गरिएको साम्राज्य खडा गरेका थिए । त्यो साम्रज्य करिब ध्वस्त हुने अवस्थामा पुगेको छ । जुन दिन ज्याकोवले राजीनामा दिए, त्यसदिन गुप्ता परिवारको एक सदस्यको गिरफ्तारी गरियो ।
दक्षिण अफ्रिकामा उनीहरु माथि जुन आरोप लागेको छ । त्यो सावित भएको खण्डमा कानूनका सामू बच्न मुस्किल छ । उनीहरुको साथ अब सत्ताको सहारा समेत बाँकी रहेको छैन ।
हम दिल दे चुके सनममा अजय देवगन भन्छन् जुन सिँढी तलबाट माथि जान्छ, त्यही सिढीबाट तल पनि आउँछ । यस्तै भएको छ दक्षिण अफ्रिकाको सत्ता हल्लाउने गुप्ता परिवारलाई । सायद यसैलाई भन्छन् होला कर्म अनुसारको फल ।
नेपालमा क्रोनी क्यापिटालिज्म
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका अनुसार नेपालमा भर्खरै कृषिप्रधान अर्थतन्त्रको विघटन भएर औद्योगिक, व्यापारिक वित्तीय अर्थतन्त्रको विकास हुँदैछ । यसक्रममा नेपालमा पनि सीमित शहरी क्षेत्रहरूमा औद्योगिक, व्यापारिक र वित्तीय पुँजीवादको विकास हुँदै गइरहेको छ ।
तर, यहाँ केही विशिष्ट कारणहरूले गर्दा प्रतिस्पर्धी र प्रगतिशील प्रकारको पुँजीवादभन्दा अलि विकृत, पराश्रित राज्यसत्तासँग साँग गाँठ गर्न र उत्पादनमुखीभन्दा दोहनकारी अथवा ‘रेन्ट सिकिङ’ प्रकृतिको पुँजीवादको विकास भइरहेको अवस्था छ ।
हालसाले सिएनआई (नेपाल उद्योग परिसङ्घ)ले गरेको एक हजारभन्दा बढी ठूला, मध्यम र साना व्यवसायको सर्वेक्षणअनुसार ठूला व्यवसायी घरानाहरूले ३०.४१ प्रतिशत, मध्यमले ३२.७२ प्रतिशत र साना व्यवसायीहरूले ३४.६७ प्रतिशत आफ्नो लगानी वा आम्दानी राज्य र राज्यसंग जोडिएका अङ्गहरूलाई विभिन्न प्रकारका घुस, कमिशनमा बुझाउनुपरेको तथ्याङ्क बाहिर आएको छ । घोषणा नै भएको आधिकारिक तथ्याक प्राप्त छैन ।
तैपनि ठूलो मात्रामा राज्यसत्ता र निजी व्यवसायीहरूको साँठगाँठमा व्यवसायहरू सञ्चालन भएको छ । निश्चित व्यवसायीहरूले त्यसबाट लाभ लिएका छन् । साथै राजनीतिक दल, दलका नेताहरू र राज्यसत्ताको नेतृत्व गर्ने व्यक्तिहरू र कर्मचारीहरूले ठूलो मात्रामा आर्थिक लाभ लिएको स्पष्टै देख्न सकिन्छ । हालसालै चर्चामा आएको यति होल्डिङ्सलाई राज्यको नेतृत्व गर्ने व्यक्ति र पार्टीहरूले विभिन्न ढङ्गले सहुलियत दिएको र त्यसबाट अर्बौ रूपैयाँ राज्यलाई नोक्सान भएको घटनाहरू त्यसैका जीवन्त उदाहरण अंग हुन् ।
डा. भट्टराईले आफ्नो अर्थ राजनीतिक विमर्श नामक पुस्तकमा उल्लेख भएअनुसारगोकर्ण फरेस्ट रिसोर्टलाई ६ वर्ष समय बाँकी छदै ऐनकानुन नै संशोधन गरेर नेपाल ट्रस्टको सम्पत्ति हस्तान्तरण गर्नु यसको उदाहरण हो । त्यसरी नै दरबारमार्गमा रहेको नेपाल ट्रस्टको सम्पत्ति अनियमित तरिकाले यति होल्डिङ्लाई नै दिनु र सगरमाथा संरक्षित क्षेत्रमा अनधिकृत ढङ्गले उही कम्पनीलाई दिनु पनि उदाहरण नै हुन् ।
