सहकारी ठगीबारे गृहसचिव र प्रहरी महानिरीक्षकसँग आज छलफल गर्दै संसदीय समिति



काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै छ ।

शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई छलफलका निम्ति समितिको बिहीबारको बैठकले बोलाएको हो ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बैठक बैठक बस्नेछ ।

समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे उनीहरूसँग जानकारी लिइने छ ।

त्यस्तै समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए ।

उनले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिए ।


क्लिकमान्डु