विश्व बैंकद्वारा अर्थतन्त्र बचाउन र रोजगारी संरक्षण गर्न १४ अर्ब डलर सहायता अनुमोदन
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सञ्चालक समितिले थप १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तीयकरण प्याकेज अनुमोदन गरेको छ ।
यो सहायता विभिन्न राष्ट्रहरु र कम्पनीलाई तीव्र गतिमा फैलिरहेको कोभिड–१९ निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुने उल्लेख गरिएको छ । प्याकेजले जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार, निदान र निजी क्षेत्रलाई सहयोग गरिनेछ ।
विश्व बैंक समूहको सदस्य आइएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड–१९ सम्बन्धि सहयोग यसअघिको ६ अर्ब डलरबाट वृद्धि गरी ८ अर्ब डलर पुर्याइनेछ । आइएफसीको सहयोग कोभिड–१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र तिनका कर्मचारीका लागि हुने विश्व बैंकको भनाइ छ ।
आइएफसीले उपलब्ध गराउने वित्तीय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैंकिङ संस्थाहरुमार्फत् परिचालन हुनेछ । यसबाट व्यापारका लागि वित्तीय सुविधाका अतिरिक्त कार्यशील पुँजी सहायता तथा आपूर्ति व्यवस्थामा उत्पन्न अवरोधले संघर्षरत निजी कम्पनीहरुलाई मध्यकालीन वित्तिय सुविधा उपलब्ध हुनेछ ।
आइएफसीको सम्बोधनले महामारीका कारण प्रत्यक्ष मारमा परेका पर्यटन तथा उत्पादनमूलक उद्योग लगायत आर्थिक क्षेत्रका विद्यमान यसका ग्राहकहरुको दायित्व भुक्तानीमा सहयोग पुग्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
यो प्याकेजले महामारीलाई सम्बोधन गरिरहेका स्वास्थ्य सेवा र यससँग सम्बन्धित उच्च मागको सामना गरिरहेका चिकित्सा उपकरण, औषधी उद्योग जस्ता क्षेत्रका लागि हुनेछ ।
‘पुनर्स्थापनाको समय छोट्याउन अत्यावश्यक छ । यो प्याकेजले कोभिड–१९ को विस्तारले व्यवसाय र तिनका कारणदारलाई वित्तिय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पु¥याउँछ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले भने ।
उनले विश्व बैंक विकासशील राष्ट्रहरुको आवश्यकता अनुसार छिटो, छरितो ढंगले सम्बोधनका लागि प्रतिबद्ध रहेको बताए । उनले सहायता कार्यहरु पहिले नै शुरु भइसकेका छन्, आज स्वीकृत विस्तारित वित्तीय उपकरणले अर्थतन्त्र, कम्पनी र रोजगारी बचाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
घोषणा भएको अतिरिक्त २ अर्ब डलर यसभन्दा अघि मार्च ३ मा घोषित विश्व बैंकको ६ अर्ब डलरको लक्षित प्याकेजबाट स्वास्थ्य प्रणाली सुदृढिकरण र रोगको निगरानी तथा आइएफसीको ६ अर्ब डलरबाट अर्थतन्त्रमा उत्पन्न धक्काका कारण अत्यधिक जोखिममा रहेका लघु, साना तथा मध्यम आकारका उद्यमलाई जीवनाधार प्रदान गर्न मद्दत पु¥याउने शुरुवाती सहयोगमा थप हुने विश्वास गरिएको छ ।