भर्खरै प्राप्त सूचनाअनुसार फ्रान्ससँग ल्याउन खोजिएको सुरक्षा प्रेसको एजेन्टको जिम्मेवारी पनि यति होल्डिङ्सलाई दिनेजस्ता कुराहरूले नेपालको राज्यसत्ता कति नग्न रूपले व्यावसायिक घरानासँग साँठगाँठ गरेर क्रोनी क्यापिटालिज्म विकास गर्दैछ भन्ने झल्को दिन्छ ।
कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख
यो त हिमशिखरको बाहिर देखिने चुचुरो मात्र हो । यस्ता घटनाहरू नेपालमा अत्यधिक घटिरहेका छन् । संघ र प्रदेशमा मात्र होइन, स्थानीय तहसम्म क्रोनी क्यापिटालिज्मको विषाक्त जरो झाङ्गिदै गएको छ ।
खिर्राको बोटमा सुन्तला नफलेझैं क्रोनी क्यापिटालिज्मको रूखमा समाजवाद फल्नेवाला छैन । बरु क्रोनी क्यापिटालिज्मको खरानीबाट नै समाजवादको बिरुवा हुर्कने हो ।
केही वर्षयता भएका एनसेल लाभकर प्रकरण, बुढीगण्डकी काण्ड, वाइड बडी प्रकरण र यस्ता थुप्रै काण्डहरू प्रायः सबै पार्टीका नेताहरू नेतृत्वमा भएको बेलामा भएको हामी देख्न सक्छौं । यसले नेपालमा क्रोनी क्यापिटालिज्म नराम्रोसँग झाङ्गिएको र यसले एकप्रकारको क्यान्सरकै रूपमा लिएको प्रष्टै देख्न सकिन्छ ।
यसका प्रमुख कारणहरू के हुन सक्छन् भनेर केलाउँदा–एउटा त नेपालको अर्थतन्त्र भर्खरै कृषि र ग्रामीणमुखी अर्थतन्त्रको विघटन भएर औद्योगिक अर्थतन्त्रमा रूपान्तरण हुँदैछ । जसले गर्दा पुँजी र प्रविधिको अभाव र आफ्नै बलबुतामा बजार प्राप्त गर्ने प्रतिस्पर्धी क्षमताको अभाव छँदैछ । यस्ता कारणहरूले गर्दा राज्यसत्ता र व्यावसायिक घरानाहरूको गठजोड हुनुपर्ने व्यावहारिक बाध्यता बुझ्न सकिन्छ । अर्थात् उत्पादनशील औद्योगिक पुँजीवादको कम विकास हुनु र कमजोर परजीवी पुँजीवादले राज्यसत्ताको आड लिने प्रवृत्ति एउटा कारण मान्न सकिन्छ ।
दोस्रो कारण, नेपालमा भर्खरै राजनीतिक क्रान्ति भए पनि राजनीतिक संस्थाहरू, ब्युरोक्रेसी, न्यायालय, सुरक्षा संयन्त्रआदि लोकतान्त्रिक ढङ्गले विकास भइसकेका छैनन् । सबै क्षेत्रमा विधिको शासन कायम हुन सकेको अवस्था छैन । त्यसैको अभावमा विभिन्न प्रकारका आर्थिक अनियमितता गरेर राजनीतिक र व्यावसायिक घरानाबीच गैरकानूनी, अनैतिक सम्बन्ध कायम हुने प्रवृत्ति बढिरहेको छ ।
सँगसँगै भर्खरै आन्दोलनबाट आएको राजनीतिक नेतृत्व सत्तामा पुग्दा हिँजोको नैतिक उत्प्रेरणा र प्रतिबद्धताबाट स्खलित हुने र भौतिक उत्प्रेरणामा आधारित उपभोक्तामुखी संस्कृतिले गाँजेर छिटो धनी हुने प्रवृत्तिले गर्दा भ्रष्टीकृत राजनीतिक नेतृत्व र असक्षम र कमजोर व्यावसायिक घरानाबीच साँठगाँठ भएर यस्तो क्रोनी क्यापिटालिज्म विकास भएको अवस्था पनि छ ।
