लकडाउनपछि खुलेको सेयर बजार २%ले घटेपछि कारोबार बन्द



काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएर ४९ दिनपछि खुलेको सेयर बजारमा २ %ले घटेपछि बन्द भएको छ ।

कारोबारको सुरु देखि नै ओरालो लागेको बजारमा कारोबार सुरु भएको लगभग डेढ  घन्टामा २% ले घटेकाे हाे ।

नेप्से मापन गर्ने सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३९ अंकले घटेर २६५.६७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २६.११, डेभलपमेन्ट बैंकको १५.३६, जलविद्युत १५.३५, निर्जीबन बीमा कम्पनी ७२.३३, उत्पादन तथा प्रशोधन समूहको ३४.४६, माइक्रोफाइनान्स समूहको १८.०५, जीवन बीमा समूहको उपसूचकमा १५७.७८ अंकको गिरावट आएको छ ।

कारोबारमा आएको सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु