फागुनमा बैंकको बिजनेश: निक्षेपमा सानिमा र कर्जामा सिभिल फस्ट, कुन बैंकको पर्फमेन्स कस्तो ?



काठमाडौं । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले फागुन महिनामा ३९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

माघ मसान्तमा ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुन मसान्तसम्म १.०५ प्रतिशतले वृद्धि गरेर बैंकहरुले ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ पुर्याएका हुन् ।

साथै, माघ मसान्तमा ३३ खर्ब १७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले फागुन मसान्तसम्म २.८३ प्रतिशतले वृद्धि गरेर ३४ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ पुर्याएको नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकले देखाएको छ ।
माघ मसान्तदेखि फागनु मसान्त एक महिनाबीचमा बैंकहरुले विजनेशको ग्रोथलाई प्रतिशतको आधारमा हेर्दा सबै बैंकहरु कर्जा प्रवाहमा आक्रमक भएको देखिन्छ ।

तर सो अवधिमा ८ वटा बैंकहरुको निक्षेप संकलन भने अघिल्लो महिनाको तुलनामा घटेको छ ।

फागुन महिनामा निक्षेप संकलनतर्फ सबैभन्दा राम्रो प्रगति सानिमा बैंकको र कर्जा प्रवाहतर्फ सबैभन्दा राम्रो प्रगति स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ ।

सानिमा बैंकले माघ महिनाको तुलनामा फागुनमा ५.९१ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सो अवधिमा ५.८६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ ।

साथै, सो अवधिमा निक्षेप बढाउने दोस्रोमा सेञ्चुरी बैंक र कर्जा बढाउने दोस्रोमा सिभिल बैंक रहेका छन् । फागुन महिनामा सेञ्चुरी बैंक ४.८२ प्रतिशतले निक्षेप र सिभिल बैंकले ५.५० प्रतिशतले कर्जा प्रवाह थप गरेका हुन् ।
माघ महिनाको तुलनामा फागुन महिनामा १० वटा वाणिज्य बैंकले १ प्रतिशतदेखि करिब ६ प्रतिशतसम्म निक्षेपमा वृद्धि गरेका छन् ।

साथै, ९ वटा बैंकको १ प्रतिशतभन्दा तल निक्षेपको वृद्धि रहेको छ । तर सो सो अवधिमा ९ वटा वाणिज्य बैंकले भने ०.१३ प्रतिशतदेखि २.३१ प्रतिशतसम्मले निक्षेप संकलन घटाएका छन् ।

समीक्षा अवधिमा २५ वटा बैंकको १ प्रतिशतभन्दा माथि करिब ६ प्रतिशतसम्म र २ वटा बैंकको १ प्रतिशतभन्दा तल कर्जामा वृद्धि भएको छ ।

फागुन महिनामा कुन बैंकको कति प्रगति ?

बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार माघ महिनाको तुलनामा फागुन महिनामा सबै वाणिज्य बैंकहरुले कर्जा प्रवाह थप गरेका छन् । तर सोही अवधिमा कर्जा प्रवाह थप गर्ने केही बैंकहरुको निक्षेप संकलन भने घटेको छ ।

सानिमा बैंकः माघ मसान्तमा १ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ५.९१ प्रतिशतले वृद्धि गरेर १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.७२ प्रतिशतले थप गरी १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।

