प्रभु बैंक मर्जर नीतिबाट ब्याक, अबको प्राथमिकता एक्विजेशन



काठमाडौं । प्रभु बैंक कुनैपनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा नजाने भएको छ ।

बैंकको साधारणसभाले मर्जरमा जाने विषयमा कुनैपनि निर्णय गरेन ।

राष्ट्र बैंकले लिएको बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीतिलाई भने सहयोग गर्न प्रभु बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तवजिशन ता खरिद गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

साधारणसभाले बैंक तथा वित्तीय संस्था खरिद गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

१६ प्रतिशत बोनस सेयर दिएपछि प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंकले विगतमा विभिन्न संस्था मर्जर गरेको थियो । अब बैंक मर्जर नीतिबाट ब्याक भएर संस्था खरिद गर्ने नीतिमा लाग्ने देखिएको छ ।


क्लिकमान्डु