रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फेसला



सर्लाही । जिल्ला अदालत सर्लाही बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको हो ।

गत असार १० गते भण्डारीको इजलासले बम्जनलाई कसुरदार ठहर गर्दै आजका लागि सजाय निर्धारणको मिति तोकेको थियो ।

सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो ।


क्लिकमान्डु