सेञ्चुरी बैंकः माघ मसान्तमा ८३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.८२ प्रतिशतले वृद्धि गरेर ८७ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ७३ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ०.१९ प्रतिशतले थप गरी ७३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकः माघ मसान्तमा ९८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.५५ प्रतिशतले वृद्धि गरेर १ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ८९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ४.३४ प्रतिशतले थप गरी ९३ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशियाः माघ मसान्तमा २ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.३८ प्रतिशतले वृद्धि गरेर २ खर्ब ८७ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा २ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.८७ प्रतिशतले थप गरी २ खर्ब ५२ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकः माघ मसान्तमा ७८ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ३.७६ प्रतिशतले वृद्धि गरेर ८१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ७१ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ५.५० प्रतिशतले थप गरी ७५ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकः माघ मसान्तमा १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.६४ प्रतिशतले वृद्धि गरेर १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.१४ प्रतिशतले थप गरी १ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंकः माघ मसान्तमा ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५७ प्रतिशतले वृद्धि गरेर ७२ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ६४ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७१ प्रतिशतले थप गरी ६५ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकः माघ मसान्तमा १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५७ प्रतिशतले वृद्धि गरेर १ खर्ब ७० अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.०१ प्रतिशतले थप गरी १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंकः माघ मसान्तमा १ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५० प्रतिशतले वृद्धि गरेर १ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब २७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.३८ प्रतिशतले थप गरी १ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमइ बैंकः माघ मसान्तमा २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा १.३० प्रतिशतले वृद्धि गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा २ खर्ब १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.४४ प्रतिशतले थप गरी २ खर्ब २७  अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकः माघ मसान्तमा ९९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.९९ प्रतिशतले वृद्धि गरेर १ खर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ८४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७२ प्रतिशतले थप गरी ८६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः माघ मसान्तमा ९४ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.९४ प्रतिशतले वृद्धि गरेर ९५ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ९१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.२५ प्रतिशतले थप गरी ९४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकः माघ मसान्तमा १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.८४ प्रतिशतले वृद्धि गरेर १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ९१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ४.६० प्रतिशतले थप गरी ९६ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः माघ मसान्तमा १ खर्ब ३८ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३८ प्रतिशतले वृद्धि गरेर १ खर्ब ३९ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ०.६६ प्रतिशतले थप गरी १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंकः माघ मसान्तमा १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ७ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ९९ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा १.०४ प्रतिशतले थप गरी १ खर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकः माघ मसान्तमा ८४ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३३ प्रतिशतले वृद्धि गरेर ८४ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा ५९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ५.८६ प्रतिशतले थप गरी ६३ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकः माघ मसान्तमा १ खर्ब ६६ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.२६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ६६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.९० प्रतिशतले थप गरी १ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबी बैंकः माघ मसान्तमा १ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.२६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७१ प्रतिशतले थप गरी १ खर्ब ४६ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंकः माघ मसान्तमा १ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.०४ प्रतिशतले वृद्धि गरेर १ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, माघ मसान्तमा १ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.०९ प्रतिशतले थप गरी १ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

निक्षेप संकलन घट्दा कर्जा प्रवाह बढाउने बैंकहरु

माघ मसान्तदेखि फागुन मसान्तको बीचमा ८ वटा वाणिज्य बैंकको निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने बढेको छ ।

जसमा हिमालयन, नेपाल एसबीआई, एडीबीएल, नबिल, कुमारी, एभरेष्ट रहेका छन् । साथै, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेष्टमेण्ट बैंकको पनि सो अवधिमा निक्षेप संकलन घट्दा कर्जा प्रवाह बढेको छ ।

माघ मसान्तदेखि फागुन मसान्तको बीचमा हिमालयन बैंकको ०.१३ प्रतिशतले निक्षेप घट्दा १.६२ प्रतिशतले कर्जा थप भएको छ । साथै, सो अवधिमा नेपाल एसबीआई बैंकको ०.३७ प्रतिशतले निक्षेप घट्दा १.९७ प्रतिशतले कर्जा थप भएको छ ।

यस्तै, सो अवधिमा कृषि विकास बैंकको ०.४५ प्रतिशतले निक्षेप संकलन घट्दा २.८२ प्रतिशतले कर्जा प्रवाह थप भएको छ । साथै, नबिलको ०.४६ प्रतिशतले निक्षेप संकलन घट्दा १.२२ प्रतिशतले कर्जा प्रवाह थप भएको छ ।

माघ मसान्तदेखि फागुन मसान्तबीचमा कुमारी बैंकको ०.६३ प्रतिशतले निक्षेप घट्दा ४.०५ प्रतिशतले कर्जा थप भएको छ भने, एभरेष्ट बैंकको १.०६ प्रतिशतले निक्षेप घट्दा २.२७ प्रतिशतले कर्जा प्रवाह थप भएको छ ।

साथै, सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको १.१६ प्रतिशतले निक्षेप घट्दा १.४९ प्रतिशतले कर्जा थप भएको छ भने नेपाल इनभेष्टमेण्ट बैंकको २.३१ प्रतिशतले निक्षेप घट्दा ४.४८ प्रतिशतले कर्जा थप भएको छ ।


पुष्प दुलाल