यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए ।

उनले भने ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’

देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।


क्लिकमान्डु