कोरोना कहर यसरी बन्न सक्छ आर्थिक विकासको अवसरः अधिवक्ता राजेश काफ्लेको लेख



चीनको उहानबाट संसारभर फैलिएको कोरोना भाइरसको महामारी कारण आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो समस्या खडा भएको छ । अर्को अर्थमा भन्दा हाहाकार नै भएको छ ।

कयौं देशले यस रोगसँग लड्न सम्पूर्ण स्वास्थ्य सुरक्षाको तयारी गरेता पनि विभिन्न देशमा लाखौं मानिसको ज्यान गइ सकेको छ । करोडौं मानिस यस रोगको चपेटामा परेका छन् ।

मानिसहरु घर भित्रिँदै छन् भने सार्वजनिक स्थल, सडक प्रायः सुनसान छ । समपूर्ण उद्योग, व्यापार, पेशा, व्यवसायदेखि सबै सामाजिक, आर्थिक, धार्मिक गतिविधि ठप्प प्रायः छन् ।

सोही कारण नागरिक अभावमा परेका छन् । त्यतिमात्र होइन, बाँच्नका लागि खानपानको व्यवस्थासमेत नहुँदा धेरै मानिसमा मानसिक समस्या समेत बढिरहेको छ । यस्तो विकराल एवम् संकटपूर्ण अवस्थामा मानव जीवन रक्षा गर्न कठिन भएको कुरामा दुईमत छैन ।

यस रोगको नियन्त्रणका लागि संसारभरका सरकार प्रयासरत छन् । नेपालमा पनि सरकार आफैं कोरोना संक्रमणको नियन्त्रणमा लागिपरेको छ । वैैज्ञानिकहरु यस रोगको खोप पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । आशा गरौं, यो रोगको औषधी जतिसक्दो चाँंडो पत्ता लागोस् । यो महामारीबाट संसार भरका धेरै मानिसले राहत पाउन सकून् ।

इतिहासको विभिन्न कालखण्डामा महामारीको रुपमा विश्वभरी भैलिएको यस प्रकृतीका रोग जस्तैः प्लेग(व्याल्क डेथ), कोलेरा, मेनिनजाईटिस, पोलियो, स्पेनिस फ्लू, इबोला, विफर, दादुरा, क्षयरोग, हैंजा, सार्स, जिका भाइरस, स्मलपोक्स, एचआईभी एडस आदि थिए । यी घातक रोगको कारण करोडौं मानिसले ज्यान गुमाउनु परेको थियो ।

मानव जातिको लागि यस्ता रोगको महामारी काहाली लाग्दो प्रकृतिको भएता पनि त्यसपछि धरै देशमा ठुलो आर्थिक परिवर्तन भएका छन् । यस्तै उन्नती एवं विकास भएको, मानिसको खान पान, रहन–सहन, बसोवास जीवनस्तरमा आमूल परिवर्तन भएको देखिन्छ ।

संसारका धनी देशको इतिहासलाई हेर्ने हो भने यी सबै देश यस्ता प्रकृतिका विभिन्न महामारीको चपेटामा परेको देखिन्छ । यो स्वभाविक पनि छ ।

महामारी आफंैमा नराम्रो अवस्था हो । यो लेखमा त्यसको समर्थन गर्न खोजिएको हैन । तर यस्तो महामारी पश्चात् विभिन्न देशमा कस्तो विकास एवं परिवर्तन भयो भन्ने इतिहासलाई नियाल्ने प्रयासमात्र गरिएको छ ।

यस्तो प्रकृतिको महामारी भन्दा पहिलेको र अहिलेको विकसित देशको खान पान, जीवनस्तर तथा विकासलाई हेर्ने हो भने त्यसले पहिलेको जीवनस्तर धेरै नाजुक एवम् खराब रहेको देखिन्छ । यस्तो महामारी पश्चात् विभिन्न देशमा मानव जीवनको आमूल परिवर्तन एवं विकास भएको देखिन्छ ।

मानव इतिहासमा डरलाग्दो महामारीको रुपमा संसारभर सन १३४६ देखि १३५३ सम्म प्लेग (ब्ल्याक डेथ) रोग फैलिएको थियो । जस्को कारण लगभग पच्चिस मिलियन देखि दुई सय मिलियन मानिसको ज्यान गएको अनुमान गरिन्छ । त्यसैगरी सन १९१८ देखि १९२० सम्म संसार भर स्पेनिस फ्लू फैलिएको थियो । सो रोगबाट लगभग सत्र मिलियनदेखि पचास मिलियन मानिसको ज्यान गएको बताइन्छ ।

१५औं शताब्दिको अन्ततिर अमेरिकामा विफर दादुरा ठेउलाजस्तो महामारीका कारण धेरै मानिसहरुले ज्यान गुमाउनु परेको थियो । त्यतिवेला यो रोग अमेरिकामा ठुलो महामरीको रुपमा फैलिएको थियो । र, यसले ठूलो त्रास फैलाएको थियो ।