तेस्रो कारण, नेपाल, मुख्यतः भारत र चीनलगायत अन्य अर्थतन्त्रको सेपमा पर्दै गएको छ । नेपालको पुँजीले बाह्य ठूला पुँजीसँग प्रतिस्पर्धा गर्न नसक्ने कारणले गर्दा राज्यसत्ताको आड लिएर नै यहाँको व्यावसायिक घरानाले आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था पनि छ । यो भनेको उदीयमान पुँजीपति वर्गको आफ्नो प्रतिस्पर्धी क्षमताको अभावमा क्रोनी क्यापिटालिज्मको रूप लिएको पनि हुनसक्छ ।
चौथो कारण, राज्य पुँजीवादलाई समाजवाद देख्ने एकथरी पुराना कम्युनिस्टहरूको दृष्टिदोष पनि हो । हिँँजो एउटा कालखण्डमा एकाधिकार पुँजीवादको विरुद्धमा राज्य नियन्त्रित समाजवादी प्रणालीको प्रयोग विभिन्न देशहरूमा भए । उत्पादनका साधनहरूलाई राज्यले नियन्त्रणमा लिने र अर्थतन्त्रलाई केन्द्रिकृत ढङ्गले सञ्चालन गर्ने विधि प्रयोगमा आयो । तर त्यसले सुरुको चरणमा केही लाभ दिए पनि अन्ततः त्यो प्रणाली राज्य पुँजीवादमा विकृत र भ्रष्टीकृत भएर अगाडि बढ्न सकेन । विघटित भएको सोभियत सङ्घ र पूर्वी युरोपले यो कुरा देखाइसकेका छन् ।
त्यसबाट पाठ सिकेर समाजवाद भनेको पुँजीवादकै विकृत र भ्रष्ट रूप होइन तर गुणात्मक रूपले नै नयाँ प्रणाली हो भन्ने कुरा बुझ्नुपर्छ । यो कुरा नबुझेर अहिले पनि राज्यको आड लिएको विकृत प्रकारको पुँजीवादलाई समाजवाद ठान्ने प्रवृत्तिले कतिपय वामपन्थीहरूमा क्रोनी क्यापिटालिज्मलाई समाजवाद ठान्ने दृष्टिदोष रहेको पाइन्छ ।
नेपालमा अहिले आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरूको नेतृत्वमा राज्यसत्ता चलिरहेकोले पनि उनीहरूले यस्तो प्रकारको विकृतिलाई समाजवादकै एउटा रूप मानेर सहन गरेको अवस्था पनि हुन सक्छ ।
जेहोस्, यी विविध कारणहरूले गर्दा नेपालमा क्रोनी क्यापिटालिज्मको अत्यन्त विकृत र भद्दा रूप देख्न सकिन्छ । यो ठूलो समस्याको रूपमा अगाडि आइरहेको छ ।
उपचारको विधि
पहिलो: राजनीतिक प्रणालीमा सुधार
अहिले विद्यमान खच्चड प्रकृतिको संसदीय शासकीय स्वरूप र मिश्रित प्रकारको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई प्रश्रय दिएको छ । चुनाव लड्ने बेलामा नै यतिधेरै खर्च गर्नुपर्ने हुन्छ कि त्यतिबेला व्यापारिक घरानासम्म पुगेर अपारदर्शी ढङ्गका चन्दा असुली नगरीकन वा कुनै घराना धनाढ्य व्यक्तिको आड नलिएसम्म चुनाव जित्नसक्ने अवस्था छैन ।
त्यहीँबाट भ्रष्टाचार र अनियमितता शुरु भएर क्रोनी क्यापिटालिज्मको बिजारोपण हुन्छ । यसर्थ, नेपालको विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई बदल्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद रहने व्यवस्था गर्नु अत्यावश्यक छ । यो नै नेपालमा नीतिगत भ्रष्टाचारको जड भएको हुनाले त्यसको अन्त्यको निम्ति राजनीतिक प्रणालीमा आमूल सुधार नगरेसम्म क्रोनी क्यापिटालिज्मको जरा काट्नु असम्भव देखिन्छ । व्यावसायिक घरानाको आड लिएर चुनाव जित, त्यो गुन वा ऋण तिर्न थप भ्रष्टाचारको निम्ति सत्तामा जाऊ र सत्तामा गएर थप भ्रष्टाचार गर भन्ने दुश्चक्र संस्थागत बनेको छ । त्यसको अन्त्य गर्नु पहिलो आवश्यकता हो ।
दोस्रो: कर्मचारीतन्त्र, कानून र न्यायालय
नेपालमा कमजोर पुरानै प्रकारको प्रक्रियामुखी कर्मचारीतन्त्र छ । त्यस्तै दोहनकारी कानून, प्रक्रियामुखी न्यायालयलगायतका जुन संरचना छन् यिनलाई आमूल परिवर्तन नगरेसम्म देशमा औद्योगिक पुाजीवाद र प्रगतिशील खुला अर्थतन्त्रको विकास हुन गाह्रो छ । त्यसका लागि कर्मचारीतन्त्रलाई प्रक्रियामुखी सट्टा परिणाममुखी कार्यगत एकाइ प्रणालीमा बदल्ने, चरम कर्मकाण्डी न्यायालयलाई विकासमुखी न्यायालयमा रूपान्तर गर्ने र समग्र प्रशासनयन्त्रलाई विकासमुखी प्रशासनमा बदल्ने काम अत्यन्त जरुरी छ ।
त्यहीअनुसारका नियम-कानुनहरू बनाउने र पारदर्शी तथा प्रतिस्पर्धीज्ञ व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने ढङ्गको संस्थाहरूको विकास गर्नुपर्ने आवश्यकता छ । साथै, सबै क्षेत्रमा बलियो रूपमा विधिको शासन कायम गरेर आर्थिक–राजनीतिक क्षेत्रको विसङ्गति अन्त्य गर्नु आवश्यक छ ।
तेस्रो: बलियो भ्रष्टाचार निरोधक संयन्त्र
अहिलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता संस्थाहरू अत्यन्त कमजोर अवस्थामा छन् । तिनले सत्तामा रहेका उच्च राजनीतिक नेतृत्व र प्रभावशाली शक्तिहरूलाई कारबाही गर्ने हैसियत राख्दैनन् । किनभने तिनको जुन संवैधानिक, कानूनी व्यवस्था र व्यावहारिक ढङ्गले नियुक्ति प्रक्रिया छ, यसबाट ठूला र शक्तिशाली माछालाई कारबाही गर्न सक्ने हैसियत तिनलाई प्रदान गर्दैन । तिनले खाली झिंगेमाछा र हद भए विपक्षी राजनीतिक नेता र सेवानिवृत्त कर्मचारीलाई मात्रै तर्साउने वा कारबाही गर्न सक्ने हैसियत राख्दछ ।
त्यस अर्थमा, एउटा निष्पक्ष, स्वतन्त्र र बलियो भ्रष्टाचार निरोधक संयन्त्र निर्माण गर्न अत्यन्त जरुरी छ । त्यसको निम्ति प्रत्यक्ष जनता अथवा संसदप्रति उत्तरदायी हुने र सबैलाई कारबाही गर्न सक्ने लोकपालको व्यवस्था नगरेसम्म क्रोनी क्यापिटालिज्मलाई नियन्त्रण गर्न असम्भव छ ।
चौथो: आर्थिक नीति र प्रणालीमा आमूल परिवर्तन
