टी २० विश्वकप जितेपछि विराट कोहलीले लिए सन्न्यास



काठमाडौं । भारतले टी २० विश्वकप दोस्रो पटक जितेसँगै विराट कोहलीले टी २० फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टीम विश्व विजेता बनेसँगै शनिबार कोहलीले टी २० इन्टटरनेशनल फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् ।

टीम इन्डियाले दक्षिण अफ्रीकालाई हराकर आईसीसी टी २० वर्ल्डकप २०२४ को उपाधि आफ्नो नाममा पारेको हो ।

भारतीय टीमले २० ओवरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो । जसमा विराट कोहलीले ७६ रनको पारी खेलेका थिए । उनी प्लेयर अफ द म्याच बनेका थिए ।


क्लिकमान्डु