विदेशबाट फर्किएका नेपाली फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौं: श्रममन्त्री



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको दाबी गरेका छन् ।

आइतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए ।

स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको उनको भनाइ छ । इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई उनले बधाई तथा शुभकामना दिए ।

इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको उनको भनाइ छ ।

देशमा हुने नागरिकहरु श्रमको खोजिमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको उनले बताए । सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाँउमा उद्यम गर्ने ८ जनालाई सम्मानसमेत गरेको छ ।


क्लिकमान्डु