‘यो महामारीले जीवन मात्र होइन, अर्थतन्त्रहरु र जीवनस्तर पनि स्वास्थ्य संकटकालकै अवस्थामा जसरी चल्ने देखिन्छ । यो समयमा पनि हाम्रा ग्राहकहरुका उद्यम÷व्यवसाय सञ्चालनलाई सुनिश्चित गरेर विकाशशील राष्ट्रका निजी क्षेत्र सक्षम भएर अर्थतन्त्रलाई चाँडै पुनसर््थापना गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सक्छौं,’ आइएफसीका प्रमुख कार्यकारी अधिकृत फिलिप ले हुरले भने ।
उनले फलतः यसले जोखिममा रहेका समूहलाई उनीहरुको जनजीविका यथाशीघ्र पुनसर््थापित गर्न र भविष्यका लागि लगानीलाई निरन्ता दिन सहयोग गर्ने बताए ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकट र पश्चिम अफ्रिकी इबोला भाइरसको महामारीको समयमा तत्कालै परिचालित आइएफसीसँग विकासशील देशका निजी क्षेत्रका गतिविधि र आर्थिक विस्तारमा उत्पन्न बाधाव्यवधान सम्बोधनका लागि विश्वव्यापी र क्षेत्रीय संकटसँगका प्रतिवाद पहलकदमीमा सफल पदचाप रहेको छ ।
आइएफसीको सम्बोधनमा मुख्य चार भाग रहेका छन् ।
१) २ अर्ब डलर रियल सेक्टर क्राइसिस रेस्पोन्स फेसिलिटी (वास्तविक क्षेत्र संकट प्रतिवाद सुविधा) बाट योगदान गरिएको हो । यसबाट आइएफसीका पूर्वाधार, उत्पादनमूलक उद्योग, कृषि र सेवा क्षेत्रमा महामारीका कारण जोखिममा रहेका विद्यमान ग्राहकलाई सहयोग गरिनेछ । आइएफसीले आवश्यकतामा रहेका कम्पनीहरुका लागि ऋण प्रस्ताव गर्न सक्छ र अत्यावश्यक रहेको अवस्थामा स्वपुँजी लगानी गर्न सक्नेछ । यो उपकरणले पनि माग वृद्धिको सामना गरिरहेका स्वास्थ्य सेवा जस्ता क्षेत्रका कम्पनीलाई सहयोग पुग्नेछ ।
२) २ अर्ब डलर विद्यमान ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (विश्वव्यापी व्यापार वित्तियकरण कार्यक्रम) बाट योगदान गरिएको हो । यसले वित्तिय संस्थाको भुक्तानी जोखिमलाई सुरक्षण प्रदान गरी उनीहरुमार्फत् वस्तु आयात तथा निर्यात कम्पनीहरुलाई व्यापारका लागि कर्जा उपलब्ध गराउनेछ । यो सुविधाले विश्वव्यापी आपूर्ति श्रृंखलामा आवद्ध साना तथा मझौला उद्यमलाई सहयोग पु¥याउने आइएफसीको अपेक्षा छ ।
३) २ अर्ब डलर वर्किङ क्यापिटल सोलुसन्स प्रोग्राम (कार्यशील पुँजी समाधान कार्यक्रम) बाट उपलब्ध भएको हो । यसले उदीयमान बजारका बैंकहरुलाई कर्जा लगानीमार्फत् व्यवसायलाई कार्यशील पुँजी वृद्धि गर्न, फर्म-कम्पनीहरुले आफ्नो खर्च आवश्यकता पूरा गर्न र कामदारलाई क्षतिपूर्ति दिन सामूहिक कोषका रुपमा प्रयोग गर्न सक्छन् ।
४) आइएफसीका ग्राहकहरुको अनुरोधमा मार्च १७ मा स्वीकृत नयाँ भागः ग्लोबल ट्रेड लिक्विडिटी प्रोग्राम एण्ड द क्रिटिकल कमोडिटिज् फाइनान्स प्रोग्राम (विश्वव्यापी व्यापार तरलता कार्यक्रम र अत्यावश्यक वस्तुका लागि वित्तिय सुविधा कार्यक्रम), दुबै बाट २ अर्ब डलर स्थानीय बैंकहरुलाई जोखिम साझेदारी सहयोगका रुपमा उपलब्ध भई उदीयमान बजारका कम्पनीहरुमा वित्तियकरणले निरन्तरता प्राप्त गर्न सक्नेछ ।
आइएफसीले आपतकालीन वित्तीय सुविधा पठाउन यसअघिदेखि नै काम शुरु गरिसकेको छ । भियतनामका ४ बैंकलाई २९ करोड ४० लाख डलर व्यापारका लागि वित्तीय सुविधा विस्तार भइसकेको छ । जसले त्यहाँका कम्पनीहरु र खासगरी साना मझौला उद्यमले अत्यावश्यक अवस्थामा कर्जा सुविधा प्राप्त गरेका छन् ।