यस्तो छ मुकुल ढकालको प्रस्ताव (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद बढेको छ । बुधबार बिहानबाट सुरु भएको बैठकमा महामन्त्री मुकुल ढकालले आफूले तयार पारेको प्रस्ताव पेश गर्न पाएनन् ।

बैठकमा मास्कमाथि कालो टेप टाँसेर उपस्थित भएका ढकालले आफूले प्रत्यक्ष प्रसारण भए मात्र प्रस्ताव पेश गर्ने अडान लिएका थिए ।

रास्वपाको केन्द्रीय समितिले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव अस्वीकृत भएपछि ढकालको प्रस्ताव सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए ।

‘मलाई रविजीले प्रस्ताव पेस गर्न नदिनु भएको होइन,’ ढकालले भने, ‘लाइभ गर्ने कुरा केन्द्रीय समितिले अस्वीकृत गरेको थियो, लाइभ नभए मैले प्रस्ताव राख्दिन भनेँ । त्यसपछि सहमहामन्त्रीजीले प्रस्ताव पेश गर्नु भयो । ‘

अहिले बैठक खाना खानका लागि रोकिएको छ । फेरि बैठक सुरु भए पछि सबैले ५/५ मिनेट बोल्न पाउने र त्यसमा सबैले उक्त प्रस्तावका बारेमा बोल्ने छन् ।

ढकालको प्रस्तावमा आफूमाथि लगाइएका आरोपको खण्डन रहेको छ ।


क्लिकमान्डु