निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा पहिलोपल्ट ३ अर्बको प्रसारणलाइन निर्माण हुँदै, आज सम्झौता



काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक प्रसारणलाइन निर्माण हुने भएको छ ।

तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुन लागेको हो । मंगलबार  राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवर्धक कम्पनीबीच एमओयु हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा दिउँसो १ बजे एमओयु गर्ने तयारी भएको छ ।

यो प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न सक्छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन् । यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ ।

१६६ मेगावाटको सुपर तमोर निर्माणको तयारी छ । प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ ।

क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।  क्रिष्टलपावर, रेमिट हाइड्रो, सिम्बुआ रेमिट हाइड्रोसहित निजी क्षेत्रका ५ प्रवर्द्धक कम्पनीसँग एमओयु गर्न लागिएको हो । यो एमओयुपछि सयुक्त कमपनी निर्माण हुनेछ । यी  निर्माण हुन लागेका आयोजनाहरु यहि प्रसारणलाइन भएर राष्ट्रिय प्रसारण प्रणालीमा आउनेछ ।

उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको छैन  । नेपाल सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ । २०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारणलाइन निर्माणका लागि आवश्यक छ ।  जलविद्युत् आयोजनाहरुको उत्पादन मिति तय भएपनि प्रसारणलाइनको अभावमा खेर जाने अवस्था छ ।

प्रसारणलाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतीपूर्ण छ । अहिले प्रसारणलाइनमा सरकारले मात्रै लगानी गरिरहेको छ । निजी क्षेत्रको सहभागिता एक मुख्य विकल्प हो । सुरुवाती चरणमा यसलाई सार्वजनिक निजी साझेदारी मार्फत विकास गरी आवश्यकता अनुरुप पूर्ण निजी लगानीमा समेत निर्माण र संचालन गर्न सकिने देखिन्छ । जसबाट प्रसारणलाइन निर्माणमा विविधिकरण भइ प्रसारण प्रणालीको विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

सरकारको यहि मान्यता अनुरुप, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले आफुले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन लाइ सार्वजनिक निजि लगानी मार्फत बुट मोडेलमा निर्माण गर्न लागेको हो ।

क्र. सं.कम्पनीको नामआयोजनाजडित क्षमता (मेगावाट)आयोजनाको हालको अवस्था
रेमिट हाइड्रो लिमिटेडघुन्सा खोला जलविद्युत आयोजना७७.५पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको
सिम्बुवा रेमिट हाइड्रो लिमिटेडसिम्बुवा खोला जलविद्युत आयोजना७०.३उत्पादन अनुमतिपत्र प्राप्त भई पिपिएको प्रक्रियामा रहेको
क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडसुपर तमोर जलविद्युत आयोजना१६६पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको
युनियन हाइड्रोपावर लिमिटेडअपर तमोर ए जलविद्युत आयोजना६०सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको
नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेडतमोर खोला जलविद्युत आयोजना४३सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको
तमोर-ढुंगेसाँघु प्रसारणलाइन जोडिने ५ आयोजना

३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सबस्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब  रुपैयाँ छ । निर्माण पूर्वका सबै जसो काम पूरा भएको छ । आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ ।

हाल ७४% सेयर उत्पादक कम्पनी र २६% सेयर ग्रीड कम्पनीलाइ प्रस्ताव कायम गरिएको छ । आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्लिलिङ चार्ज हुनेछ । यो आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले ब्यहोर्ने छ । यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुने ग्रीड कम्पनीका अधिकारीहरुको भनाई छ ।


क्लिकमान्डु