ऊर्जा संकट टार्न प्राधिकरणको सोलार प्राथमिकता: २ महिनामै २१८ मेगावाटका आयोजनाले मागे अनुमति



काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले सम्भावित ऊर्जा संकटलाई टार्न ऊर्जा सम्मिश्रणमा फेरबदल गर्दै सोलारलाई प्राथमिकता दिन थालेपछि प्रवर्द्धकहरुले लगानी बढाउन थालेका छन् ।

पछिल्लो समय सोलारका आयोजनाका अनुमति लिनेहरु बढेका हुन् । विद्युत विकास विभागको तथ्यांक अनुसार बैशाखयता २१८ मेगावाटका ९ वटा सोलारका परियोजनाले सर्वेका लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमा १०० मेगावाटको एउटै परियोजना छ । जिटी इनर्जी प्रालिले १०० मेगावाटको नेपालगञ्ज सोलार पीभी आयोजना बनाउन लागेको हो । अहिलेसम्म कुल ३१६ मेगावाटका १० परियोजनाले निर्माणका लाइसेन्स माग गर्दै आवेदन दिएका छन् ।

यो अवधिमा ७.५०० मेगावाटको तुलसी सौर्य विद्युत आयोजना दाङले अनुमति पाएको छ । सर्वेका लागि अनुमति पाएको हो । विनायक सोलार प्रालिले दाङमा परियोजना अध्ययन गर्ने गरी अनुमति पाएको हो ।

अहिलेसम्म कुल ५१.७ मेगावाटका ७ आयोजनाले सर्वेका लागि अनुमति दिएका छन् ।

सर्वेका लागि आवेदन दिएका कम्पनीहरु

क्रस आयोजनाक्षमता (मेगावाट) प्रवर्द्धक  कम्पनी जिल्ला
खरबाङ सोलार पीभी आयोजना१०ऊर्जा केन्द्र नेपाल प्रालिबाग्लुङ
 नेपालगञ्ज  सोलार पीभी आयोजना१००जिटी इनर्जी प्रालि 
खारबाङ सोलार पीभी-२ आयोजना१०धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लार्यस प्रालिबाग्लुङ
दुहबी सोलार फार्म प्रोजेक्टग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालिमोरङ
खुङग्री सोलार पीभी आयोजना५०दुगर पावर प्रालिरोल्पा
फरहादवा सोलार पीभी आयोजना१०तराई भिलेज प्रालिसर्लाही
बेलबारी अन ग्रीड सोलार आयोजना१०श्रीयान्सी ऊर्जा प्रालिमोरङ
उदयपुर अन ग्रीड सोलार पीभी प्रालि१०सनलाइट इनर्जी  प्रालिउदयपुर
भेरी सोलार पावर प्लान्ट१०ग्यालेक्सी बिजनेस हाउस एण्ड कन्स्ट्रक्सन नेपालगञ्ज प्रालि 
स्रोत: विद्युत विकास विभाग

निर्माण सुरु  लाइसेन्स (अनुमतिपत्र) माग गर्दै  चार वटा  प्रवर्द्धकले आवेदन दिएका छन् । जसको कुल क्षमता ३१.२०० मेगावाट रहेको छ । निर्माण सुरु गर्ने कन्स्ट्रक्सन लाइसेन्स माग गर्दै आवेदन दिएको छ ।

निर्माणको लाइसेन्स माग गर्दै आवेदन दिएका प्रवर्द्धकहरु

क्रसआयोजनाक्षमता (मेगावाट) प्रवर्द्धक  कम्पनी जिल्ला
ग्रीड कनेक्टेड सोलार  पीभी आयोजना१.२००जिसी सोलार इनर्जी ग्रुपसुर्खेत
ग्रीड कनेक्टेड सोलार पीभी  आयोजना१०पायोनियर इनर्जी प्रालिदाङ
ग्रीड कनेक्टेड सोलार इलेक्ट्रिसिटी प्रोजेक्ट पार्ट-२१०पोजेटिभ इनर्जी प्रालिकपिलवस्तु
ग्रीड कनेक्टेड सोलार पीभी प्रोजेक्ट, लमही ११०प्रोगेसिभ इनर्जी प्रालिदाङ
स्रोत: विद्युत विकास विभाग

गएको हिउँदमा भारतले सोलार आवरमा मात्रै बिजुली दिने निर्णय गर्‍यो  । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली आयात भएपछि उद्योगमा १२ घण्टासम्मको लोडसेडिङ भयो ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशभन्दा तल झर्छ । सोही कारण ३१४० मेगावाट जडित क्षमता पुगेपनि १७ मेगावाटको पीक डिमाण्ड पूरा गर्न हिउँदमा ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । बर्खामा भने सरप्लस भएर खेर जाने अवस्था छ ।

नेपाल सुक्खायाम (हिउँद) मा बिजुली आत्मनिर्भर हुन अझै ५ वर्षभन्दा बढी समय लाग्छ । १००० मेगावाटभन्दा ठूलो परियोजना बनेपछि मात्रै आत्मनिर्भर हुन सक्छ । अहिले नै सुरु गर्ने हो भने जलाशययुक्त परियोना निर्माण गर्न ८/१० वर्ष  लाग्ने अवस्था छ । सोही कारण प्राधिकरणका  प्रबन्ध निर्देशक कुलमान घिसिङले एक/दुई वर्षमा प्रणालीमा आइसक्ने गरी १००० सोलारका परियोजनाको बिजुली किन्ने निर्णय गरेका हुन् । कम्तीमा दिउँसो लोडसेडिङ गर्न नपरोस भनेर अल्पकालका लागि यो निर्णय भएको हो । दिर्घकालमा जलाशययुक्त जलविद्युत् आयोजनाको विकल्प छैन् ।

उनका अनुसार जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ । ‘दिउँसो हुने माग हामी सोलाबाट पुरा गर्छौ । बिहान साँझ हामी अर्ध जलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन सक्छौं,’ उनले भने ‘भारतबाट ल्याउनुभन्दा यहि बनाउने हो ।’

नेपालमा १०० मेगावाटको कुलेखानी बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । १४० मेगावाटको तनहु जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन अवस्था छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशयुक्त जलविद्युत् आयोजनामा समेत पानी सतह घटेर १५ मेगावाट उत्पादन भइरहेको छ ।  ऊर्जा सुरक्षाका लागि सम्झिश्रणमा परिवर्तन गरेर प्राधिकरणले सोलारको हिस्सा बढाउन लागेको हो ।

प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासंग सम्झौता गर्ने तयारी छ । यसमा नेपाली कम्पनीहरु मात्रै सहभागी हुन पाउछन् । १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ ।

प्राधिकरणले २२० केभी,१३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो।

प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।


दिनेश खड्का