संसारभर कोरोना भाइरस विरुद्धका १३८ खोप विभिन्न चरणमा, भारतमा शुक्रबारदेखि परीक्षण गरिदै



काठमाडौं । संसारभर नै कोरोनाका तवाहीमा परेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरमा देखा परेको सो भाइरसका कारण संसारभर नै ठूदो मात्रामा मानिसहरुको ज्यान गएको छ भने अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।

पछिल्ला दिनमा आवश्यकताले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा समेत संसारका विभिन्न शक्तिशाली देश लागि परेका छन् ।

उनीहरुले आ आफनो तरिकाले खोप तयार पारिरहेका छन् । जानकारहरुका अनुसार परीक्षणमा रहेका खोप मध्ये कूल १३८ खोप भने प्रि क्लिनिकल फेजमा नै रहेको छ ।

चीन, अमेरिका, रसिया, बेलायत लगायतका देशले खोपलाई अन्तिम रुप दिन लागेको विवरणहरु सार्वजनिक भएक छन् । ती विवरणहरुमा जनाइएअनुसार अब आपतकालीन रुपमा खोप प्रयोग गर्न सकिने भएको छ ।

नेपालको अर्को छिमेकी देश भारतमा पनि शुक्रबारदेखि कोरोना भाइरसको खोपको अन्तिम परीक्षण शुरु गरिने भएको छ । चीनको खोपले तेस्रो चरणमा समेत सफलता हासिल गरेको विवरण आइरहेको बेला भारतमा समेत खोपको परीक्षण शुरु हुन लागेको हो ।

दुई छिमेकी देशमा क्रमशः खोप निर्माणमा सफलता हासिल भएपछि त्यसले नेपाल जस्ता कम जनसंख्या भएका देशलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शुक्रबार खोपको पहिलो डोज हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले लगाउने भएका छन् ।
भारतीय जनता पार्टीका नेता ६७ वर्षीय उनले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा परीक्षण खोप लगाउने जानकारी दिएका छन् ।

उनले बिहीबार ट्विटरमा लेखेका थिए ‘म शुक्रबार ११ बजे अम्बाला क्यान्टस्थित सिभिल अस्पतालमा पीजीआई रोहतक र स्वास्थ्य विभागका विशेषज्ञको निगरानीमा बायोटेकले बनाएको कोरोनाविरुद्धको कोभ्याक्सिनको परीक्षण डोज लिनेछु ।’

आगामी हप्ता भरमा भारतका करिब २६ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । भारतको बायोटेक नामको कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहयोगमा कोरोनाविरुद्धको खोप बनाइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सो कम्पनीले गत हप्ता खोपको पहिलो र दोस्रो चरण परीक्षणको विश्लेषण पूरा गरेको जनाएको थियो ।

कोरोनाको खोप कहिले आउला भन्ने विभिन्न अनुमानहरु सार्वजनिक भइरहेको बेला विश्व स्वास्थ्य संगठनले भने २०२० को अन्तिमसम्म केही न केही भरोसायुक्त खबर आउला भन्ने प्रतिक्षामा रहेको बताएको छ ।

चीन, भारत समेत गरी कूल १७० खोप विभिन्न चरणमा रहेका छन् । त्यसमध्ये १३८ खोप भने सफलताको शिखरमा अगाडि बढीरहेका छन् । ७ खोप तेस्रो चरणमा छन् भने २५ खोप भने पहिलो चरणमा छन् । १५ खोप भने दोस्रो चरणमा छन् ।

अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सका निर्देशक डा रणदीप गुलरियाका अनुसार सन् २०२१ को जनवरी भित्र खोप तयार भइसक्ने विश्वास छ ।

पहिलो खोपका लागि संसारकै सबैभन्दा ठूलो औषधि कम्पनी फाइजर तथा बायोटेकले २०२० को ९ नोभेम्बरमा नै खोप तयार भएको दावी गरेको थियो । सो कम्पनीले कोरोनाको पहिलो खोपले संक्रमण रोक्न बल पुगेको बताएको थियो । सो कम्पनीको खोप विभिन्न् ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, टर्कीमा ९० प्रतिशत बढीमा सफलता हासिल भएको र शरीरमा एन्टीबडी समेत तयार भएको जनाइएको थियो ।

यस्तै भारतको पुणेमा समेत परीक्षण जारी छ । भारतमा खोप परीक्षणका लागि विभिन्न १२ संस्था छानिएका छन । ती संस्थाले खोप परीक्षण गरी विवरण तयार पार्ने भएका छन् ।


पुष्प दुलाल