११ महिनामा डेढ अर्ब रुपैयाँको पेन्सिल र डटपेनसहितका सामग्री आयात



काठमाडौं । पछिल्लो ११ महिनाको अवधिमा नेपालमा डेढ अर्ब रुपैयाँ बराबरको डटपेनसहितका लेख्ने सामग्री आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनाको अवधिमा १ अर्ब ५७ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरको ५७ करोड २८ लाख ४५ हजार ६ सय ९७ थान विभिन्न प्रकारको बलपेन, फाउन्टेन पेन, पेन्सिल, मार्कर, स्लेट चकलगायत दर्जनौं मुलुकबाट आयात भएको छ ।

७० करोड ७० लाखको पेन्सिल

एघार महिनाको अवधिमा ७० करोड ७० लाख ८८ हजार रुपैयाँ बराबरको ४१ करोड १९ लाख १ सय ६९ थान विभिन्न प्रकारको पेन्सिल आयात भएको छ । यसमा कालो र विभिन्न रंगको पेन्सिल समावेश छन् ।

पेन्सिलको बजारमा पनि भारत र चीनले नै अग्रस्थान ओगटेको छ । भारतबाट ५६ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको ३९ करोड २१ लाख ७६ हजार ६ सय २४ थान र चीनबाट १३ करोड ५१ लाख १५ हजार रुपैयाँबराबरको १ करोड ९२ लाख ८० हजार ६ सय ३१ थान पेन्सिल नेपालमा आयात भएको छ । यसबाहेक थाइल्याण्ड, युके, फ्रान्स, भियतनाम, जापानलगायतका मुलुकबाट पनि आयात भइरहेको छ ।

५५ करोड ४४ लाख ६३ हजारको बलपेन

विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ५५ करोड ४४ लाख ६३ हजार रुपैयाँबराबरको ८ करोड ९८ लाख ९५ हजार ६१ थान बलपेन आयात भएको छ । बलपेन सबैभन्दा बढी भारतबाट ४४ करोड १४ लाख ७९ हजार रुपैयाँबराबरको ८ करोड २८ लाख ५९ हजार ४ सय ७८ थान आयात भएको छ ।

यस्तै दोस्रोमा जापानबाट ३ करोड ८६ लाख ६३ हजार रुपैयाँबराबरको १४ लाख ९३ हजार ७ सय ४३ थान आयात भएको छ । तेस्रोमा चीनबाट २ करोड ६० लाख ८८ हजार रुपैयाँबराबरको ३१ लाख ४८ हजार १० थान यस्तो बलपेन आयात भएको छ ।

केहि झिनो परिमाणमा बंगलादेश, कोरिया, अष्ट्रेलिया, जर्मनी, ग्रीस, अमेरिका, भियतनामलगायतका मुलुकबाट समेत आयात भएको छ ।

१३ करोड ७७ लाखको पेन र मार्कर आयात

भन्सारको तथ्यांकअनुसार यो अवधिमा १३ करोड ७७ लाख १० हजार रुपैयाँबराबरको ९३ लाख ५६ हजार ९ सय ४ थान विभिन्न प्रकारको पेन र मार्कर पनि आयात भएको छ ।

यसमा पनि सबैभन्दा बढी भारतबाट ८ करोड ५६ लाख ५९ हजार रुपैयाँबराबरको ६० लाख १२ हजार १ सय ९९ थान पेन र मार्कर आयात भएको छ । त्यस्तै चीनबाट ३ करोड ६४ लाख ३८ हजार रुपैयाँबराबरको १८ लाख ७० हजार ४१ थान आयात भएको छ । यसपछि थाइल्याण्डबाट ७२ लाख रुपैयाँबराबरको १० लाख ५६ हजार ९ सय ६१ थान पेन र मार्कर आयात भएको छ भने कोरियाबाट ३७ लाख ८७ हजार रुपैयाँबराबरको ३ लाख ४५ हजार ७ सय ८० थान आयात भएको छ । यसपछि जर्मनी, जापान, ताइवानलगायतक मुलुकबाट पनि आयात भएको छ ।

२ करोड ९७ लाखको फाउन्टेन पेन

दुई करोड ९७ लाख ९ हजार रुपैयाँबराबरको १५ लाख ३२ हजार ४ सय ९४ थान विभिन्न प्रकारका फाउन्टेन पेन पनि आयात भएको छ ।

जसमा सबैभन्दा बढी चीनबाट २ करोड ११ लाख २१ हजार रुपैयाँ बराबरको १३ लाख ६७ हजार १ सय १५ थान आयात भएको छ । यसपछि भारतबाट ६१ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ६२ हजार १ सय २ थान,
जर्मनीबाट २१ लाख ९३ हजार रुपैयाँको २ हजार ४ सय ५१ थान आयात भएको छ । केहि परिमाणमा जापान, अमेरिका, फ्रान्स, क्यानाडा लगायतका मुलुकबाट पनि आयात भएको छ ।

करिब २ करोडको कलर चारकोल र चक

१ करोड ८६ लाख २९ रुपैयाँ बराबरको ९ करोड ४४ लाख २९ किलो विभिन्न रंगको चारकोल कलर र चक पनि आयात भएको छ । जसमध्ये भारतबाट ९७ लाख ७७ हजार रुपैयाँबो ७१ हजार ९ सय ६६ किलो आयात भएको छ भने चीनबाट ८७ लाख ३० हजार रुपैयाँबराबरको २२ हजार ४ सय ३५ किलो आयात भएको छ ।

साढे ६ करोडको स्लेट र बोर्ड

यो अवधिमा ६ करोड ४४ लाख रुपैयाँबराबरको ४ लाख ५४ हजार ४ सय ८८ थान स्लेट र बोर्ड पनि आयात भएको छ । यसमध्ये सबैभन्दा बढि भारतबाट ४ करोड ४० लाख ६० हजार रुपैयाँबराबरको १ लाख ८० हजार ५सय २३ वटा र चीनबाट १ करोड ८९ लाख रुपैयाँबराबरको २ लाख ७३ हजार ९ सय ४५ र अष्ट्रेलियाबाट १३ लाख ८२ हजार रुपैयाँबराबरको १८ वटा आयात भएको छ ।

३ करोड २२ लाखको रिफिल

३ करोड ३३ लाख रुपैयाँको बलपेनमा लाग्ने विभिन्न प्रकारको रिफिल पनि आयात भएको छ । जसअनुसार सबैभन्दा बढि भारतबाट २ करोड ५ लाख ८८ हजार रुपैयाँको ५७ हजार ८५ हजार २ सय ४१ वटा आयात भएको छ । चीनबाट १ करोड १३ लाख ८३ हजार रुपैयाँको २७ लाख ९१ हजार २ सय ४० वटा आयात भएको छ । यसपछि जर्मनी र जापानबाट आयात भएको छ।

२ करोड ६१ लाखको नीव

एघार महिनाको अवधिमा बलपेन र पेनमा लाग्ने विभिन्न प्रकारको नीव पनि आयात भएको छ । जसमध्ये भारतबाट २ करोड ५१ लाख ४३ हजारको ५ करोड ७ लाख ८२ हजार ५ सय ८७ वटा नीव र चीनबाट १० लाख ४१ हजार रुपैयाँको २ लाख ४९ हजार ७ सय ८० वटा नीव आयात भएको छ ।


क्लिकमान्डु