कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने असर र अब लिनुपर्ने नीतिः उपेन्द्र पौडेल
कोरोनाले हाम्रो अर्थतन्त्रमा ठूलो असर पारेको छ । हाम्रो अर्थतन्त्रको संरचनालाई हेर्ने हो भने ठूलो मात्रामा रेमिट्यान्स, पर्यटन, एसएमई क्षेत्रमा आश्रित छौं । र, अहिले यी क्षेत्रमा ठूलो असर पारेको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुको अवस्था के हुने हो भन्ने पनि यकिन छैन । त्यताबाट पनि केही निर्णय आइसकेको छैन । तर आजसम्मका संकेत हेर्दा सन्तोष व्यक्त गर्ने ठाउँ छैन ।
नेपालीहरु वैदेशिक रोजगारीमा गएका देशबाट ठूलो संख्यामा नेपाल फर्कन्छन् भन्ने अनुमान गर्न सकिन्छ । अमेरिका, युरोप र खाडी मुलुकहरु हेर्दा भोलिका दिनमा रोजगारी कटौती गर्ने र आफ्नै नागरिकलाई रोजगारी दिने अनुमान गर्न सकिन्छ ।
करिब ३० प्रतिशतले जीडीपीमा योगदान गर्ने रेमिट्यान्समा असर परिरहेको छ । पर्यटनको कुरा गर्दा ठूलो योगदान नभए पनि अन्य रुपमा आश्रित छन् । कृषि पनि त पर्यटनमा आधारित हुन्छ ।
अहिलेको अवस्थामा कृषि क्षेत्र त्यति राम्रो छैन । यसले त्यति ठूलो असर नपारे पनि लगानीमा त ठूलो असर पर्छ नै । उद्यमिको पैसा, बैंकको पैसा त ठूलो मात्रामा लगानी भएको छ । त्यसमा त असर पर्छ नै ।
अर्को डरलाग्दो कुरा हेर्दा जति पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु छन् । औपचारिक क्षेत्रमा काम गर्नेलाई केही न केही सुरक्षित हुन सक्छन् । तर अनौपचारिक क्षेत्रमा काम गर्नेहरुलाई ठूलो असर पर्छ ।
एसिया प्यासिपिकमै पनि हेर्दा ७० प्रतिशतहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरुलाई कुनै पनि खालको सुरक्षा छैन । न त सञ्चय कोष नै छ न त नागरिक सुरक्षा, सामाजिक सुरक्षाको व्यवस्था छ । यी क्षेत्रमा काम गरिरहेका मानिसहरुलाई त आम्दानीको स्रोत ठप्प नै भयो नि । यो क्षेत्रका मानिसहरुमा सबैभन्दा ठूलो असर परेको छ ।
सामान्य नांग्लोमा व्यापार गर्नेहरु, सकडमा पसल थापेर जीविका चलाउनेहरुलाई कुनै पनि सुरक्षा नहुँदा ठूलो असर भोलिका दिनमा ल्याउँछ । जसरी रेमिट्यान्स र पर्यटनमा असर परिरहेको छ सोही अनुसार यी क्षेत्रमा आबद्ध मानिसहरुमा पनि असर पर्छ ।
यसरी हेर्दा हाम्रो जीडीपी कुन रुपमा तल झर्छ भन्ने आधारमा पनि हेर्नुपर्छ । जसरी वैदेशिक रोजागरीमा गएकाहरु ३० प्रतिशत छन् भने रेमिट्यान्स कम हुँदा यसको योगदान त कमजोर हुन्छ । यसले भोलिका दिनमा त ठूलो असर गर्छ । यसरी हेर्दा जीडीपीमा ठूलो असर पर्छ र यसले बैंकिङ क्षेत्रमा तरलतामा समस्या हुन्छ । आम्दानी नै नभए पनि समस्या हुन्छ । निर्यातमूखी व्यवायमा समस्या हुन्छ । यसले विदेशी मुद्रा आर्जन पनि कमजोर हुने भयो ।
यसले भोलिका दिनमा लोन तिर्न पनि समस्य हुन्छ । र, यो समस्या त अहिले नै देखिइसकेको पनि छ । यसका लागि केही समय नै फेरि पुरानै अवस्थामा आउन समय लाग्छ । त्यसपछि लोनहरु डिफल्टमा जान थाल्छन् ।
हुन त राष्ट्र बैंकले मनिटरी इन्टरभेन्सनबाट केही राहत छ दिइसक्यो । भोलिमा दिनमा अझै बढाएर लैजाला । तर मोनेटरम पछाडि धकलेर पनि हुँदैन । उद्योग, व्यवसायहरु कतिपय भोलिका दिनमा राम्रो हुन सक्छन् । तर कतिपय भने धान्नका लागि मात्रै पनि हुनसक्छ ।
साथै यसले सिधा असर सेयर बजारमा पनि पर्छ । सेक्युरिटीमा पनि समस्या हुन्छ भने रियल स्टेटमा पनि समस्या हुन्छ । त्यहाँ पनि आर्थिक मन्दी आउँछ भने यसले असर पार्ने क्षेत्र भनेको बैंकिङ क्षेत्रलाई नै हो । त्यसैले बैंकमा तरलता र लोन डिफल्टमा सबैभन्दा ठूलो असर पार्छ ।
त्यसबाहेक सरकारतर्फ हेर्दा राजस्वमा पनि धेरै ठूलो असर पार्छ । यति लामो समयसम्म सामान आएको छैन । हामी फेरि ट्रेड बेस अर्थतन्त्रमा छौं । सामानको कारोबार भए त आम्दानी हुने हो । त्यसैले सरकारको राजस्वमा पनि ठूलो असरपर्छ ।
यसले सरकारको क्षमता कमजोर बनाउँछ । यसले समग्र अर्थतन्त्रमा असर नै गर्ने हो । यस्तो अवस्थामा हाम्रो डोमेस्टिक पैसाबाट आम्दानी बढ्दैन । सरकारसँग अन्य आम्दानीका स्रोतहरु कमजोर भयो भने ऋण लिनुपर्ने हुन्छ । सरकारसँग पनि ठूलो तहसम्म असर पार्ने देखिन्छ ।
अहिले हामीहरु सरकारले यो वा त्यो सुविधा दिनुपर्छ भन्दै मुख बाएर बसेको अवस्था छ । तर सरकारको धेरै ठूलो आम्दानी नभएको हुनाले गर्न सक्दैन । सरकारले गर्न सक्ने भनेको लोनको ब्याजलाई क्यापिटलाइज नै गर्न दिन सक्ने हो ।
यी काम गर्दा तत्कालका लागि बैंकको अवस्था राम्रो देखिएला तर केही दीर्घकालीन रुपमा त असर पर्छ नै ।
अब आजका दिनमा युनिलिभर, सुर्य नेपालको कुरा गर्दा यिनीहरुको आकार नै ठूलो हुन्छ । लेभल अफ अपरेसन नै ठूलो भएकाले ठूलो असर नै पर्छ ।
अब यो अवस्थामा अवसरका रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्दा पहिलो कुरामा सामाजिक विषयमा जाँदा अब सरकारले पनि नयाँ नयाँ सुरक्षाको योजना ल्याउनुपर्छ । समूदायलाई सुरक्षा दिनुपर्ने हुन्छ । यसले सरकारको पनि आँखा खुल्छ ।
म आफैंले चिन्तन गर्दा पनि उपभोगको तरिकामा पनि सजग हुनुपर्छ । स्वास्थ्यतर्फ पनि सजग हुनुपर्ने देखिएको छ । सरकारलो पनि पब्लिक सेफ्टीका लागि पनि के गर्ने हो त्यो पनि त हेर्छ भन्ने मलाई लाग्छ ।
अब सबै जनामा दायित्वबोध पनि आउँछ । र, काम गर्नुपर्छ भन्ने जिम्मेवारी पनि बढ्छ । यसले भावि दिनमा सकारात्मक प्रभाव नै पार्न सक्छ ।
अब नयाँपन पनि आउँछ । व्यवसाय परम्परागत तरिकाले चलिरहेको अवस्थामा व्यवसाय चलाउनका लागि नयाँ तौरतरिका खोज्नेछन् । विदेशमा काम गरेका मानिसहरु सीप सिकेका हुन्छन् उनीहरु जो नेपाल फर्कन्छन उनीहरुलाई रोजगारी दिने भन्दा पनि उद्यमीका रुपमा विकास गर्नुपर्छ । त्यसका लागि सरकारले अवसरका रुपमा लिन सक्छ । उनीहरुलाई काममा प्रेरणा दिएर काममा लगाउने र रोजगारी सिर्जनाका लागि प्रयोग गर्न सक्छन् ।
अब एसएमई र माइक्रो एसएमईलाई कसरी बढावा दिने हो त्यसमा पनि ध्यान दिनुपर्छ । अब हामीले काम गर्दा, व्यवसाय गर्दा धेरै नै सोच्नुपर्छ । वर्षमा ४ जोर कपडा किन्छौं भने ३ वटा किन्ने कि २ वटा किन्ने भन्नेमा पनि सोच्नुपर्छ । मित्यव्ययी हुनुपर्छ ।
त्यसबाहेक उद्योगीहरुले पनि नेपालमा दीगो विकासका लागि के गर्न सकिन्छ त्यसमा पनि काम गर्नुपर्छ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।
आजका दिनमा पर्यटनको कुरा गर्दा पनि धेरै लगानीमा होटलहरु खुले । धेरै नै खुले । तर अबका दिनमा कति आवश्यक हो, कसरी धान्न सकिन्छ भन्ने हिसाबले नयाँपन ल्याउने तरिकाले व्यवसाय पनि शुरुवात गर्नुपर्छ ।
त्यसबाहेक नयाँपन ल्याएर खर्च गर्ने तरिकामा पनि ध्यान दिनुपर्छ ।
अब अर्को क्षेत्र भनेको सूचना प्रविधिको क्षेत्र पनि हो । अहिले वर्क फर्म होम भनिरहेका छौं । र, यो सबै सूचना प्रविधिकै कारणले हो । तत्कालका लागि ३ दिन घरमै बसेर र ३ दिन घरमै बसेर काम गर्न पनि सकिन्छ ।
बैंक मात्रै होइन घरमै बसेर पनि काम गर्न सकिन्छ । यसले पनि खर्च कम गराउन सकिन्छ । बैंकमा पनि मोबाइल बैंकिङ, एटीएम, अनलाइन बैंकिङमा पनि मानिसहरुको ध्यान गइसकेको छ । यसले मानिसहरुमा पनि ध्यान दिन सकिन्छ । यसतर्फ पनि काम गर्न सकिन्छ ।
हप्तामा ३ दिन यति जना कार्यालय आउने, बाँकी ३ दिन अर्को समूह आउने भनेर भीड नगराइकन काम गर्न सकिन्छ ।
यही क्रममा अब यो अवस्थामा अरुलाई दोष लगाउने बानी हटाउनु पर्छ । यो गर्ने वा त्यो गर्ने भन्ने भन्नु भएन । व्यवसाय गर्दा पनि दोष नलगाइकन कसरी यो संकटबाट पार लगाउने हो त्यसमा ध्यान दिनुपर्छ ।
बैंकले पनि यति फाइदा लिन्थे अब यति लिन्छु भन्दै केही न केही छाड्नुपर्छ । सरकारले पनि राजस्व यति उठाएको थिए । अब यति लिन्छु भन्दै भन्नुपर्छ । केन्द्रीय बैंकले पनि आफू प्राक्टिकल भएर हेरेर लचकता अपनाउनुपर्छ । सरकार पनि लचक हुनुपर्छ ।
म बैंकर्स संघको अध्यक्ष भएकाले बेलामा भूकम्प गयो । त्यसका लागि पैसा चाहियो भनेर सरकारलाई पैसा दिएको हो । त्यो बेलामा पनि र अहिले पनि आफै अग्रसर भएर करोडौं रुपैयाँ सहयोग गरेको हो । तर त्यस बेलामा सहयोग गरेको रकम पनि खर्चमा लेख्न नमिल्ने भनेको थियो । त्यस्तो हुनु भएन । सरकारले पनि यसै गर्नुपर्छ भन्ने भन्दा पनि कसरी सबैलाई सहज हुन्छ भन्ने तरिकाले नीति बनाउनुपर्छ । सरकारले पनि यही नै चाहिन्छ भनेर भन्नु भएन । सबैको साक्षेदारीमा काम गर्नुपर्छ ।
अब व्यवसाय नै भएन भने सरकारको राजस्व आउँदैन । बैंकले के लोन दिने, कसरी व्यवसाय गर्ने भन्ने हुन्छ । त्यसैले हामी सबै एक अर्कामा आश्रित भएका छौं भन्ने आधारमा मिलेर जानुपर्छ । यो हाम्रा लागि अवसर पनि हो । हाम्रो अर्थतन्त्र सानो भएकाले बाह्य सहयोगको हिस्सा ठूलो छ ।
अब हामीलाई पैसा त चाहिन्छ, त्यसका लागि हाम्रा लागि सरकारले डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युनहरुलाई फकाएर भए पनि पैसा ल्याउन सक्नुपर्छ । त्यसलाई भोलिका दिनमा हामीले उपयोग गर्न सक्छौं । र, यसले अर्थतन्त्रमा सहयोग हुनसक्छ । भन्ने हो । त्यसैले अब सबै स्टेक होल्डरहरु मिलेर जानै पर्छ । यसका लागि सोचाइ परिवर्तन गर्दै जानुपर्छ । यसैलाई अवसरका रुपमा भोलिका दिनमा प्रयोग गर्न सक्छौं ।