लाखौं मानिसले ज्यान गुमाउनु परेको थियो । तर आज यो दादुरा ठेउला रोग एक विरामीजस्तै हो, जुन औषधी खाए पछि सजिलै निको हुन्छ ।

सो समयमा महामारीको डरको कारण अमेरिकाको धेरै मानिस युरोप तिर पलायन भए । जस्को कारण जनसंख्यामा ठुलो गिरावट आयो । करोडको अवादी घटेर ६० लाख पुगेको बताइन्छ ।

त्यतिवेला अमेरिकामा उपनिवेशवादको खुबै प्रचार–प्रसार भएको थियो । त्यस्तो हुनुका प्रमुख कारण दादुरा, मलेरिया, हैंजा, प्लेगजस्ता घातक रोग नै थिए । आवादीमा कमी भएको कारण खेती तथा पशुपालन व्यवसाय कम भयो । सोही कारण खेती योग्य ठूलो भूभाग जंगलमा परिणत भयो ।

त्यसबेला अमेरिकामा झण्डै ५ लाख ६० हजार वर्ग किमी जग्गा ठूलो जंगलमा परिणत भयो । जलवायुमा भएको परिवर्तनले वातावरणमा कार्बन डाईअक्साईडको कमी भयो । सोही कारण तापमान तल झरेको थियो ।

वैज्ञानिकका अनुसार यस्तो महामारी रोगको कारण मानिसको मृत्यु भई जनसंख्यामा कमी आयो । तापमानको कमी आएका कारण संसार हिउँको मात्रामा वृद्धि भयो ।

अन्टार्टिका सहित धेरै ठाँउको तापक्रम पनि पहिले देखिनै कम भई रहेको थियो । बाँचेका मानिसले नयाँ काम र जीवनको खोजी गरे । मानिसको सामाजिक, आर्थिक जीवनमा ठूलो परिवर्तन भयो ।
देशको सामाजिक आर्थिक विकासको गति द्रुत रुपमा अगाडी बढ्यो । उक्त महामारी पश्चात् अमेरिका र यूरोपमा ठुलो आर्थिक क्रन्ति एवं भौतिक विकास भएको देखिन्छ ।

सन् १३४७ देखि १३५१ तिर युरोपमा प्लेग नामको खतरनाक महामारी फैलिएको थियो । जस्लाई ‘ब्ल्याक डेथ’ पनि भनिन्छ । सो रोगको कारण करोड भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो ।

यो रोगको कारण युरोपको एकतिहाई आवादी खत्तम भएको थियो । धेरै मात्रामा मानिसको मृत्युको कारण जनसंख्यामा कमी आएको थियो । धेरै किसान मरेका थिए । उक्त महामारी पश्चात् जमिन्दारको ज्यादतीमा कमी आएको मानवशास्त्रीले बताएका छन् । बाँचेका किसानले जमिन्दारको शोषण, अन्याय, अत्याचार विरुद्ध आवाज उठाए ।

सामन्तवादी व्यवस्थाको अन्त्य भयो । शोषण, अन्याय, अत्याचार खतम भयो । किसान स्वतन्त्र भए । जमिन्दारले खेतमा काम गर्ने किसानलाई तलब भत्ता दिनु पर्ने व्यवस्थाको शुरु भयो । सबै मजदुरले आफ्नो परिश्रमअनुसार तलब भत्ता पाए । सोही समयमा पश्चिम युरोपको अर्थव्यवस्थामा आधुनिकता र समृद्धिले जरा गाँड्ने मौका पायो ।

मानिसहरुमा डर हरायो । नयाँ दुनिया र जीवनको लागि लामो समुन्द्री यात्रामा मानिस अन्य देशमा जान थाले । उनीहरुले उपनिवेश पनि शुरु गरे ।

नयाँ अवसर, कमाई र जीवनको खोजी शुरु भयो । देशको अर्थव्यवस्थामा सुधार आयो । मानिसहरु आधुनिकतातर्फको यात्रामा लागे । प्लेगको महामारी पश्चात् पश्चिम युरोपको अर्थतन्त्रमा ठुलो परिवर्तन आएको देखिन्छ । मानिसको जीवनस्तर, रहन–सहन, खानपान पहिलेको भन्दा सुविधा सम्पन्न, विकसित तथा अरामदायी भएको देखिन्छ ।

त्यसैगरी क्यारेबियन देश हैटी यल्लो फिभरको महामारी फैलियो । लाखौं मानिसको ज्यान गयो । तर शक्तिशाली देश फ्रान्सको विरुद्धमा लड्न त्यतिवेला हैटीले अह्म भुमिका निभाएको विश्व इतिहासकारहरु स्मरण गर्छन् ।

सो रोग फैलिए पश्चात् अमेरिका महाशक्ति देशकोरुपमा उदय भयो । सन् १८०१ मा हैटीले युरोपको उपनिवेशवादको विरुद्धमा लडाई शुरु गर्यो । फ्रान्ससँग सम्झौता भयो ।

तर फ्रान्सका शासक नेपोलियन बोनापार्टले हैटीलाई कब्जा गर्न युद्धको घोषण गरी सैनिक पठायो । हैटी पुगेका करिब पचास हजारभन्दा बढी फ्रान्सेली अधिकारी, सैनिक, डाक्टर यल्लो फिभरका कारण ज्यान गुमाए । करिब तीन हजार सैनिकमात्रै फिर्ता आए ।

फ्रान्सेली सैनिक धेरै मर्नुको मुख्य कारण उनीहरुको आत्मिक प्रतिरोधी क्षमता कमजोर थियो । अफ्रिकी देशका सैनिकको जस्तो सो रोग झेल्न सक्ने ताकत युरोपेली सैनिकमा थिएन ।

फ्रान्सले हैटीमा कब्जा गर्न नसके पछि क्यारेबियनद्धिपको २१ मिलियन वर्ग किलोमिटर भाग अमेरिकालाई बिक्री गर्यो । हाल सो क्षेत्रलाई लुजियाना पर्चेजको नामले चिनिन्छ ।

यसबाट अमेरिकाको क्षेत्रफल दुई गुना बढ्यो । यसरी यल्लो फिभरले अमेरिका र हैटी दुवै देशलाई ठुलो फाइदा पुगेको देखिन्छ । अमेरिका हाल संसारको शक्तिशाली विकसित देशकोरुपमा रहेको छ ।

त्यस्तै, चीनमा पनि मेग राजवशले तीन शताब्दीसम्म शासन गरेको थियो । पूर्वी एशियामा यो राजवंशको राजनीतिक तथा साँस्कृतिक प्रभाव थियो । प्लेग रोग महामरीको कारण यो राजवंशको अन्त्य भएको देखिन्छ ।

सन् १६४१ मा उत्तरी चीनमा प्लेग रोग तथा मलेरिया महामारीको रुपमा पैmलिएको थियो । लाखौं मानिसले सोही रोगाका कारण ज्यान गुमाए । उक्त रोग फैलिएको बेला चीनमा सलहको प्रकोप तथा सुख्खा खडेरीको प्रकोप पनि उस्तै थियो ।

अन्नबाली सबै सखाप भएको थियो । देशमा भोकमरी परेको थियो । खाना खाना नपाएर मानिस एक आपसमा मरेको मान्छेको मासुसमेत खानुपरेको थियो भन्ने यदाकदा सुन्न सकिन्छ ।

सोही समयमा मौकाको फाइदा उठाई उत्तरतर्फका आक्रमणकारीले चीनको मेग राजवंशमाथि आक्रमण गर्यो । र, पछि मंचुरियाको राजाले लडाई जिती चीनको राज्य आफ्नो कब्जामा लियो ।

उनीहरुले लामोसमय सम्म चीनमा राज्य गरे । चीनको अर्थ व्यवस्था मजबूद बन्यो । यस्तो महामारी पश्चात् चीनमा विकासले गति लिएको देखिन्छ ।

त्यसैगरी सन् १८८८ देखि १८९७ को विचमा अफ्रिकामा एक भाइरसको कारण करिब ९० प्रतिशत घरपालुवा जानवरको मृत्यु भयो ।

यो महामारीको कारण प्रश्चिमी तथा दक्षिण अफ्रिाकामा बस्ने मानिसको जीवनमा आमूल परिवर्तन आयो । खेतीमा प्रयोग हुने गोरु मरेको कारण खेती हुन नसकी भोकमरी फैलिएको थियो ।

सोही समयमा युरोपेली देशले अफ्रिकाका केही द्धिपमा उपनिवेशवाद कायम गर्ने सुवर्ण मौका पाए । यो महामारी फैलिनु भन्दा अगाडी देखिनै युरापेलीले अफ्रिकामा आफ्नो साम्राज्यवाद कायम गर्ने सोच वनाएका थिए ।

सन् १८८४ देखि १८८५ मा जर्मनीको राजधानी वर्लिनमा युरोपियन देशको सम्मेलन भएको थियो । त्यसमा जर्मनी, ईटली, पोर्चुगल र बेलायतसमेत १४ मुलुकले भाग लिएका थिए । सोही सम्मेलनको नीतिअनुसार उनीहरुले अफ्रिकाको ९० प्रतिशत भूभागमा उपनिवेशवाद कायम गर्न सफल भएका थिए ।

अतः इतिहासलाई हेर्ने हो भने यस्तो प्रकारको महामारी जुन-जुन देशमा फैलिएको थियो ती देशमा महामारी पछि आर्थिक विकास एवम् उन्नति भएको देखिन्छ । त्यसकारण, हामी सबैले आशा गरौं कि कारोनाको महामारी पश्चात् सबै देशको आर्थिक विकास र सम्वृद्धि हुने छ ।


पुष्प दुलाल