अहिलेको प्रकृत्तिप्रदत्त साधन स्रोत र जमिनलाई नै मुख्य सम्पत्ति मान्ने परिपाटी छ । त्यसको अन्त्य गर्न जमिनलगायतका प्राकृतिक सम्पदालाई राज्यको मातहतमा अथवा सार्वजनिक संस्था मातहतमा राख्ने र पैतृक सम्पत्तिमाथिको उत्तराधिकार अथवा बाआमाबाट छोराछोरीमा सम्पत्ति हस्तान्तरण हुने पद्धतिको अन्त्य गर्नुपर्छ । त्यसो नगरेसम्म समाजमा ज्ञान र श्रममार्फत् धन आर्जन गर्नुसट्टा जमिन र बाआमाको सम्पत्तिमा जोडिएर आर्थिक लाभ लिने प्रवृत्तिको अन्त्य हुँदैन । त्यो नभएसम्म एउटा उत्पादनमुखी, सिर्जनशील, खुल्ला, पारदर्शी र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण हुन सक्दैन ।
त्यसैले देशमा आर्थिक क्रान्तिको निम्ति सबैभन्दा पहिले सम्पत्ति सम्बन्धमा आमूल परिवर्तन ल्याउनैपर्छ । त्यसको निम्ति अहिलेसम्मको सम्पत्तिको अभिलेखीकरण ठीक ढङ्गले गर्ने र कर नीति, राजश्व नीतिलाई बढी प्रगतिशिल र पारदर्शी बनाउने दिशामा गम्भीर कदम चाल्न आवश्यक छ । त्यसरी नै बैङ्किङ र वित्तीय प्रणालीमा सुधार र पुँजीबजारमा सुधार गरेर अर्थतन्त्रलाई बढी खुला, प्रतिस्पर्धी र पारदर्शी बनाउने नीति अनुशरण गर्न आवश्यक छ ।
साथै, शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्छ । शिक्षामार्फत् नवप्रवद्र्धनको भावना, सिर्जनशील प्रवृत्ति, प्रतिस्पर्धी क्षमतामा वृद्धि र ज्ञान उद्योगतर्फ अभिमुखीकरण गराउनु आवश्यक छ । हाम्रो आर्थिक नीतिमा आमूल सुधार वा क्रान्तिकारी परिवर्तन नल्याएसम्म क्रोनी क्यापिटालिज्मको अन्त्य गर्न सम्भव छैन ।
पाँचौं: आम मानिसको संस्कार र संस्कृतिमा आमूल परिवर्तन
नेपालमा भर्खरै राजनीतिक लोकतन्त्र आए पनि हाम्रो संस्कार र संस्कृति पूर्ण लोकतान्त्रिक भइसकेको छैन । जसरी पनि रातारात धनी हुने प्रवृत्ति, अपारदर्शी ढङ्गले अकूत धन आर्जन गर्नेलाई पूजा गर्ने प्रवृत्ति कायम छ । राम्रो होइन हाम्रोलाई खोज्ने प्रवृत्ति र साना–साना कुरामा पनि विधिको शासन तोडेर भनसुन गर्ने संस्कारलाई नबदलेसम्म क्रोनी क्यापिटालिज्मजस्ता कुसंस्कार र विकृतिको अन्त्य गर्न सकिँदैन । त्यसका लागि काम गर्नेलाई सम्मान गर्ने र चोरी गर्नेलाई दण्डित गर्ने संस्कार सँगसँगै विकास गर्न जरुरी छ । मानिसको विचार, जीवनशैली र संस्कृतिमा नै आमूल परिवर्तन गरेर नै दिगो प्रकारले समाजमा आर्थिक विकृति विसङ्गति अन्त्य हुन सक्छन् ।
अन्त्यमा, क्रोनी क्यापिटालिज्मले क्यान्सरको रूप लिइसकेको अवस्थामा यसलाई झारफुक गरेर निको पार्न सकिन्न । क्यान्सर भइसकेपछि र क्यान्सर पनि उच्च अवस्थामा पुगिसकेपछि त्यसको उपचार भनेको गम्भीर प्रकृतिको शल्यक्रिया नै हो । त्यसैले नेपालमा छिटै क्रोनी क्यापिटालिज्मको शल्यक्रिया नगर्ने हो भने यसले हाम्रो समाज, अर्थतन्त्र र अन्ततः राजनीतिलाई नै धराशायी पार्ने गम्भीर खतरा छ । यसको निम्ति तलबाट होइन माथिबाट नै शल्यक्रिया गर्ने आँट गर्नुपर्छ ।